अब उनी साइन्स पढ्नेछन् प्रसादी अकाडेमी जावलाखेलमा । भविश्यमा इन्जिनियर बन्ने उनको सपना छ । उनी घरका सबैभन्दा सानो हुन् । छन्त्याल संघ छ भन्ने उनलाई थाहा छ, उनका बुवा छन्त्याल संघ जिल्ला समितिका सचिव पनि हुनुहुन्छ । छन्त्याल पोशाक लगाउन मन पराउछन कमल ।
कमलले लेखानी प्रा.वि. लेखानीमा कक्षा ३ कक्षासम्म पढेपछि उनका वुवाले उनलाई बागलुङको अमर आदर्श बोर्डिङ्ग स्कूलमा भर्ना गरिदिए । त्यहाँबाट उनले ६ कक्षासम्म पास गरे त्यसपछि उनी काठमाण्डौको चाहना इन्टरनेशनल अकाडेमीमा कक्षा ९ सम्म पढे । लोर्ड लाइट अकाडेमीमा १० कक्षामा भर्ना भएका थिए । 'अब छन्त्याल डट कम हेर्छु' उनले भने । उनी अनलाईन फेसबुक पनि कमै चलाउने गरेको बताए ।
उनका बुवा गाजा युवा क्लबका एकाउन्ट अफिसर र लालीगुँरास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । आमा लेखानी प्रा.वि. लेखानीका शिक्षिका हुन र उनका बाजे रिटायर्ड आर्मी हुन् ।
एसएलसी प्राप्त : ८७ प्रतिशत ।
जन्म मिति : २०५२ साल कार्तिक ३० गते ।
सिम्बोल नम्बर : ०३०७५३१'सी'
विद्यालय : लोर्ड लाइट अकाडेमी, बौद्ध, काठमाण्डौ ।
छन्त्याल डट् कमको तर्फबाट हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको कामना !