- सुरेश छन्त्याल, हाल डेनमार्क
नेपाल छँदा विदेश एउटा सपनाको फूल भयो,आज विदेश हेर्दा हेर्दै जाना जानको भूल भयो ।
हरेक रात सपनीमा काखमै बसी खेल्छ भतिज,
आमाको त्यो निर्मल माया कल्पनाको मूल भयो ।
युवा पिढी सक्षम व्यक्ति प्रदेशमा गुलामी छन्,
देशै भरि हत्यारा र लुटेराको हूल भयो ।
बेहाल छ देशको गति थलामा छिन नेपाल आमा,
कुर्सीको खेल ती नेतालाई स्वर्ग जाने पुल भयो ।
पढ्छु भनी विदेश आएँ आखिर कथा कर्णाली कै,
रंगिन सपना कलेजीमै रोपिएको शूल भयो ।
महँगो छ जीवन शैली काम छैन कलेजलाई फी,
बालाई घडी आमालाई सुन फगतै कबुल भयो ।