भविश्यमा कम्प्यूटर इन्जिनियर बन्ने उद्देश्य लिएका थमन अब साइन्स पढ्नेछन् । तर कहाँ कुन कलेज पढ्ने निधो नभएको बताउछन् उनी । उनका एक बहिनी छिन र सोही विद्यालयमा कक्षा ८ मा पढ्दैछिन । छन्त्याल संघ छ भन्ने थाहा छ उनलाई र संघले छन्त्यालको हितमा काम गर्छ भन्ने थाहा छ । उनलाइ आफ्नै छन्त्यालको चाडवर्प मन पर्छ ।
जिन्स पाइन्ट र टीशर्ट लगाउन मन पर्छ थमनलाई । उनका बुवा इन्डिया आर्मी हुनुहुन्छ र आमा गृहणी । इन्टरनेटमा फेसबुक चलाउन मन पर्छ र अब छन्त्याल डट कम हेर्छु उनले भने ।
एसएलसी प्राप्त : ८१.५ प्रतिशत ।
जन्म मिति : २०५१ साल साउन २२ गते ।
सिम्बोल नम्बर : ०५२५१३३'के'
विद्यालय : अमर आदर्श बोर्डिङ्ग स्कूल बागलुङ
छन्त्याल डट् कमकोतर्फबाट हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको कामना !