नेपाल छन्त्याल संघको विधान
२०४९
पहिलो संशोधन २०५२ माघ २०–२२ बेनी,म्याग्दी
दोस्रो संशोधन २०५५ माघ ८–१० बुटवल,रुपन्देही
तेस्रो संशोधन २०६१ माघ ८–१० मनमैजु,काठमाडौं
चौथो संशोधन २०६६ माघ ८–१२ पोखरा,कास्की
प्रस्तावनाः–
नेपालमा भएका आदिवासी जनजातिहरुबीच मैत्रीपूर्ण सम्बन्ध,पारस्परिक सहयोग र समझदारी कायम राखी देश तथा विदेशमा रहेका सम्पूर्ण छन्त्यालहरुको सर्वाङ्गीण विकास गरी देश विकासमा ठोस योगदान पुर्याउने उद्देश्यले प्रेरित भई एक सामाजिक संस्था गठन गर्न वाञ्छनीय देखिएकोले नेपाल छन्त्याल संघको स्थापना गरिएको छ ।
परिच्छेद–१
प्रारम्भिक
१ संस्थाको विधान, नाम र प्रारम्भ :
(क) यस विधानको नाम “नेपाल छन्त्याल संघ” को विधान २०४९ लाई चौथो पटक संशोधन गरी बनेको “नेपाल छन्त्याल संघको विधान–२०४९” (२०६६ को संशोधन समेत) रहनेछ।
(ख) यस संघको नाम “नेपाल छन्त्याल संघ” छोटकरीमा ने.छ.सं. र अंगे्रजीमा "NEPAL CHHANTYAL ASSOCIATION छोटकरीमा NECHHA भनिनेछ।
(ग) नेपाल छन्त्याल संघको मातहतमा गठन भएका जुनसुकै स्तरको संगठनहरुमा यो विधान लागू हुनेछ।
(घ) यो विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तब्य हुनेछ।
(ङ) यो विधान चौथो राष्ट्रिय महाधिवेशनले पारित गरेको मितिदेखि लागू हुनेछ।
(च) यस विधानमा परिच्छेद १०,धारा ७० उपधारा २९५ र अनुसूचि ६ रहनेछ।
(छ) नेपाल छन्त्याल संघको सम्पूर्ण काम कारवाही यसै विधानमा लेखिए बमोजिम हुनेछ।
२ परिभाषा
विषय वा प्रशंगले अर्को अर्थ नलागेमा यस विधानमाः–
(क) “विधान” भन्नाले नेपाल छन्त्याल संघको विधान २०४९ (संशोधित २०६६) को मूल कानूनलाई सम्झनु पर्नेछ।
(ख) “संघ” भन्नाले नेपाल छन्त्याल संघलाई सम्झनु पर्नेछ।
(ग) “समिति” भन्नाले नेपाल छन्त्याल संघको विधान बमोजिम गठन भएका सवै तहका समितिलाई सम्झनु पर्दछ।
(घ) “पदाधिकारी” भन्नाले संघको विधान बमोजिम गठित सवैस्तरका समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह–सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष लगायत सदस्यहरुलाई जनाउँदछ।
(ङ) “सदस्य” भन्नाले यस संघको विधानको धारा ९ को उपधारा क,ख,ग र घ अनुसारको प्रावधान पुरा गरी बनेका साधारण, आजीवन, विशिष्ट तथा मानार्थ सदस्यलाई सम्झनु पर्नेछ।
(च) “आमन्त्रीत सदस्य” भन्नाले विधानको धारा २८ अनुसार मनोनित सदस्यलाई सम्झनु पर्नेछ।
(छ) “छन्त्याल” भन्नाले छन्त्याल जातिको बंशज तथा छन्त्याल संस्कृति एवं परम्परामा रहे बसेका सम्पूर्ण छन्त्यालहरुलाई सम्झनु पर्नेछ।
(ज) “प्रारम्भिक साधारणसभा” भन्नाले विधान बमोजिम प्रत्येक गाउँका सदस्यता प्राप्त व्यक्तिहरुको उपस्थितिमा हरेक ३ वर्षमा गरिने सभालाई जनाउँदछ।
(झ) “क्षेत्रीय तथा जिल्ला अधिवेशन” भन्नाले विधान बमोजिम जिल्लास्तरमा गठित क्षेत्रीय तथा प्रारम्भिक समितिहरुबाट तोकिएका प्रतिनिधीहरुको उपस्थितिमा हरेक ३ वर्षमा गरिने अधिवेशनलाई जनाउँदछ।
(ञ) “राष्ट्रिय महाधिवेशन” विधान बमोजिम गठित सबैस्तरका समितिहरुबाट तोकिएका प्रतिनिधीहरुको उपस्थितिमा हरेक ३ वर्षमा केन्द्रीय समितिले आयोजना गर्ने सर्वोच्च सभालाई जनाउँदछ।
(ट) “केन्द्रीय सचिवालय” भन्नाले केन्द्रीय समितिले गर्ने दैनिक कार्य संचालन तथा व्यवस्थापन लगायत नीति निर्देशनलाई कार्यान्वयन गर्न गठित केन्द्रीय कार्यकारी अंगलाई बुझाउँनेछ।
(ठ) “विभाग”भन्नाले विधानको धारा ३८ को उपधारा क,ख,ग,घ,ङ,च र छ अनुसार केन्द्रीय स्तरमा गठित विभागलार्ई जनाउँदछ।
(ड) “भातृ संगठन” भन्नाले नेपाल छन्त्याल संघको विधानको धारा ३९ को उपधारा क,ख,ग,घ,ङ र च अनुसार गठित भातृ संस्थालाई सम्झनु पर्नेछ।
(ढ) “पदेन सदस्य” भन्नाले विधानको धारा ६४ अनुसारको सदस्यलाई सम्झनु पर्नेछ।
(ण) “सल्लाहकार” भन्नाले संघको विधानको धारा ६५ बमोजिम मनोनित सल्लाहकारलाई सम्झनु पर्नेछ।
(त) “विनियम” भन्नाले नेपाल छन्त्याल संघको विधान धारा ६७ बमोजिम केन्द्रीय समितिले जारी गरेको नियमावलीलाई सम्झनु पर्नेछ।
३ संघको ब्यक्तित्व
(क) नेपाल छन्त्याल संघ स्वदेश लगायत विदेशमा रहेका छन्त्यालहरुको यो एक मात्र वैधानिक संस्था हुनेछ।
(ख) संघ अविछिन्न उत्तराधिकारवाला एक संगठित र स्वायत्त संस्था हुनेछ।
(ग) यस संघको मातहतमा रहेका सबै स्तरका समितिहरुले ब्यक्ति सरह चलअचल सम्पत्ति प्राप्त गर्ने,भोग चलन गर्ने,धितो राख्ने,संस्थाको आधिकारीक निर्णय अनुसार बेचविखन गर्नुका साथै अन्य किसिमले उपभोग गर्न सक्नेछ।
(घ) यस संघले आफ्नो नामबाट कसै उपर नालिस,उजुर र प्रतिवाद गर्न सक्नेछ।
४ प्रतिक चिन्ह,(लोगो) छाप,झण्डा, सहयोग रसिद,सदस्यता पत्र र सपथ ग्रहणको नमुना नेपाल छन्त्याल संघको प्रतिक चिन्ह (लोगो), छाप, झण्डा, सहयोग रसिद, सदस्यता पत्र र सपथ ग्रहणको नमुना विधानको अनुसूची १,२,३,४,५ र ६ मा उल्लेख भए अनुसारको साइज र आकारमा हुनेछ।
५ कार्यालय
(क) नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय काठमाडौं जिल्लाको मनमैजु गाविसस्थित वडा नं २ मा रहेको आफ्नै जग्गामा निर्मित भवनमा रहनेछ।
(ख) केन्द्रीय समितिबाट जारी विधानको परिपालन गर्ने गरी आवश्यक प्रक्रिया पुरा गरी गठन भएका प्रारम्भिक,क्षेत्रीय र जिल्ला समितिहरुको कार्यालय सोही समितिले तोके अनुसारको स्थानमा रहनेछ।
परिच्छेद–२
उद्देश्य
६ उद्देश्यहरु
(क) छन्त्याल जातिको सर्वाङ्गिण विकास गर्ने।
(ख) देशको विकासमा छन्त्यालहरुको सक्रिय सहयोग उपलब्ध गराउने।
(ग) सम्पूर्ण छन्त्यालहरुको बीचमा एकता कायम राख्ने।
(घ) छन्त्याल जातिको भाषा,लिपी,संस्कृति,इतिहास र साहित्यको संरक्षण तथा सम्वद्र्धन गर्ने।
(ङ) छन्त्याल भाषालाई विद्यालयमा पठनपाठन गराउनको लागि प्रयत्न गर्ने।
(च) सम्पूर्ण छन्त्यालहरुलाई साक्षर र शिक्षित तुल्याउने।
(छ) छन्त्याल समाजमा चलिआएका कुरिती र कुसंस्कारहरुलाई हटाउने।
(ज) सवै छन्त्यालहरुलाई स्वस्थ,सक्षम र सचेत नागरिक बनाउन प्रयत्न गर्ने।
(झ) अन्य जाति एवं समुदायहरुको संस्कृति,सामाजिक,धार्मिक मूल्य र मान्यताप्रति सकारात्मक एवं सद्भावपूर्ण दृष्टिकोण तथा आदरभाव राख्नुका साथै उनिहरुको विकासमा सहयोग गर्ने।
७ कार्यक्रमहरु
(क) छन्त्याल समुदायमा साक्षरता कार्यक्रम संचालन गर्ने।
(ख) गरिव तथा जेहेनदार छन्त्याल विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यवस्था गर्ने।
(ग) छन्त्याल युवायुवतिहरुूलाई समाजका सबै क्षेत्रमा नेतृत्व प्रदान गर्नको लागि विभिन्न किसिमका तालिम तथा प्रशिक्षण र गोष्ठीको आयोजना गर्ने।
(घ) दुर्गम तथा सेवाबाट बञ्चित छन्त्याल बस्तीहरुमा मातृशिशु स्याहार,रक्तदान तथा परिवार नियोजनका साथै अन्य आवश्यक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने।
(ङ) छन्त्याल जातिको भाषा,लिपी,संस्कृति र साहित्यको संरक्षण तथा सम्बद्र्धन गर्न सो सम्बन्धी गोष्ठी तथा अनुसन्धान कार्य गर्ने।
(च) समय समयमा देशका विभिन्न भागमा गोष्ठी,प्रवचन,सभा,भेला, भेटघाट, छलफल र पिकनिकको आयोजना गर्ने।
(छ) पुस्तक,पुस्तिका,पत्र–पत्रिका,बुलेटिन आदि प्रकाशन गर्ने।
(ज) छन्त्यालहरुको सांस्कृतिक कार्यक्रम,झाँकी प्रदर्शनी आदिको आयोजना गर्ने।
(झ) असहाय छन्त्यालहरुलाई आर्थिक तथा अन्य आवश्यक सहयोग गर्ने।
(ञ) सबै छन्त्यालहरुलाई आफ्नै छन्त्याल भाषा बोल्न सक्ने बनाउनको लागि ठाउँ–ठाउँमा छन्त्याल भाषाको कक्षा संचालन गर्ने।
(ट) छन्त्यालको हकहित तथा पुनर्उत्थानको लागि आवश्यक जुनसुकै कार्यहरु गर्ने।
(ठ) छन्त्याल समुदायमा सीपमुलक तालिम संचालन गर्ने।
(ड) छन्त्यालहरुलाई रोजगारको अवसर मिलाई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन प्रयत्न गर्ने।
(ढ) संघको उद्देश्य प्राप्ति र कार्यान्वयन गर्न आवश्यक पर्ने सवै कार्य गर्ने।
परिच्छेद–३
सदस्यता
८ सदस्यताको योग्यता
यस विधानको अधिनमा रहि संघको उद्देश्य पूर्ति गर्न आवश्यक सहयोग चाहने १६ वर्ष उमेर पुगेका छन्त्यालले यस संघको साधारण सदस्य हुन सक्ने छन्। कुनै पनि सदस्यले संघले तोके बमोजिमको न्यूनतम एकमुष्ट शुल्क बुझाई यस संघको आजीवन तथा विशिष्ट आजीवन सदस्य हुनसक्ने छन्। त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त जुनसुकै देशको ब्यक्तिहरुले संघलाई महत्वपूर्ण योगदान तथा उल्लेखनियरुपमा आर्थिक सहयोग गरेमा त्यस्ता व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ र यस्तो सदस्यता वर्षमा ५ जनालाई भन्दा बढीलाई दिईने छैन्।
९ सदस्यताको प्रकार
यस संघमा देहाय बमोजिमका सदस्यहरु रहने छन्।
(क) साधारण सदस्य
(ख) आजीवन सदस्य
(ग) विशिष्ट आजीवन सदस्य
(घ) मानार्थ सदस्य
१० सदस्यता शुल्क
(क) साधारण सदस्यता शुल्क
यस संघको साधारण सदस्य हुनको लागि रु १२ रुपैयाँ लाग्नेछ। प्रत्येक वर्ष सदस्यता नविकरण गर्नु पर्नेछ। यस्तो सदस्यता शुल्क जुनसुकै महिनामा बुझाए पनि सो वर्षको आर्थिक वर्षसम्मका लागि मात्र सो सदस्यता कायम रहनेछ।
(ख) आजीवन सदस्यता शुल्क
यस संघको आजीवन सदस्य हुनको लागि एकमुष्ट रु १०,०००/– (अक्षरेपी दश हजार) रुपैयाँ बुझाउनु पर्नेछ। यस किसिमको सदस्यताका लागि नविकरण गर्नु पर्ने छैन्।
कुनैपनि स्तरको समितिले विधानको धारा १० को उपाधारा (ख) मा तोकिएको सदस्यता शुल्क बुझाउने ब्यक्तिलाई सो सदस्यताका लागि केन्द्रीय समितिमा सिफारिस गर्न सक्नेछन्। यस्तो सदस्यता वापत बुझाएको शूल्कमध्ये प्रारम्भिक समितिले जिल्ला समितिलाई २० प्रतिशत र केन्द्रीय समितिलाई ३० प्रतिशत अनिवार्यरुपमा बुझाउनु पर्नेछ।
(ग) विशिष्ट आजीवन सदस्यता शुल्क
यस संघको विशिष्ट आजीवन सदस्य बन्नको लागि एकमुष्ट रु ३०,०००/–
(अक्षरेपी तीस हजार) रुपैयाँ बुझाउनु पर्नेेछ।
(घ) योगदान वापत दिईने आजीवन सदस्यता
संघप्रति अनवरतरुपमा उल्लेखनिय योगदान पु¥याउने कुनै पनि छन्त्यालहरुलाई अनुशासन तथा मूल्याङ्कन समितिको सिफारिसमा केन्द्रीय समितिले वर्षमा एक जनालाई निःशुल्क आजीवन सदस्यता प्रदान गर्न सक्नेछ।
(ङ) मानार्थ सदस्यता
यस संघलाई महत्वपूर्ण योगदान पु¥याउने तथा उल्लेखनियरुपमा आर्थिक सहयोग प्रदान गर्ने अन्य समुदायका स्वदेशी वा विदेशी नागरिकलाई अनुशासन तथा मूल्याङ्कन समितिको सिफारिसमा मानार्थ सदस्य प्रदान गरिनेछ।
११ सदस्यता प्राप्ति र प्रमाण पत्र
(क) साधारण सदस्य बन्नका लागि योग्यता पुगेको ब्यक्तिहरुले संघको कुनै पनि स्तरको समितिमा शुल्क सहित आवेदन दिनु पर्नेछ।
(ख) संघको साधारण सदस्यताको प्रमाण–पत्र कुनैपनि स्तरको समितिको अध्यक्षको दस्तखतबाट प्रमाणित गरी दिईनेछ।
(ग) यस संघको आजीवन सदस्य,विशिष्ट आजीवन सदस्य र मानार्थ सदस्यको सदस्यता प्रमाण पत्र केन्द्रीय समितिको अध्यक्षको दस्तखतबाट प्रमाणित गरी प्रदान गरिनेछ।
(घ) सबै स्तरका समितिहरुबाट वितरण गरिएका सदस्यतको विवरण आ–आफ्ना कार्यालयमा विधिवतरुपमा अभिलेख राख्नु पर्नेछ।
१२ सदस्यताको अन्त्य
(क) सदस्यताबाट राजीनामा दिएमा।
(ख) साधारण सदस्यताको नविकरण नगराएमा,सदस्यले यस विधान बमोजिम आचारण नगरेमा र नेपाल छन्त्याल संघको विरुद्ध अहित हुने कुनै कार्य गरेको प्रमाणित भएमा।
(ग) सदस्यको मानसिक सन्तुलन ठिक नभएमा वा सामाजिक मर्यादाबाट च्युत भएमा वा मृत्यु भएमा।
परिच्छेद–४
साधारणसभा,अधिवेशन तथा राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलन
१३. प्रारम्भिक साधारणसभा
(क) प्रत्येक ३ वर्षमा प्रारम्भिक समितिको अध्यक्षतामा हरेक गाउँ तथा बस्तीहरुमा भएका साधारण सदस्यहरुको उपस्थितिमा प्रारम्भिक साधारणसभा गरिनेछ।
(ख) साधारणसभाले सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट प्रारम्भिक समितिको गठन गर्नेछ।
(ग) साधारण सदस्यहरुले सभामा मतदान गर्न र उम्मेदवारी दिन पाउने छन्।
(घ) प्रत्येक प्रारम्भिक समितिले साधारणसभामा कार्य प्रगति प्रतिवेदन एवं आय–व्यय विवरण पेश गरी पारित गर्नेछ।
१४. क्षेत्रीय अधिवेशन
(क) प्रत्येक ३ वर्षमा क्षेत्रीय समितिको अध्यक्षतामा मातहतमा भएका हरेक प्रारम्भिक समितिका ५/५ जना प्रतिनिधीहरुको सहभागितामा क्षेत्रीय अधिवेशन हुनेछ। अधिवेशनमा सहभागी प्रतिनिधीहरुले मतदान गर्ने र उम्मेदवारी दिन पाउने छन।
(ख) क्षेत्रीय अधिवेशनले सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट क्षेत्रीय समितिको गठन गर्नेछ।
(ग) क्षेत्रीय अधिवेशनमा मातहतका सवै प्रारम्भिक समितिले वार्षिक प्रतिवेदन तथा आय व्ययको विवरण प्रस्तुत गर्नेछन।
(घ) क्षेत्रीय अधिवेशनमा क्षेत्रीय समितिबाट कार्य प्रगति प्रतिवेदन र आय व्ययको विवरण प्रस्तुत गरी पारित गर्नेछ।
१५ जिल्ला अधिवेशन
(क) प्रत्येक ३ वर्षमा जिल्ला समितिको अध्यक्षतामा मातहतमा भएका हरेक प्रारम्भिक समिति तथा क्षेत्रीय समितिका ५/५ जना प्रतिनिधीहरुको सहभागितामा जिल्ला अधिवेशन हुनेछ। अधिवेशनमा सहभागी प्रतिनिधीहरुले मतदान गर्ने र उम्मेदवारी दिन पाउने छन।
(ख) जिल्ला अधिवेशनले सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट जिल्ला समितिको गठन गर्नेछ।
(ग) जिल्ला अधिवेशनमा मातहतका सवै क्षेत्रीय तथा प्रारम्भिक समितिले वार्षिक प्रतिवेदन तथा आय व्ययको विवरण प्रस्तुत गर्नेछन।
(घ) जिल्ला अधिवेशनमा जिल्ला समितिबाट कार्य प्रगति प्रतिवेदन र आय व्ययको विवरण प्रस्तुत गरी पारित गर्नेछ।
१६ राष्ट्रिय महाधिवेशन
(क) राष्ट्रिय महाधिवेशन संघको सर्वोच्च अंग हुनेछ।
(ख) केन्द्रीय समितिले प्रत्येक ३ वर्षमा संघको राष्ट्रिय महाधिवेशनको आयोजना गर्नेछ।
(ग) राष्ट्रिय महाधिवेशनले ३ वर्षका लागि सर्वसम्मत वा निर्वाचनबाट केन्द्रीय समितिको गठन गर्नुका साथै विधान संशोधन गर्न सक्नेछ।
(घ) राष्ट्रिय महाधिवेशनले विधानको अधिनमा रहेर आधारभुत नीति,निर्देशन र कार्यक्रमहरुको बारेमा निर्णय गर्नेछ।
(ङ) विशेष परिस्थिति र कारणवस् संघको राष्ट्रिय महाधिवेशन निर्धारित समयमा हुन नसकेको अवस्थामा केन्द्रीय समितिले १ वर्षभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी बढिमा १ वर्षको समयवधि थपगर्न सक्नेछ।
१७ महाधिवेशन प्रतिनिधी तथा पर्यवेक्षक
संघको राष्ट्रिय महाधिवेशनमा विधानत निम्न बमोजिमका समितिहरुबाट निम्न अनुसारका संख्यामा प्रतिनिधीहरुले भाग लिन पाउने छन्।
(क) बहालवाला केन्द्रीय समितिका पदाधिकारी, सदस्य,सल्लाहकार,भूपु अध्यक्षहरु स्वतः महाधिवेशन प्रतिनिधी हुनेछन्।
(ख) राष्ट्रिय महाधिवेशनमा हरेक प्रारम्भिक तथा क्षेत्रीय समितिको सिफारिसमा १ जना महिला सहित ५/५ जना प्रतिनिधीले भाग लिन पाउनेछन्।
(ग) राष्ट्रिय महाधिवेशनमा हरेक जिल्ला समितिको सिफारिसमा ३ जना महिला सहित ७/७ जना प्रतिनिधीले भाग लिन पाउनेछन्।
(घ) संघको पूर्व स्वीकृत लिई विदेशस्थित भातृसंस्थाकोरुपमा गठित समितिबाट ५/५ जना प्रतिनिधीले महाधिवेशनमा भाग लिनेछन्।
(ङ) सवैस्तरका समितिहरुले महाधिवेशन हुनभन्दा २ महिना अघि महाधिवेशन प्रतिनिधीहरुको नामावली केन्द्रीय समितिमा पठाउनु पर्नेछ। यस शिलशिलामा कुनै कारणवस् महाधिवेशन प्रतिनिधीको नामावली हेरफेर वा परिवर्तन गर्नु पर्नेभएमा सोहिस्तरको समितिको निर्णय र कारण सहित केन्द्रीय समितिलाई अनिवार्यरुपमा जानकारी गराउनु पर्नेछ।
(च) प्रारम्भिक समितिहरुको हकमा साधारणसभा,क्षेत्रीय तथा जिल्ला समितिको हकमा अधिवेशनको आयोजना गरी सर्वसम्मत वा निर्वाचनबाट महाधिवेशन प्रतिनिधी छनौट गरी पठाउन सक्नेछन्।
(छ) महाधिवेशन प्रतिनिधीहरुलाई मतदान गर्ने र उम्मेदवारी दिने अधिकार हुनेछ।
(ज) महाधिवेशनमा सवैस्तरमा गठित प्रारम्भिक,क्षेत्रीय,जिल्ला र विदेशस्थित सहयोग तथा सम्पर्क समितिबाट १/१ जना ब्यक्तिले पर्यवेक्षककोरुपमा भाग लिन पाउनेछन्। तर पर्यवेक्षकहरुलाई निर्वाचनमा उम्मेदवारी दिने र मतदान गर्ने अधिकार हुनेछैन्।
१८ राष्ट्रिय सम्मेलन
(क) संघको राष्ट्रिय सम्मेलन एक अवधिमा १ पटक अनिवार्य आयोजना गर्नु पर्नेछ। यस वाहेक संघले गम्भिर प्रकृतिका विषय र सन्दर्भमा तुरुन्तै निर्णय लिनु पर्ने परिस्थिति भएमा आवश्यकता अनुसार राष्ट्रिय सम्मेलनको आयोजना गरी त्यस्तो निर्णय लिन सक्नेछ।
(ख) संघको राष्ट्रिय सम्मेलनमा प्रत्येक समितिहरुबाट ३/३ जना प्रतिनिधी हरुले भाग लिनेछन्। सम्मेलनको अध्यक्षता केन्द्रीय अध्यक्षले गर्नेछ।
(ग) संघको राष्ट्रिय सम्मेलनमा केन्द्रीय समिति लगायत सबै जिल्ला समितिहरुले आ–आफ्नो समितिकोतर्फबाट वार्षिक कार्यप्रगति प्रतिवेदन एवं आय व्ययको विवरण प्रस्तुत गर्नेछन्।
(घ) संघको राष्ट्रिय सम्मेलनले समितिलाई आवश्यक निर्देशन दिने,समितिको प्रतिवेदनमा छलफल गर्ने,लेखा परिक्षकको नियुक्ति गर्ने,लेखा परिक्षकले पेश गरेको प्रतिवेदन उपर छलफल गर्नेछ ।
१९ विशेष राष्ट्रिय महाधिवेशन
केन्द्रीय समितिका कूल सदस्यहरु मध्ये एक तिहाई सदस्यहरुले विषय र कारण खुलाई
विशेष राष्ट्रिय महाधिवेशन बोलाउन संघको अध्यक्षलाई लिखित आवेदन दिन सक्नेछन। यसरी केन्द्रीय समितिले सो प्रस्ताव उपर छलफल गरी दुई तिहाई बहुमतबाट उक्त प्रस्ताव पारित भएमा संघले विशेष राष्ट्रिय महाधिवेशनको आयोजना गरी सो विषयमा छलफल गरी अन्तिम निर्णय लिनेछ।
परिच्छेद–५
संघको स्वरुप,काम,कर्तव्य र अधिकार
२० समितिको स्वरुप
(क) प्रारम्भिक समिति
(ख) क्षेत्रीय समिति
(ग) जिल्ला समिति
(घ) केन्द्रीय समिति
२१ प्रारम्भिक समितिको गठन
हरेक ३ वर्षमा सम्बन्धित क्षेत्रीय वा जिल्ला समितिको मातहतमा रहने गरी ९ सदस्यीय एक प्रारम्भिक समिति गठन गरिनेछ। हरेक प्रारम्भिक समितिको गठन सम्बन्धितगाउँका साधारण सदस्यहरुको भेला तथा साधारणसभाबाट गरिनेछ।
प्रारम्भिक समितिमा निम्न बमोजिमका पदाधिकारी तथा सदस्यहरु रहने छन।
क्र.सं पद संख्या
१ अध्यक्ष १
२ उपाध्यक्ष १
३ सचिव १
४ सह–सचिव १
५ कोषाध्यक्ष १
६ सदस्य संख्या ४
जम्मा संख्या ९
२२ प्रारम्भिक समितिको काम,कर्तव्य र अधिकार
(क) राष्ट्रिय महाधिवेशन हुनु भन्दा दुई महिना अगावै साधारण सदस्यहरुको उपस्थितिमा साधारणसभाको आयोजना गरिनेछ।
(ख) प्रारम्भिक समितिले हरेक वर्ष साधारणसभाको आयोजना गर्नेछ।
(ग) प्रारम्भिक समितिले सम्बन्धितक्षेत्रका छन्त्यालहरुलाई संगठनमा गोलवद्ध गर्नेछ।
(घ) प्रारम्भिक समितिले सम्बन्धितक्षेत्रका छन्त्यालहरुको हक हित तथा उत्थानका लागि आवश्यक कार्य गर्नेछ ।
(ङ) साधारणसभामा साधारण सदस्यहरुले मतदान गर्न र उम्मेदवारी दिन पाउने छन्।
२३ क्षेत्रीय समितिको गठन
प्रत्येक जिल्लामा कम्तीमा ७ देखि बढिमा १५ प्रारम्भिक समिति भएका जिल्लाहरुमा एउटा सो भन्दा बढि समिति भएका जिल्लामा दुई वटासम्म जिल्ला समितिको मातहतमा रहने गरी क्षेत्रीय समिति रहनेछन्। सम्बन्धितक्षेत्रका प्रारम्भिक समितिका ५/५ जना प्रतिनिधीहरुको उपस्थितिमा क्षेत्रीय अधिवेशन गरी क्षेत्रीय समितिको गठन हुनेछ।
क्षेत्रीय समितिमा निम्न बमोजिमका पदाधिकारी तथा सदस्यहरु रहने छन् ।
क्र.सं पद संख्या
१ अध्यक्ष १
२ उपाध्यक्ष १
३ सचिव १
४ सह–सचिव १
५ कोषाध्यक्ष १
६ सदस्य संख्या ६
जम्मा संख्या ११
२४ क्षेत्रीय समितिको काम,कर्तव्य र अधिकार
(क) क्षेत्रीय समितिको गठन तथा पुनर्गठन क्षेत्रीय अधिवेशनको सर्वसम्मत वा निर्वाचनबाट गरिनेछ।
(ख) क्षेत्रीय समितिले सम्बन्धितक्षेत्रका प्रारम्भिक समिति लगायत छन्त्यालहरुलाई संगठित गर्नेछ।
(ग) क्षेत्रीय समितिले सम्बन्धितक्षेत्रमा रहेका प्रारम्भिक समितिहरुबीच उत्पन्न हुने विभिन्न किसिमका समस्याहरुलाई सुल्झाउनुका साथै आपसी समन्वय स्थापित गराउनेछ।
(घ) क्षेत्रीय समितिले सम्बन्धितक्षेत्रमा रहेका प्रारम्भिक समितिहरु मार्फत छन्त्यालहरुलाई संस्थाको उद्देश्य र लक्ष्य परिपुर्ति गर्नगराउन सचेत गराउँदै, जिल्ला समितिसंगको सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ।
(ङ) जिल्ला तथा केन्द्रीय समितिबाट भएका निर्देशनलाई समयमै जानकारी गराई सो को परिपालना गर्न गराउन पहल गर्ने।
(च) राष्ट्रिय महाविधेशन हुनु २ महिना अगावै त्यस क्षेत्रका प्रारम्भिक समितिहरुको साधारणसभा गरी जिल्ला तथा केन्द्रीय समितिलाई जानकारी गराउने।
(छ) क्षेत्रीय समितिले सम्बन्धितक्षेत्रका प्रारम्भिक समितिहरुले गरेका सांगठनिक काम कार्यहरुका नियमित अनुगमन तथा निरिक्षण गरि जिल्ला समिति र केन्द्रीय समितिमा रिपोर्टिङ्ग गर्नेछ।
२५ जिल्ला समिति
छन्त्याल जाति वसोवास गरेका कुनै पनि जिल्लामा आवश्यकता अनुसार जिल्ला समितिको गठन हुनेछ। भौगोलिकरुपमा विकट र हिमाली तथा नयाँ बस्तीभएका जिल्लाहरुको हकमा जनसंख्या र प्रारम्भिक समितिको संख्या जतिसुकै भए पनि एउटा जिल्लामा एउटा जिल्ला समिति अनिवार्य गठन हुनेछ। हरेक ३ वर्षमा सम्बन्धित जिल्लाको मातहतमा रहेका हरेक प्रारम्भिक तथा क्षेत्रीय
समितिका ५/५ जना प्रतिनिधीहरुको उपस्थितिमा जिल्ला अधिवेशन गरी महिलाहरुको उचित प्रतिनिधीत्व हुने गरी ११ देखि १५ सदस्यीय जिल्ला समितिको गठन हुनेछ।
जिल्ला समितिमा निम्न बमोजिमका पदाधिकारी तथा सदस्यहरु रहने छन् ।
क्र.सं पद संख्या
१ अध्यक्ष १
२ उपाध्यक्ष १
३ सचिव १
४ सह–सचिव १
५ कोषाध्यक्ष १
६ सदस्य ६
जम्मा संख्या ११–१५
२६ जिल्ला समितिको काम,कर्तव्य र अधिकार
(क) हरेक जिल्ला अधिवेशनमा सम्बन्धित जिल्ला समितिले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछ।
(ख) जिल्लाका तल्लो निकायहरुलाई निर्देशन दिने र कार्यान्वयन गर्ने गराउने।
(ग) जिल्लामातहतका सबै प्रारम्भिक तथा क्षेत्रीय समितिलाई परिचालन गर्ने।
(घ) केन्द्रीय समितिले दिएको नीति निर्देशन अनुसारका काम कार्यहरु गर्ने।
(ङ) मातहतका समितिहरुले गरेका वार्षिक कार्य प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गराउने।
(च) मातहतका समितिले विधान विपरित कार्य गरेमा विघटन तथा पुनर्गठन गरी केन्द्रमा पठाउने।
(छ) राष्ट्रिय महाविधेशन हुनु २ महिना अगावै प्रारम्भिक समितिको साधारणसभा र क्षेत्रीय समितिको अधिवेशन गराई केन्द्रीय समितिलाई जानकारी गराउने।
(ज) प्रारम्भिक समिति र क्षेत्रीय समितिले गरेका सांगठनिक काम कार्यहरुका नियमित अनुगमन तथा निरिक्षण गरी त्यसको अभिलेख राखि केन्द्रीय समितिमा रिपोर्टिङ्ग गर्नेछ।
२७ केन्द्रीय समिति
यस संघको विधान अनुसार निम्न बमोजिका पदाधिकारी एवं सदस्यहरु रहेको क्षेत्रीय सन्तुलनको आधारमा महिलाको समेत अनिवार्य प्रतिनिधित्व हुने गरी ३३ सदस्यीय केन्द्रीय समितिको गठन हुनेछ।
क्र.सं पद संख्या
१ अध्यक्ष १
२ उपाध्यक्ष (महिला १ पुरुष १) २
३ महासचिव १
४ सचिव १
५ कोषाध्यक्ष १
६ सह–कोषाध्यक्ष १
७ प्रत्येक्ष निर्वाचनबाट निर्वाचित (महिला २,पुरुष ३) सदस्य ५
८ क्षेत्रीय सन्तुलनको आधारमा निर्वाचित सदस्य १४
९ केन्द्रीय समितिबाट मनोनित महिला सदस्य १
१० निवर्तमान केन्द्रीय अध्यक्ष पदेन सदस्य १
११ भातृसंस्थाका केन्द्रीय अध्यक्षहरु पदेन सदस्य ३
जम्मा संख्या ३१
२७.१ क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय सदस्यका लागि निर्वाचन हुने क्षेत्रहरु यस प्रकार हुनेछ ।
क्र.सं जिल्ला संख्या कैफियत
१ म्याग्दी २ कालीखोला–१,म्याग्दीखोला–१
२ बाग्लुङ्ग २ गल्कोट–१,बुर्तिवाङ्ग–१
३ काठमाडौं–ललितपुर २
४ कास्की १
५ रुपन्देही १
६ दाङ्ग १
७ रुकुम १
८ मुस्ताङ्ग १
९ गुल्मी १
१० सुर्खेत १
११ प्युठान १
जम्मा संख्या १४
२८ आमन्त्रीत केन्द्रीय सदस्य :
विभिन्न कारणवस् समेटिन नसकिएका जिल्ला समिति तथा विशेष किसिमको अनुभव भएका ब्यक्तिहरु जसबाट संघलाई महत्वपूर्ण योगदान पुग्ने देखिएमा बढिमा ३/५ जनालाई केन्द्रीय समितिले आमन्त्रीत केन्द्रीय सदस्यमा मनोनयन गर्न सक्नेछ। उक्त सदस्यलाई गणपुरक संख्याको रुपमा गणना गरिने छैन्।
२९ केन्द्रीय समितिको काम,कर्तव्य र अधिकार
(क) राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने।
(ख) केन्द्रीय समितिले राष्ट्रिय महाधिवेशन वा सम्मेलनद्धारा पारित नीति,निर्देशन र निर्णय अनुसार कार्यक्रमको तर्जूमा, कार्यान्वयन तथा निरिक्षणका लागि आफनो मातहतका समितिसंग सम्पर्क राख्ने काम गर्नेछ।
(ग) वार्षिक कार्यक्रम तथा बजेट निर्धारण गर्ने गराउने।
(घ) विधान अन्तर्गत रहि नियमावली,आचारसंहिता जारी गर्नुका साथै भातृसंस्थाको विधान र नियमावली स्वीकृत गर्ने।
(ङ) अध्यक्षले राजीनामा दिएमा स्वीकृत गर्ने।
(च) मातहतका कुनै पनि समिति तथा पदाधिकारी वा सदस्यले विधान विपरित कुनै काम कारवाही गरेको पाईएमा त्यस उपर आवश्यक छानविन गरी विघटन तथा निलम्बन गर्ने गराउने।
(छ) सवै प्रकारका सदस्य,चन्दादाताहरु र संस्थालाई विशिष्ट योगदान दिने ब्यक्ती वा संस्थाको अभिलेख राख्ने।
(ज) मातहतमा रहेका सबै समिति तथा भातृसंस्थाहरुको गतिविधीहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी उनीहरुको संस्थागत क्षमता अभिवृद्धि गर्ने गराउने।
(झ) आदिवासी जनजातिसंग सरोकार राख्ने सवै संघ–संस्थाहरु लगायत विभिन्न नियोगहरुसंग परस्पर सम्बन्ध स्थापित गर्ने गराउने।
(ञ) विधान कार्यान्वयन गर्दा कुनै कठिनाई आई परेमा वाधा अड्चन हटाउने र विधानको व्याख्या गर्ने अधिकार केन्द्रीय समितिमा निहित रहनेछ।
३० समितिको विघटन र पुनर्गठन
(क) प्रारम्भिक समिति तथा क्षेत्रीय समितिका दुई तिहाई सदस्यहरुले जिल्ला समितिमा विघटनका वा पुर्नगठनका लागि लिखित उजुरी गरेमा जिल्ला समितिले उक्त समितिलाई आवश्यकता अनुसार विघटन वा पुनर्गठन गर्न सक्नेछ।
(ख) जिल्ला समितिका दुई तिहाई सदस्यहरुले केन्द्रीय समितिमा विघटन वा पुर्नगठनका लागि लिखित उजुरी गरेमा केन्द्रीय समितिले उक्त समितिलाई आवश्यकता अनुसार विघटन वा पुर्नगठन गर्न सक्नेछ।
(ग) त्यसै गरी मातहतका सवै भातृसंस्थाहरुको हकमा पनि दुई तिहाई सदस्यहले केन्द्रीय समितिमा विघटन वा पुर्नगठनका लागि लिखित उजुरी गरेमा केन्द्रीय समितिले उक्त समितिलाई आवश्यकता अनुसार विघटन वा पुर्नगठन गर्न सक्नेछ।
(घ) मातहतमा रहेका समिति तथा भातृसंस्थाहरुले संस्थाको विधान विपरित कुनै पनि कार्य गरेको ठहर भएमा केन्द्रीय अनुशासन तथा छानविन समितिको सिफारिसमा केन्द्रीय समितिले उक्त संस्थालाई विघटन वा पुर्नगठन गर्न सक्नेछ।
परिच्छेद–६
पदाधिकारीहरुको काम,कर्तव्य,अधिकार र पद समाप्ती
३१ प्रारम्भिक समितिका पदाधिकारीहरुको काम,कर्तव्य र अधिकार
३१.१ अध्यक्ष
(क) प्रारम्भिक समितिको अध्यक्षले प्रारम्भिक समितिको बैठक तथा साधारणसभाको अध्यक्षता गर्नेछ।
(ख) प्रारम्भिक समितिको सम्पूर्ण गतिविधीको निरिक्षण तथा नियन्त्रण गर्नेछ।
(ग) कुनै पनि विषयको पक्ष वा विपक्षमा बराबरी मत परेको अवस्थामा निजले आफ्नो निर्णायक मत दिन पाउनेछ।
(घ) जिल्ला समितिबाट भएका नीति निर्णय कार्यान्वयन गर्न गराउन प्रारम्भिक र जिल्लाबीचको आपसी सम्बन्ध प्रगाढ एवं घनिष्ट बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नेछ।
(ङ) प्रारम्भिक समितिलाई संगठित एवं क्रियाशिल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
३१.२ उपाध्यक्ष
(क) प्रारम्भिक समितिको उपाध्यक्षले अध्यक्षको कार्यमा सहयोग गर्नेछ र अध्यक्षको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण कार्य गर्नेछ।
(ख) यस बाहेक प्रारम्भिक समितिले तोकेको जिम्मेवारी पुरा गर्नु उपाध्यक्षको कर्तव्य हुनेछ।
३१..३ सचिव
(क) प्रारम्भिक समितिको सचिवले जिल्ला प्रारम्भिक समितिको दैनिक कार्य लगायत कार्यालय सम्बन्धी कामहरु गर्नेछ।
(ख) अध्यक्षको परामर्शमा प्रारम्भिक समितिको बैंठक सम्बन्धी सूचना दिनु र बैंठकमा भएका निर्णयहरु अभिलेख गर्नु गराउनु सचिवको मूख्य कर्तब्य हुनेछ।
(ग) प्रारम्भिक समितिको मातहतमा रहेका सबै समितिहरुले गरेका गतिविधीको अभिलेख राखी जिल्ला समितिमा जानकारी गराउनु पर्नेछ।
(ङ) प्रारम्भिक साधारणसभामा समितिको तर्फबाट कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछ।
३१.४ सह–सचिव
(क) प्रारम्भिक समितिको सचिवको काम कार्यमा सहयोग पु¥याउनुका साथै सचिवको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण कार्यहरु गर्नेछ।
(ख) यस बाहेक सह–सचिवले प्रारम्भिक समितिले तोकेको आवश्यक कार्यहरु गर्नेछ।
३१.५ कोषाध्यक्ष
(क) प्रारम्भिक समितिको आर्थिक कारोवारको जिम्मा कोषाध्यक्षको हुनेछ।
(ख) प्रारम्भिक समितिकोतर्फबाट अनुमानित वार्षिक बजेट प्रस्तुत गर्ने।
(ग) प्रारम्भिक समितिका निर्णय अनुसार विभिन्न कोष सम्बन्धी काम कार्यहरु गर्नेछ।
(घ) संघलाई विभिन्न समयमा आर्थिक सहयोग गर्ने ब्यक्ति,संघ संस्था तथा दाताहरुको अभिलेख राख्ने।
(ङ) प्रारम्भिक सभामा समितिकोतर्फबाट आय–व्ययको प्रतिवेदन प्रस्तुत गर्नेछ।
३१.६ सदस्यहरु
(क) प्रारम्भिक समितिको बैंठकमा उपस्थित भई प्रस्तुत विषय उपर आफ्नो
विचार र दुष्टिकोण राखी निर्णयमा सहयोग गर्ने।
(ख) बैंठकमा भएको निर्णयलाई विभिन्न तहमा कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गराउने।
(ग) यस बाहेक समितिले तोकेको जिम्मेवारी पुरा गर्नु गराउनु प्रत्येक सदस्यको कर्तब्य हुनेछ।
३२ क्षेत्रीय समितिका पदाधिकारीहरुको काम,कर्तव्य र अधिकार
३२.१ अध्यक्ष
(क) क्षेत्रीय अध्यक्षले क्षेत्रीय समितिको बैठक तथा क्षेत्रीय अधिवेशनको अध्यक्षता गर्नेछ।
(ख) क्षेत्रीय समितिको सम्पूर्ण गतिविधीको निरिक्षण तथा नियन्त्रण गर्नेछ।
(ग) कुनै पनि विषयको पक्ष वा विपक्षमा बराबरी मत परेको अवस्थामा निजले आफ्नो निर्णायक मत दिन पाउनेछ।
(घ) जिल्ला समितिबाट भएका नीति निर्णय कार्यान्वयन गर्न गराउन र क्षेत्र र जिल्लाबीचको आपसी सम्बन्ध प्रगाढ एवं घनिष्ट बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नेछ।
(ङ) मातहतका प्रारम्भिक समितिलाई संगठित एवं क्रियाशिल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
३२.२ उपाध्यक्ष
(क) क्षेत्रीय उपाध्यक्षले अध्यक्षको कार्यमा सहयोग गर्नेछ र अध्यक्षको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण कार्य गर्नेछ।
(ख) यस बाहेक क्षेत्रीय समितिले तोकेको जिम्मेवारी पुरा गर्नु उपाध्यक्षको कर्तव्य हुनेछ।
३२.३ सचिव
(क) क्षेत्रीय सचिवले क्षेत्रीय समितिको दैनिक कार्यहरु तथा कार्यालय सम्बन्धी कामहरु गर्नेछ ।
(ख) अध्यक्षको परामर्शमा क्षेत्रीय समितिको बैंठक सम्बन्धी सूचना दिनु र बैंठकमा भएका निर्णयहरु अभिलेख गर्नु गराउनु सचिवको मूख्य कर्तब्य हुनेछ।
(ग) क्षेत्रीय समितिको मातहतमा रहेका सबै समितिहरुले गरेका गतिविधीहरुको अभिलेख राखी जिल्ला समितिमा जानकारी गराउनु पर्नेछ।
(ङ) क्षेत्रीय अधिवेशनमा क्षेत्रीय समितिको तर्फबाट कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछ।
३२.४ सह–सचिव
(क) क्षेत्रीय सचिवको काम कार्यमा सहयोग पु¥याउनुका साथै सचिवको अनुपस्थितमा निजले गर्ने सम्पूर्ण कार्यहरु गर्नेछ।
(ख) यस बाहेक सह–सचिवले क्षेत्रीय समितिले तोकेको आवश्यक कार्यहरु गर्नेछ।
३२.५ कोषाध्यक्ष
(क) क्षेत्रीय समितिको आर्थिक कारोवारको जिम्मा कोषाध्यक्षको हुनेछ ।
(ख) क्षेत्रीय समितिकोतर्फबाट हरेक वर्ष अनुमानित वार्षिक बजेट प्रस्तुत गर्ने।
(ग) क्षेत्रीय समितिका निर्णय अनुसार विभिन्न कोष सम्बन्धी काम कार्यहरु गर्नेछ।
(घ) संघलाई विभिन्न समयमा आर्थिक सहयोग गर्ने ब्यक्ति,संघ संस्था तथा दाताहरुको अभिलेख राख्ने।
(ङ) क्षेत्रीय र जिल्ला अधिवेशनमा समितिकोतर्फबाट आय–व्ययको प्रतिवेदन प्रस्तुत गर्नेछ।
३२.६ सदस्यहरु
(क) क्षेत्रीय समितिको बैंठकमा उपस्थित भई प्रस्तुत विषय उपर आफ्नो विचार र दृष्टिकोण राखी निर्णयमा सहयोग गर्ने।
(ख) बैंठकमा भएको निर्णयलाई विभिन्न तहमा कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गराउने।
(ग) यस बाहेक समितिले तोकेको जिम्मेवारी पुरा गर्नु गराउनु प्रत्येक सदस्यको कर्तब्य हुनेछ।
३३ जिल्ला समितिका पदाधिकारीहरुको काम,कर्तव्य र अधिकार
३३.१ अध्यक्ष
(क) जिल्ला अध्यक्षले जिल्ला समितिको बैठक तथा जिल्ला अधिवेशनको अध्यक्षता गर्नेछ।
(ख) जिल्ला समितिको सम्पूर्ण गतिविधीको निरिक्षण तथा नियन्त्रण गर्नेछ।
(ग) कुनै पनि विषयको पक्ष वा विपक्षमा बराबरी मत परेको अवस्थामा निजले आफ्नो निर्णायक मत दिन पाउनेछ।
(घ) केन्द्रीय समितिबाट भएका नीति निर्णय कार्यान्वयन गर्न गराउन र जिल्ला र केन्द्रबीचको आपसी सम्बन्ध प्रगाढ एवं घनिष्ट बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नेछ।
(ङ) मातहतका प्रारम्भिक तथा क्षेत्रीय समितिलाई संगठित एवं क्रियाशिल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
३३.२ उपाध्यक्ष
(क) जिल्ला उपाध्यक्षले अध्यक्षको कार्यमा सहयोग गर्नेछ र अध्यक्षको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण कार्य गर्नेछ।
(ख) यस बाहेक जिल्ला समितिले तोकेको जिम्मेवारी पुरा गर्नु उपाध्यक्षको कर्तव्य हुनेछ।
३३.३ सचिव
(क) जिल्ला सचिवले जिल्ला समितिको दैनिक कार्यहरु तथा कार्यालय सम्बन्धी कामहरु गर्नेछ ।
(ख) अध्यक्षको परामर्शमा जिल्ला समितिको बैंठक सम्बन्धी सूचना दिनु र बैंठकमा भएका निर्णयहरु अभिलेख गर्नु गराउनु सचिवको मूख्य कर्तब्य हुनेछ।
(ग) जिल्ला समितिको मातहतमा रहेका सबै समितिहरुले गरेका
(ङ) जिल्ला अधिवेशनमा जिल्ला समितिको तर्फबाट कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछ ।
३३.४ सह–सचिव
(क) जिल्ला सचिवको काम कार्यमा सहयोग पु¥याउनुका साथै सचिवको अनुपस्थितमा निजले गर्ने सम्पूर्ण कार्यहरु गर्नेछ।
(ख) यस बाहेक सह–सचिवले जिल्ला समितिले तोकेको आवश्यक कार्यहरु गर्नेछ।
३३.५ कोषाध्यक्ष
(क) जिल्ला समितिको आर्थिक कारोवारको जिम्मा कोषाध्यक्षको हुनेछ।
(ख) जिल्ला समितिकोतर्फबाट हरेक वर्ष वार्षिक बजेट प्रस्तुत गर्ने।
(ग) जिल्ला समितिको निर्णय अनुसार विभिन्न कोष सम्बन्धी काम कार्यहरु गर्नेछ।
(घ) संघलाई विभिन्न समयमा आर्थिक सहयोग गर्ने व्यक्ति,संघ संस्था तथा दाताहरुको अभिलेख राख्ने।
(ङ) जिल्ला अधिवेशनमा समितिकोतर्फबाट आय–व्ययको प्रतिवेदन प्रस्तुत गर्नेछ
३३.६ सदस्यहरु
(क) जिल्ला समितिको बैंठकमा उपस्थित भई प्रस्तुत विषय उपर आफ्नो विचार र दृष्टिकोण राखी निर्णयमा सहयोग गर्ने।
(ख) बैंठकमा भएको निर्णयलाई विभिन्न तहमा कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गराउने।
(ग) यस बाहेक समितिले तोकेको जिम्मेवारी पुरा गर्नु गराउनु प्रत्येक सदस्यको कर्तब्य हुनेछ।
३४ केन्द्रीय समितिका पदाधिकारीहरुको काम,कर्तव्य र अधिकार
३४.१ अध्यक्ष
(क) अध्यक्षले केन्द्रीय समितिको बैठक,राष्ट्रिय महाधिवेशन तथा सम्मेलनको अध्यक्षता गर्नेछ।
(ख) केन्द्रीय समितिको सम्पूर्ण कार्यको निरिक्षण तथा नियन्त्रण गर्नेछ।
(ग) कुनै पनि विषयको पक्ष वा विपक्षमा बराबरी मत परेको अवस्थामा निजले आफ्नो निर्णायक मत दिन सक्नेछ।
घ) संघको उद्देश्य परिपुर्तिका लागि पछि केन्द्रीय समितिबाट अनुमोदन हुने गरी बढिमा मासिक १०००/–खर्च गर्न सक्नेछ।
(ङ) संघको लागि प्रभावकारी एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
३४.२ उपाध्यक्ष
(क) केन्द्रीय उपाध्यक्षले केन्द्रीय अध्यक्षको कार्यमा सहयोग गर्नेछ र अध्यक्षको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण कार्य गर्नेछ।
(ख) यस बाहेक केन्द्रीय समितिले तोकेको जिम्मेवारी पुरा गर्नु उपाध्यक्षको कर्तव्य हुनेछ।
३४.३ महासचिव
(क) केन्द्रीय महासचिवले केन्द्रीय समितिको दैनिक कार्यहरु तथा कार्यालय सम्बन्धी कामहरु गर्नेछ।
(ख) कार्यालयको खर्चका लागि पछि केन्द्रीय समितिबाट अनुमोदन हुनेगरी बढिमा मासिक ८००/– खर्च गर्न सक्नेछ।
(ग) राष्ट्रिय महाधिवेशन तथा सम्मेलनमा केन्द्रीय समितिको तर्फबाट कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछ।
३४.४ सचिव
(क) केन्द्रीय महासचिवको अनुपस्थितमा निजले गर्ने सम्पूर्ण कार्यहरु गर्ने।
(ख) यस वाहेक समितिले तोकेको आवश्यक कार्यहरु गर्ने गराउने छ।
३४.५ कोषाध्यक्ष
(क) संघको आर्थिक कारोवारको जिम्मा केन्द्रीय कोषाध्यक्षको हुनेछ।
(ख) केन्द्रीय समितिको तर्फबाट हरेक वर्ष अनुमानित वार्षिक बजेट प्रस्तुत गर्ने।
(ग) केन्द्रीय समितिको निर्णय अनुसार विभिन्न कोष सम्बन्धी काम कार्यहरु गर्नेछ।
(घ) संघलाई विभिन्न समयमा आर्थिक सहयोग गर्ने ब्यक्ति,संघ संस्था तथा दाताहरुको अभिलेख राख्ने।
(ङ) राष्ट्रिय महाधिवेशन तथा सम्मेलनमा केन्द्रीय समितिकोतर्फबाट आय–व्ययको प्रतिवेदन प्रस्तुत गर्नेछ।
३४.६ सह–कोषाध्यक्ष
(क) केन्द्रीय कोषाध्यक्षलाई आवश्यक सहयोग गर्नु सह–कोषाध्यक्षको प्रमुख कर्तब्य हुनेछ। कोषाध्यक्षको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण आर्थिक कारोवारको जिम्मेवारी सह–कोषाध्यक्षको हुनेछ।
(ख) यस बाहेक संघले तोकेको जिम्मेवारी पुरा गर्नु गराउनु सह–कोषाध्यक्षको कर्तब्य हुनेछ।
३४.७ सदस्यहरु
(क) केन्द्रीय समितिको बैंठकमा उपस्थित भई प्रस्तुत विषय उपर आफ्नो विचार र दुष्टिकोण राखी निर्णयमा सहयोग गर्ने।
(ख) बैंठकमा भएको निर्णयलाई विभिन्न तहमा कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गराउने।
(ग) यस बाहेक संघले तोकेको जिम्मेवारी पुरा गर्नु गराउनु प्रत्येक सदस्यको कर्तब्य हुनेछ।
३४.८ पदेन सदस्यहरु
(क) केन्द्रीय समिति तथा सविवालयको बैंठकमा उपस्थित भई राय सुझाव दिने।
(ख) आ–आफ्नो संस्थाबाट भए गरेका गतिविधीको जानकारी गराउने।
(ग) महत्वपूर्ण विषय र नीति निर्माणमा भातृसंस्थाहरुकोतर्फबाट सुझाव पेश गर्ने।
(घ) केन्द्रीय समिति वा सचिवालयले पारित गरेका नीति निर्णयहरु आ–आफ्नो संगठनमा सर्कुलर गरी सोको कार्यान्वयन गर्ने गराउने ।
(ङ) यस बाहेक समितिले तोकेको जिम्मेवारी पुरा गर्ने ।
३५ पदाधिकारी तथा सदस्यहरुको पद समाप्ती निम्नावस्थामा हुनेछ ।
(क) साधारण सदस्य नरहेमा ।
(ख) प्रारम्भिक समितिको अध्यक्षको क्षेत्रीय वा जिल्ला समिति समक्ष, क्षेत्रीय समितिको अध्यक्षको हकमा जिल्ला समिति समक्ष,जिल्ला समिति र केन्द्रीय समितिको अध्यक्षको हकमा केन्द्रीय समितिमा र अन्य पदाधिकारीहरुको हकमा सम्बन्धीत समितिको अध्यक्ष समक्ष राजीनामा दिई स्वीकृत भएमा।
(ग) मृत्यु भएमा ।
(घ) समितिको बैंठकमा बिना सूचना लगातार ३ पटकसम्म अनुपस्थित भएमा वा कुनै अभियोग प्रमाणित भई समितिले हटाएमा।
परिच्छेद–७
केन्द्रीय सचिवालय,विभाग र भातृ संठनको गठन तथा काम,कर्तव्य र अधिकार
३६ केन्द्रीय सचिवालयको गठनः
केन्द्रीय कार्य समितिले गर्ने दैनिक कार्यसंचालन तथा कार्यान्वयनको निमित्त केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरि एक केन्द्रीय सचिवालयको गठन गरिनेछ। सचिवालयमा निम्न सदस्यहरु रहने छन्।
क्र.सं पद संख्या
१ केन्द्रीय अध्यक्ष पदेन अध्यक्ष १ जना
२ केन्द्रीय उपाध्यक्ष पदेन उपाध्यक्ष २ जना
३ केन्द्रीय महासचिव पदेन महासचिव १ जना
४ केन्द्रीय सचिव पदेन सचिव १ जना
५ केन्द्रीय कोषाध्यक्ष पदेन कोषाध्यक्ष १ जना
६ केन्द्रीय सह–कोषाध्यक्ष पदेन सहकोषाध्यक्ष १ जना
७ केन्द्रीय सदस्यहरु मध्येबाट पदेन सदस्य ५ जना
८ भातृ संगठनका केन्द्रीय अध्यक्षहरु ३ जना
९ जम्मा १५ सदस्यीय
३७ सचिवालयको काम,कर्तब्य र अधिकारः
केन्द्रीय समितिले गर्ने काम कारवाही नै सचिवालयको काम,कर्तब्य र अधिकार हुनेछ। सचिवालयले गरेका सबै नीति तथा निर्णयहरु केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराउनु पर्नेछ।
३८ केन्द्रीय विभागको गठनः
केन्द्रीय समितिमा रहेका पदाधिकारी वा सदस्य संयोजक रहने गरी बढिमा ५ सदस्यीय
केन्द्रीय समितिमा रहेका पदाधिकारी वा सदस्य संयोजक रहने गरी बढिमा ५ सदस्यीय विभागहरु गठन हुनेछ। विभागहरुको काम,कर्तव्य र अधिकार नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ। विभागहरुको गठन निम्नानुसार हुनेछ।
क संगठन
ख जनसम्पर्क
ग विदेश
घ आर्थिक
ङ भाषा,संस्कृति संरक्षण तथा प्रकाशन
च अध्ययन तथा अनुसन्धान
छ शिक्षा,स्वास्थ्य तथा खेलकुद
३९ भातृ संगठनको गठन
संघले अख्तियार गरेको लक्ष्य र उद्देश्य परिपूर्ति गर्नका लागि केन्द्रको मातहतमा रहने गरी पुर्व स्वीकृति लिएर आ–आफ्नै विधान जारी गरी देहाय बमोजिमका भातृ संगठनहरु गठन गर्न सकिनेछ।
(क) छन्त्याल विद्यार्थी संघ
(ख) छन्त्याल महिला संघ
(ग) छन्त्याल युवा संघ
(घ) छन्त्याल भूपु सैनिक संघ
(ङ) विदेशमा रहेका समिति तथा सम्पर्क समिति
(च) अन्य भातृ संगठन आवश्यकता अनुसार गठन गर्न सकिनेछ।
४० कानुनीरुपमा विदेशमा बसोवास गर्ने छन्त्यालहरुले कुनै पनि देशमा ११ देखि १५ सदस्यीय समिति गठन गर्न सक्ने छन्। यसरी गठन भएका कुनै पनि भातृ संगठनले
जारी गरेको विधान केन्द्रीय समितिले स्वीकृत गरेको मितिदेखि मात्र लागू हुनेछ। यसरी विदेशमा गठन हुने भातृ संगठनलाई जिल्ला समिति स्तरको मान्यता प्रदान गरिनेछ।
विदेशमा रहने भातृ संगठनमा ११ देखि १५ सदस्यीय कार्य समिति गठन हुनेछ। उक्त समितिमा देहाय बमोजिमका पदाधिकारी तथा सदस्यहरु रहने छन्।
क्र.सं पद संख्या
१ अध्यक्ष १ जना
२ उपाध्यक्ष १ जना
३ सचिव १ जना
४ सह–सचिव १ जना
५ सचिव १ जना
६ कोषाध्यक्ष १ जना
७ सदस्यहरु ५–११ जना
४१ भातृ संगठनको काम,कर्तब्य र अधिकार
(क) केन्द्रीय समितिले निर्देशन गरेका हरेक काम कार्यहरुको पूर्णरुपमा परिपालन गर्नु गराउनु सवै भातृ संगठनहरुको कर्तब्य हुनेछ।
(ख) भातृ संगठनहरुको अन्य काम,कर्तब्य र अधिकार आ–आफ्नो विधानमा उल्लेख भए बमोजिम हुनेछ।
(ग) केन्द्रीय समिति र सचिवालयको बैठकमा उपस्थित भई आफ्नो संगठनको गतिविधी नियमितरुपमा प्रस्तुत गर्नु गराउनु सवै भातृ संस्थाहरुको कर्तब्य हुनेछ।
(घ) समय समयमा संघले निर्देशन गरेको र तोकेको जिम्मेवारी पुरा गर्नु गराउनु सवै भातृ संस्थाहरुको प्रमुख कर्तब्य हुनेछ।
परिच्छेद–८
निर्वाचन
४२ निर्वाचन समितिको गठन
(क) निर्वाचनको निम्ती सम्बन्धित समितिले आफ्नो कार्यकाल समाप्त हुनु १ महिना अगावै संघको साधारण सदस्य मध्येबाट एक जना प्रमुख आयुक्त रहने गरी बढिमा ३ सदस्यीय एउटा निर्वाचन आयोगको गठन गर्न सक्नेछ। उक्त निर्वाचन आयोगले विधान र निर्वाचन निर्देशिकाको अधिनमा रहि निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।
(ख) केन्द्रीय समितिले विधानको अधिनमा रहि सवै तहका समितिहरुमा निर्वाचन सम्बन्धी निर्देशिका लागू गर्न सक्नेछ।
(ग) निर्वाचन सम्पन्न भई सकेपछि आयोग स्वतः विघटन हुनेछ।
४३ उम्मेदवारको योग्यता
(क) केन्द्रीय समितिको कुनै पनि पदमा उम्मेदवार हुनका लागि धारा १० को उपधारा क मा उल्लेखित सदस्यता प्राप्त ब्यक्ति महाधिवेशन प्रतिनिधीको रुपमा छनौट भई महाधिवेशनमा अनिवार्य उपस्थित भएको हुनु पर्नेछ।
(ख) बहालवाला केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र सल्लाहकारहरु केन्द्रीय समितिको कुनै पनि पदमा स्वतः उम्मेदवार हुन पाउने छन्।
(ग) तर अन्य समिति तथा भातृसंस्थाका ब्यक्तिहरुको हकमा केन्द्रीय समितिको सदस्य हुनका लागि सो समिति वा संस्थाको सदस्यता प्राप्त ब्यक्ति हुनु पर्नेछ। तर केन्द्रीय समितिको पदाधिकारी पदमा उम्मेदवार हुनको लागि कुनै पनि समितिमा रहेर कम्तीमा ५ वर्ष सेवा गरेको हुनु पर्नेछ।
(घ) प्रारम्भिक समिति,क्षेत्रीय समिति र जिल्ला समितिको निर्वाचनमा कुनै पनि पदका लागि उम्मेदवार हुनका लागि त्यस जिल्ला तथा क्षेत्रका साधारण
सदस्यता प्राप्त ब्यक्ति हुनु पर्नेछ।
(ङ) कुनै ब्यक्ति बहाल रहेको समिति भन्दा माथिको समितिमा निर्वाचित भएमा तल्लो तहको पद स्वतः खारेज हुनेछ।
(च) निर्वाचन आयोगमा रहेका सदस्य तथा संघको सदस्यता प्राप्त नगरेको ब्यक्ति कुनै पनि तहको समितिको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।
(छ) कुर्नै पनि समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद अनुसारको प्रमाण–पत्र निर्वाचन अयोगको प्रमुख आयुक्तबाट प्रमाणित गरि प्रदान गरिनेछ।
(ज) नेपाल छन्त्याल संघको कुर्नै पनि समितिमा १ जना महिला सदस्य अनिवार्य रहने छन्।
४४ उम्मेदवारको अयोग्यता
कुनै पनि प्रकारको समितिमा उम्मेदवार हुनको लागि संस्थाको हकहित र उद्देश्य विरुद्ध कुनै कार्य गरेको, आर्थिक अनियमितता गरेको, कुनै पनि तहको समितिले पदबाट निलम्बन,बर्खास्त तथा निस्कासन गरेको,कुनै पनि फौजदारी मुद्धाको अभियोग लागेको,सम्बन्धित समितिमार्फत सिफारिस नभएमा र मानसिक सन्तुलन ठिक नभएको ब्यक्ति उम्मेदवारको लागि अयोग्य ठहरिने छ।
४५ मतदान प्रणाली
सवैतहका निर्वाचन सम्भव भएसम्म सर्वसम्मत गराईनेछ सो सम्भव नभएमा एक ब्यक्ति एक मतको गोप्य तथा प्रत्येक्ष मतदान प्रणालीको आधारमा गराईनेछ।
४६ राजीनामा
कुनै पनि तहका समितिका पदाधिकारी तथा सदस्यहरुले सोही समितिका अध्यक्ष समक्ष राजिनामा दिनु पर्नेछ भने सो समितिका अध्यक्षले सो समिति भन्दा एक तह माथि जस्तो प्रारम्भिक समितिको अध्यक्षले क्षेत्रीय समितिमा,क्षेत्रीय समितिका अध्यक्षले जिल्ला समितिमा र जिल्ला समितिका अध्यक्षले केन्द्रीय
समितिमा र केन्द्रीय समितिको अध्यक्षले केन्द्रीय समिति समक्ष
लिखित राजिनामा दिनु पर्नेछ। तर क्षेत्रीय समिति नभएका जिल्लाहरुका प्रारम्भिक समितिहरुले सोझै जिल्ला समितिमा दिनु पर्नेछ। यसरी पेश भएको राजीनामाको जानकारी सम्बन्धित ब्यक्ति तथा समितिलाई ३५ दिन भित्र अनिवार्यरुपमा गराउनु पर्नेछ।
४७ अविश्वासको प्रस्ताव
कुनै पनि स्तरको समितिका पदाधिकारी वा सदस्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि सम्बन्धित समितिका कम्तीमा २५ प्रतिशत सदस्यहरुले विषय र कारण स्पष्ट खुलाई लिखितरुपमा माग गर्न सक्नेछन्। यसरी माग गरिएको अविश्वास प्रस्ताव उपर छलफल गर्न २५ दिनभित्र बैंठक बोलाउनु पर्नेछ। सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरी त्यस उपर स्वीकृत तथा अस्वीकृतका लागि कुल सदस्य संख्याको दुई तिहाई बहुमतले गरेको निर्णयलाई अन्तिम मानिनेछ। प्रस्तावको पक्षमा निर्णय भएमा अभियोग लागेका ब्यक्तिलाई सफाईको लागि मौका दिन सकिनेछ। तर सफाईका लागि दिईने मौका अभियोगको प्रकृति अनुसार हुनेछ।
४८ पदपूर्ति
कुनै पनि स्तरको समितिमा कुनै पनि पद रिक्त हुन गएमा सम्बन्धित समितिले संघको साधारण सदस्य मध्येबाट तथा केन्द्रीय समितिको हकमा विधानको धारा ४३ (ग) को प्रावधान अनुसारको योग्यता पुगेका ब्यक्तिलाई बाँकी अवधिका लागि निर्वाचन वा मनोनित गरि पद पूर्ति गर्नेछ।
४९ बैंठक र सूचना
(क) केन्द्रीय समितिको बैंठक ६ महिनाको १ पटक,केन्द्रीय सचिवालयको बैंठक हरेक महिनाको १ पटक अनिवार्य अन्य समितिको बैठक हरेक ४ महिनामा १ पटक अनिवार्य बस्नेछ। यस बाहेक समितिलाई आवश्यक निर्णय गर्नु पर्ने परिस्थितिमा आवश्यकता अनुसार नियमित र आकस्मिक बैंठक बस्न सक्नेछ।
(ख) केन्द्रीय समितिको बैंठक सम्बन्धी सूचना कम्तीमा १ महिना अगाडि र अन्य समितिहरुको हकमा १५ दिन अगाडि बैंठकमा छलफल गरिने विषय,स्थान र समय स्पष्ट खुलाई दिनु पर्नेछ।
५० गणपुरक संख्या
(क) कुनै पनि स्तरको समितिको बैंठकमा कुल सदस्यहरुको ५१ प्रतिशत सदस्यहरुको उपस्थितिलाई गणपुरक संख्या मानिनेछ। तर गणपुरक संख्याको अभावका कारणले दुई पटकसम्म बैंठक स्थगित भएमा तेस्रो पटक उपस्थित भएको सदस्य संख्यालाई गण पुरक संख्या मानिेनेछ।
(ख) यस्तो अवस्थामा कुनै पनि पदाधिकारी तथा सदस्यले बैंठकमा प्रत्येक्ष भाग लिन नसक्ने विशेष कारण खुलाई बैंठकमा राखिएका विषय उपर विद्युतिय माध्यम जस्तो टेलिफोन,ई–मेल र फयाक्सबाट आफ्नो सुझाव तथा मत जाहेर गरेमा त्यसलाई पनि बैंठकको गणपुरक संख्यामा गणना गरिनेछ।
परिच्छेद–९
आर्थिक व्यवस्था
५१ कोषः
साधारण सदस्य,आजीवन सदस्य,विशिष्ट आजीवन सदस्यबाट प्राप्त शुल्क,विभिन्न व्यक्ति तथा संस्थाले स्वैच्छिकरुपमा प्रदान गरेको दान दातव्य र नेपाल सरकार लगायत विभिन्न संघ संस्थाले प्रदान गरेको विभिन्न प्रकारको आर्थिक सहयोग यस संस्थाको आयस्रोत हुनेछ।
५२ प्रारम्भिक समितिको कोष र संचालन
प्रारम्भिक समितिले आफ्नो कार्य संचालन तथा व्यवस्थापनका लागि कोष खडा गर्नेछ। समितिको कोषमा निम्न बमोजिम प्राप्त रकम रहनेछ।
(क) कुनै पनि ब्यक्तिले स्वेच्छाले दिएको दान,सहयोग र उपहार आदि।
(ख) सरकारी तथा दातृ संस्थाहरुबाट प्राप्त सहयोग तथा अनुदान।
(ग) संघको चल अचल सम्पत्तिबाट प्राप्त आम्दानी।
(घ) सदस्यता शुल्कबाट प्राप्त रकम।
(ङ) समितिबाट संचालित विभिन्न किसिमका कार्यक्रमबाट प्राप्त रकम।
(च) प्रारम्भिक समितिको आर्थिक करोवार तथा बैंक खाता संचालनका लागि ३ जना ब्यक्ति मध्ये अध्यक्ष र कोषाध्यक्षको दस्तखत अनिवार्य हुने गरि अन्य १ जना व्यक्तिको आवश्यकता अनुसार समितिले निर्णय गरि बैंक खाता संचालन गर्न सक्नेछ।
५३ क्षेत्रीय समितिको कोष र संचालन
क्षेत्रीय समितिले आफ्नो कार्य संचालन तथा व्यवस्थापनका लागि कोष खडा गर्नेछ। समितिको कोषमा निम्न बमोजिम प्राप्त रकम रहनेछ।
(क) कुनै पनि ब्यक्तिले स्वेच्छाले दिएको दान,सहयोग र उपहार आदि।
(ख) सरकारी तथा दातृ संस्थाहरुबाट प्राप्त सहयोग तथा अनुदान।
(ग) संघको चल अचल सम्पत्तिबाट प्राप्त आम्दानी।
(घ) सदस्यता शुल्कबाट प्राप्त रकम।
(ङ) संघले तोके बमोजिम मातहतमा रहेका समितिहरुबाट प्राप्त रकम।
(च) समितिबाट संचालित विभिन्न किसिमका कार्यक्रमबाट प्राप्त रकम।
(छ) क्षेत्रीय समितिको आर्थिक करोवार तथा बैंक खाता संचालनका लागि ३ जना ब्यक्ति मध्ये अध्यक्ष र कोषाध्यक्षको दस्तखत अनिवार्य हुने गरि अन्य १ जना व्यक्तिको आवश्यकता अनुसार समितिले निर्णय गरि बैंक खाता संचालन गर्न सक्नेछ ।
५४ जिल्ला समितिको कोष र संचालन
जिल्ला समितिले आफ्नो कार्य संचालन तथा व्यवस्थापनका लागि कोष खडा गर्नेछ।समितिको कोषमा निम्न बमोजिम प्राप्त रकम रहनेछ।
(क) कुनै पनि ब्यक्तिले स्वेच्छाले दिएको दान,सहयोग र उपहार आदि।
(ख) सरकारी तथा दातृ संस्थाहरुबाट प्राप्त सहयोग तथा अनुदान।
(ग) संघको चल अचल सम्पत्तिबाट प्राप्त आम्दानी।
(घ) सदस्यता शुल्कबाट प्राप्त रकम।
(ङ) मातहतका प्रारम्भिक तथा क्षेत्रीय समितिहरुबाट प्राप्त हुने १० प्रतिशत रकम।
(च) समितिबाट संचालित विभिन्न किसिमका कार्यक्रमबाट प्राप्त रकम।
(छ) जिल्ला समितिले हरेक वर्ष लेखा परिक्षण पछि केन्द्रीय समितिलाई कूल आयको १० प्रतिशत रकम बुझाउनु पर्नेछ।
(ज) जिल्ला समितिको आर्थिक कारोवार तथा बैंक खाता संचालनका लागि ३ जना ब्यक्ति मध्ये अध्यक्ष र कोषाध्यक्षको दस्तखत अनिवार्य हुने गरि अन्य १ जना सदस्यको आवश्यकता अनुसार समितिले निर्णय गरि बैंक खाता संचालन गर्न सक्नेछ।
५५ केन्द्रीय समितिको कोष र संचालन
केन्द्रीय समितिले आफ्नो कार्य संचालन तथा व्यवस्थापनका लागि केन्द्रीय कोष खडा गर्नेछ। संघको कोषमा निम्न बमोजिम प्राप्त रकम रहनेछ।
(क) कुनै पनि ब्यक्तिले स्वेच्छाले दिएको दान,सहयोग र उपहार आदि।
(ख) सरकारी तथा दातृ संस्थाहरुबाट प्राप्त सहयोग तथा अनुदान।
(ग) संघको चल अचल सम्पत्तिबाट प्राप्त आम्दानी।
(घ) सदस्यता शुल्कबाट प्राप्त रकम।
(ङ) संघले तोके बमोजिम मातहतमा रहेका विभिन्न समितिहरुबाट प्राप्त रकम।
(च) संघबाट संचालित विभिन्न किसिमका कार्यक्रमबाट प्राप्त रकम।
(छ) केन्द्रीय कार्यालयमा रहेको हल,सटर,क्यान्टिन तथा खेलकुदबाट प्राप्त रकम।
(ज) भातृसंस्थाकारुपमा विदेशमा रहेका संघका सहयोग समिति तथा सम्पर्क
समितिहरुबाट प्राप्त रकम।
(झ) खाता संचालनः केन्द्रीय समितिको आर्थिक करोवार तथा बैंक खाता संचालनका लागि ३ जना ब्यक्ति मध्ये कोषाध्यक्ष वा सहकोषध्यक्ष मध्ये एक जनाको दस्तखत अनिवार्य हुने गरि अन्य २ जना व्यक्ति मध्ये कुनै एक जनाको दस्तखत गरी दुइ जनाको अनिवार्य दस्तखतबाट बैंक खाता संचालन गर्न सकिनेछ।
५६ चलअचल सम्पत्ति हकभोक सम्बन्धमाः
स्वदेश वा विदेशमा केन्द्रीय समितिको पूर्व स्वीकृति लिएर गठन भएका सवै स्तरका समिति तथा भातृसंस्थाहरुले आर्जन गरेको चलअचल सम्पत्तिहरु आ–आफ्नै संस्थाको नाममा स्वतन्त्ररुपले हकभोक गर्न पाउने छन्। यस्तो कोष तथा सम्पत्तिमा केन्द्रले कुनै पनि किसिमको वाधा व्यवधान गर्ने छैन तर संस्था विघटन भएमा उक्त संस्थामा भएका सवै प्रकारका चलअचल,भौतिक लगायत नगद तथा जिन्सी सम्पत्ति प्रारम्भिक तथा क्षेत्रीय समितिको हकमा जिल्ला समितिको हुनेछ भने जिल्ला तथा विदेशमा रहेका भातृसंस्थाहरुको हकमा केन्द्रीय समितिको हुनेछ।
परिच्छेद–१०
विविध
५७ लेखा परिक्षण
सम्बन्धितनिकायबाट अधिकार प्राप्त लेखा परिक्षकबाट केन्द्रीय समितिको प्रत्येक वर्ष आय व्ययको लेखा परिक्षण गराईनेछ। मातहतका समितिहरुको हकमा जिल्ला समितिको लेखा परिक्षण केन्द्रीय प्रतिनिधीको रोहवरमा,क्षेत्रीय समितिको हकमा जिल्ला प्रतिनिधीको रोहवरमा र प्रारम्भिक समितिको हकमा क्षेत्रीय तथा जिल्ला समितिको प्रतिनिधीको रोहवरमा गरिनेछ।
५८ लेखा समितिको गठन
सवै प्रकारका समितिहरुको आर्थिक कोष तथा हिसाव दुरुष्ट एवं पारदर्शी बनाउनको लागि समितिमा नरहेको स्वतन्त्र एवं आर्थिक लगायत अन्य कुनै पनि किसिमको अभियोग नलागेको स्वस्थ व्यक्तिको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिनेछ।
५९ लेखा समितिको काम,कर्तव्य र अधिकार
क) समितिले एक आर्थिक वर्षको पहिलो महिनासम्ममा लेखा परिक्षण गर्नेछ।
ख) लेखा परिक्षण प्रतिवेदन पेश भएको मितिले १५ दिनभित्र केन्द्रीय समितिमा पेश गर्नु पर्नेछ।
ग) क्षेत्रीय तथा जिल्ला समितिको हकमा केन्द्रीय समितिद्धारा नियुक्त १ जना प्रतिनिधी र सम्बन्धित समितिले निर्णय गरी खटाएका २ जना प्रतिनिधी गरी ३ जनाबाट लेखा परिक्षण गरिनेछ।
घ) उक्त प्रतिवेदन १५ दिनभित्र सम्बन्धित समितिमा बुझाउनेछ र १ प्रति केन्द्रमा बुझाउनु पर्नेछ।
६० अनुशासन तथा मूल्या”न समिति
संस्थाको बृहत्तर हितका लागि महत्पूर्ण योगदान दिने व्यक्ति वा संस्थालाई उचित सम्मान,अभिनन्दन वा पुरस्कृत तथा कुनैपनि स्तरका समिति वा पदाधिकारी,सदस्य वा छन्त्याल वा अन्य कुनै ब्यक्तिले संस्थाको हकहित एवं उद्देश्य र विधान विपरित हुने कुनै पनि किसिमको क्रियाकलापको निष्पक्षरुपमा छानविन गरी दोषी माथि उचित कारवाही लागि सिफारिस गने अधिकार रहने गरी समितिमा नरहेका स्वतन्त्र एवं स्वस्थ व्यक्तिको संयोजकत्वमा ३ देखि ५ सदस्यीय अनुशासन तथा मुल्याङ्कन समिति गठन गरिनेछ। उक्त समितिको कार्यविधी,क्षेत्र र सुविधा केन्द्रीय समितिले तोके बमोजिम हुनेछ।
६१ संघको आर्थिक वर्ष
यस संघको आर्थिक वर्ष हरेक माघें संक्रान्ति (छार म्हेङ) माघ १ गतेदेखि शुरु
भई अर्को वर्षको पौष मसान्तसम्ममा अन्त हुनेछ।
६२ कानूनी उपचार
कुनै पनि स्तरका पदाधिकारी वा सदस्यले विधान विपरित कार्य गरेमा पिडित पक्षले समितिका पदाधिकारी वा सदस्य विरुद्ध सम्बन्धित समितिमा वा पं्रारम्भिक समिति विरुद्ध क्षेत्रीय, वा क्षेत्रीय समितिविरुद्ध जिल्ला समिति र जिल्ला समितिविरुद्ध केन्द्रीय समितिमा र केन्द्रीय समितिविरुद्ध उजुर गर्नु परेमा अर्को राष्ट्रिय महाधिवशेशनसम्म पर्खनु पर्नेछ। कूनै पनि समितिका अध्यक्ष वाहेक अन्य पदाधिकारी तथा सदस्यको हकमा सोही समितिले गरेको निर्णय अन्तिम हुनेछ। सबैस्तरका समिति तथा अध्यक्षको हकमा एक तह माथिको समितिले गरेको निर्णय अन्तिम हुनेछ। त्यसैगरी केन्द्रीय अध्यक्षको हकमा केन्द्रीय समितिले गरेको निर्णय अन्तिम हुनेछ भने केन्द्रीय समितिको हकमा विशेष राष्ट्रिय महाधिवेशन तथा नियमितरुपमा हुने राष्ट्रिय महाधिवेशनले गरेको निर्णय अन्तिम हुनेछ।
६३ तदर्थ समिति
कुनै पनि स्तरको समिति विधान अनुसार गठन नभएसम्म सम्बन्धित स्तरको तदर्थ
समिति गठन गर्न सकिनेछ। त्यसैगरि बहालवाला कुनै पनि स्तरका समिति निर्धारित समयमा निर्वाचन हुन नसकेको अवस्थामा सो निर्वाचन सम्पन्न गर्नका लािग बहालवाला अध्यक्षको संयोजकत्वमा तदर्थ समिति गठन गर्न सक्नेछ। विधान अनुसार सम्बन्धितसमिति गठन भएपछि सो तदर्थ समिति स्वतः विघटन हुनेछ
६४ पदेन सदस्यको व्यवस्था
केन्द्रीय समितिका निवर्तमान अध्यक्ष यस संघको पदेन सदस्य रहने छन्। त्यसैगरि केन्द्रीय स्तरका सबै नीति निर्देशनहरु समन्वयात्मक ढंगले तल्लोतहका संगठनहरुसम्म सरल र शिघ्ररुपमा सञ्चार एवं कार्यान्वयन गर्न सजिलो होस् भन्ने उद्देश्यले भातृ संगठनका सवै केन्द्रीय अध्यक्षहरु पदेन सदस्य रहने छन्। पदेन सदस्यहरुको काम,कर्तव्य र अधिकार धारा ३४ को उपधारा ८ मा तोके बमोजिम हुनेछ।
६५ सल्लाहकारको मनोनयन
संघलाई विविधखाले सुझाव र सल्लाह लिन सकियोस भन्ने अभिप्रायले प्रारम्भिक र क्षेत्रीय तहमा बढिमा ५, जिल्ला तहमा बढिमा ७ र केन्द्रीय तहमा बढिमा ९ जनालाई सल्लाहकारमा मनोनयन गर्न सकिनेछ। समितिले दिइएको सूचनाको आधारमा उपस्थित भई विषय र सन्दर्भ अनुसारको सुझाव र सल्लाह दिनुका
साथै आफुलाई दिइएको जिम्मेवारी पुरा गर्नु सल्लाहकारको कर्तव्य हुनेछ।
६६ विधानको संशोधन
संघको विधान संशोधन गर्न परेमा केन्द्रीय समितिको बैठकको दुई तिहाई बहुमतले पास गरि महाधिवेशनमा पेश गरिनेछ। यसरी पेश गरिएको कुनै पनि बुँदा उपर छलफल गरि महाधिवेशनले अनुमोदन गरेपछि मात्र लागू हुनेछ।
६७ विनियम बनाउने अधिकार
संघको विधानको अधिनमा रहि केन्द्रीय समितिले विनियम बनाई लागू गर्न गराउन सक्नेछ।
६८ संघको विघटन
विधान बमोजिम कार्य संचालन गर्न गराउन नसकेमा वा अन्य कुनै कारणवस् यो संघ विघटन भएमा सम्पूर्ण जायजेथा र चलअचल सम्पत्ति संघ संस्था ऐन २०३४ अनुसार हुनेछ।
६९ प्रतिक चिन्ह,छाप,झण्डा,सहयोग रसिद,सदस्यता प्रमाण पत्र र सपथ ग्रहणको नमुना
यस संघको प्रतिक चिन्ह (लोगो) अनुसुची १,छाप अनुसुची २,झण्डा अनुसुची
यस संघको प्रतिक चिन्ह (लोगो) अनुसुची १,छाप अनुसुची २,झण्डा अनुसुची ३,सहयोग रसिद अनुसुची ४,सदस्यता प्रमाण पत्र अनुसुची ५ र पद तथा गोपनियताको सपथ ग्रहण अनुसुची ६ मा उल्लेख भए बमोजिमको ढाँचा र नमुना अनुसार हुनेछ। सबै स्तरका समितिहरुले अनुसुची अनुसारको ढाँचामा उक्त विवरण प्रयोग गर्नु गराउनु अनिवार्य हुनेछ। उक्त ढाँचा अनुसार नवनेका कुनै पनि प्रकारका समितिका सिफारिस तथा कागजातहरु स्वतः अमान्य हुनेछ।
७० निष्क्रिय
यो विधानमा जेजे लेखिएको भएतापनि प्रचलित कानूनसंग बाँझिएको कुराहरु बाँझिएका हदसम्म स्वतः निष्क्रिय हुनेछ।
अनुसूची–१
(धारा ४ संग सम्बन्धित)
प्रतिक चिन्ह (लोगो)
यस संघको प्रतिक चिन्ह (लोगो) हिमाल,पहाड र तराईको स्पष्ट चित्रण हुनेगरी पहाडि क्षेत्रमा बायाँ हातले छिनो समाई दायाँ हातले घनले हानेको हुनेछ। यो चिन्हले छन्त्याल जातिको पुर्खौली तामाखानी पेशामा रहदा प्रयोग गरिएको औजारहरुलाई संकेत गर्दछ।
अनुसूची–२
(धारा ४ संग सम्बन्धित)
छाप
यस विधानको धारा ३ मा उल्लेखित सबै समितिहरुको छाप ३ सेन्टीमिटरको गोलाकार साईजमा कायम गरि प्रयोग गर्नु पर्नेछ । उक्त छापमा उल्लेख हुने अक्षरहरु देहाय बमोजिमको रहनेछ । पहिलो सर्कलभित्र माथिल्लो भागमा नेपालीमा नेपाल छन्त्याल संघ त्यसपछि सम्बन्धित समितिको नाम जस्तो प्रारम्भिक/क्षेत्रीय/जिल्ला/केन्द्रीय समिति हुनेछ। तल्लो भागमा अंगे्रजी अक्षरमा NEPAL CHHANTYAL ASSOCIATION नेपाली र अंग्रेजी दुबै अक्षरको बीच भागमा दायाँतर्फ सूर्य र बायाँतर्फ चन्द्र अंकित रहनेछ। छापको भित्री भागको बीचमा छन्त्याल जातिको पुर्खौली पेशा तामाखानी खन्ने क्रममा घनले छेनुृमाथि हिर्काएर खानी खन्न लागेको संकेत चिन्ह हुनेछ भने त्यसको तल्लो भागमा सम्बन्धित समितिहरुको स्थान र स्थापना वर्ष लेखिएको हुनेछ। जस्तो केन्द्रीय समितिको छापमा उल्लेख गरिए झै, छापको नमुना निम्नानुसार हुनेछ ।
अनुसूची – ३
(धारा ४ संग सम्बन्धित)
झण्डा
यस संघको प्रतिक चिन्ह (लोगो) सहित झण्डाको रङ्ग आकासे निलो र दुई मीटर उचाई (ठाडो तर्फ) र साधे दुई मीटर लम्बाईको (तेर्सो तर्फ) साईजमा (२ह२.५) हुनेछ ।
अनुसूची – ४
(धारा ४ संग सम्बन्धित)
सहयोग रसिदको नमुना
यस संघलाई विभिन्न व्यक्ति तथा संघ संस्थाबाट प्राप्त हुने आर्थिक सहयोग वापत यस संघले प्रदान गर्ने सहयोग रसिदको नमुना निम्नानुसार हुनेछ ।
नेपाल छन्त्याल संघ
NEPAL CHHANTYAL ASSOCIATION
...........समिति............
सहयोग रसिद
रसिद नं.. मिति.......
श्री ..............................ज्यूबाट यस संघलाई आर्थिक सहयोग वापत
रू.
(अक्षेरुपी................ ................) स–धन्यवाद प्राप्त भयो ।
बुझाउनेको सही
नेपाल छन्त्याल संघ
NEPAL CHHANTYAL ASSOCIATION
...........समिति............
सहयोग रसिद
रसिद नं..... मिति.......
रू.
श्री ..............................ज्यूबाट यस संघलाई आर्थिक सहयोग वापत (अक्षेरेपी..................... ...............) स–धन्यवाद प्राप्त भयो ।
बुझिलिनेको सही
नाम
पद
अनुसूची – ५
(धारा ४ संग सम्बन्धित)
सदस्यता पत्रको नमुना
यस संघबाट वितरण हुने साधारण सदस्य,आजीवन सदस्य तथा विशिष्ट आजीवन सदस्यता पत्र निम्नानुसारको नमुनामा रहनेछ ।
नेपाल छन्त्याल संघ
NEPAL CHHANTYAL ASSOCIATION
...........समिति............
सदस्यता पत्र
रसिद नं.. मिति.......
अञ्चल..........जिल्ला..........उ/म/न/
गाविस.......वडा नं..... टोल/ गाउँ .................का श्री.................ज्यूले रु.........(अक्षेरुपी..............) बुझाउनु भएकोले यहाँलाई यस संघको विधान अनुसार साधारण/ आजीवन/विशिष्ट आजीवन सदस्यता प्रदान गरिएकोछ ।
सदस्यता लिनेको सदस्यता दिनेको
दस्तखतः दस्तखतः
नाम
पद
नेपाल छन्त्याल संघ
नेपाल छन्त्याल संघ
NEPAL CHHANTYAL ASSOCIATION
...........समिति............
सदस्यता पत्र
रसिद नं..... मिति.......
अञ्चल..........जिल्ला..........उ/म/न/गाविस/..........वडा नं.....टोल/गाउँ........का सुश्री/श्री/श्रीमति .. ... .. ..ज्यूले रु..........(अक्षेरुपी......................) बुझाउनु भएकोले यहाँलाई यस संघको विधान अनुसार साधारण /आजीवन/विशिष्ट आजीवन सदस्यता प्रदान गरिएकोछ
सदस्यता लिनेको सदस्यता दिनेको
दस्तखतः दस्तखतः
नाम
पद
अनुसूची – ६
(धारा ४ संग सम्बन्धित)
सपथ ग्रहण
यस संघको कुनैपनि समितिको अध्यक्षले निर्वाचन आयोगका प्रमुख आयुक्त समक्ष र अन्य पदाधिकारी तथा सदस्यहरुले सोही समितिको अध्यक्षबाट तपसिल बमोजिम उल्लेखित ब्यहोरा सहित आ–आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन्।
म............................................................यस संघको लक्ष्य र उद्देश्यलाई पुरा गर्न गराउन प्रारम्भिक/क्षेत्रीय/केन्द्रीय समितिको ....................पदमा रहि विधान अनुसार यो सपथ लिन्छुकी आफ्नो कार्यभारलाई निष्ठा र इमान्दारिपूर्वक कसैको नाजायज प्रभावमा नपरि आफ्नो क्षमता र विवेकले भ्याएसम्म लगनशिल भई पदिय दायीत्वलाई अन्तिम समयसम्म पुरा गर्नेछु।
सपथ गराउनेको सपथ ग्रहण लिनेको
नाम................................... नाम....................................
पद................................... पद......................................
दस्तखत............................. दस्तखत................................
मिति
(समाप्त)