नामः अनुपममान छन्त्याल
बुवाको नामः ललितमान छन्त्याल
आमाको नामः थुमकुमारी छन्त्याल
एसएलसी प्राप्तः ८९.३८ प्रतिशत
सिम्बोल नं. : ०२९१७३२ एल
जन्म मितिः २०५३ साल बैशाख १९ गते
विद्यालयः सिद्धार्थ बनस्थली स्कूल
अनुपममानको वुवा ललितमान छन्त्याल एक व्यवसायी हुनुहुन्छ । त्यसको अलावा नेपाल छन्त्याल संघको संस्थापक सदस्य र हाल पनि सदस्यमा हुनुहुन्छ । उनका आमा नेपाल छन्त्याल महिला संघ र आदिबासी जनजाति सहकारी संस्था लि. को अध्यक्ष हुनुहुन्छ ।
अनुपममानसँगको संक्षिप्त कुराकानी
अब के पढ्ने प्लान छ?
साइन्स
भविश्यमा के बन्ने सपना छ?
डक्टर
भाइ बहिनी कति के के नाम कहाँ कहाँ कति कति मा पढदैछन?
एक जना भाई मातृगृह गोंगवुको कक्षा ३ मा पढ्दै छ ।
छन्त्याल भन्ने थाहा छ? छन्त्याल संघले के के गर्छ थाहा छ?
छन्त्याल संघ भन्ने थाहा छ । छन्त्याल संघले छन्त्यालको हितमा काम गर्छ । बढी काम भवन निर्माणमा गरेको छ र चेतनामूलक, सीपमूलक कार्य गर्दछ ।
चाड पर्व, भेषभूषा क के मन पर्छ?
चाडपर्व दशै तिहार, संक्रान्ति, भेषभूषामा टिशर्ट पाईन्ट मन पर्छ ।
अब कुन कलेज पढ्ने हो ?
सेन्टजेभियर्स कलेजमा भर्ना भएँ ।
आमा बाबा के भन्नु हुन्छ अबको पढाईबारेमा?
आफूले इच्छाएको बिषयमा राम्रोसँग अध्ययन गर्न भन्नुहुन्छ ।
आफ्नो सफलताको बिशेषता के जस्तो लाग्छ ?
पढाइमा लगाव राख्नुपर्छ, गहिरिएर अध्ययन गर्नुपर्छ ।
(२०६७ को एसएलसीमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने छन्त्याल विद्यार्थी)
छन्त्याल डट् कमकोतर्फबाट हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको कामना !