काठमाण्डौको बसुन्धारास्थित नयाँ मार्गी संगीत विद्यालयमा दुईमहिनादेखि संगीत सिक्दै हुनुहुन्छ मनु अचेल । "विभिन्न ठाउँहरुमा गाएर उठेको पैसाबाट सबै खर्च चलाएको छु ।" मनु भन्नु हुन्छ, "नेपाली स्टार छनौट र विभिन्न गायन प्रतियोगितामा भाग लिए पनि आधुनिक गीत गाउनुपर्ने अवस्था भएकोले प्रतिष्पर्धामा विजयी बन्न सकिनँ । ठूला ठूला कार्यक्रमहरुमा पनि गाउन मन लाग्छ ।"
“१३/१४ वर्षदेखि गीत गाउँदै आएँ, हालसम्म साना ठूला धेरै पुरस्कारहरु जितें" छन्त्याल डट कमसँग मनुले बताउँनु भयो । छन्त्याल जातिमा यसरी संगीत क्षेत्रमा पूरै लागि परेको व्यक्ति भेट्याउन गाह्रै पर्छ होला ।
बुवा लिलबहादुर छन्त्याल र आमा चिजा छन्त्यालबाट आर्थिक नभए पनि नैतिक समर्थन पाइराख्नु भएको रहेछ उहाँले । "संगीत क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर मिहेनत गर्दैछु" मनुले खुलेर हामीसंग आफ्नो चाहना बताउँनुभयो । छन्त्याल भाषा र संस्कृतिबारे गीत गाउने धोको पनि रहेछ मनुको ।