मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

'छन्त्याल र दिलबहादुरको योगदान' श्रव्यदृश्य सामग्री तयार गरिदै

विसं २०२५ सालमा उहाँले नागरिकताको प्रमाणपत्र बनाउन जाँदा तत्कालिन अञ्चलाधीश लक्ष्मण विक्रमले 'छन्त्याल भनेको के हो ? यो पानी चल्ने जात हो कि नचल्ने ?' भनेर प्रश्न गरेपछि पर्नु पीर परेछ ।

यही यस्तै ठक्करबाट केही गरेर देखाउँछु भन्ने इरादाकासाथ दु:ख, कष्ट, चुनौतिहरुसँग सामना गर्दै छन्त्याल जातिलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन अतुलनीय योगदान दिनुहुने हामी समस्त छन्त्यालहरुका ढुकढुकी हुनुहुन्छ : सर्वमान्य नेता दिलबहादुर घरब्जा छन्त्याल ।

हामीले उहाँको लगावलाई आदर गर्नुपर्छ, उहाँको योगदानको सम्मान गर्नुपर्छ । यही कुरालाई ध्यान दिंदै युके छन्त्याल संघको आर्थिक सहयोगमा छन्त्याल छलफल मञ्चले 'छन्त्याल र सर्वमान्य नेता दिलबहादुर छन्त्यालको योगदान' बारे एउटा श्रव्यदृश्य सामग्री तयार गर्दैछ ।

यसका लागि प्रारम्भिक चरणका सबै कामहरु पूरा गरिएको सामग्री तयारी समूहका सदस्य बालकुमार छन्त्यालले बताउँनुभएको छ । सामग्रीहरुको अध्ययन र सम्पादनपछि संघ र मञ्चबीच छलफल गरेपछि मात्र वितरणको प्रक्रियाबारे बताइने छन्त्यालले बताउँनुभयो ।

योजना पूरा गर्नका लागि आवश्यक सम्पूर्ण आर्थिक सहयोग संघले उपलब्ध गराउने भएपछि बालकुमार काठमाण्डौं पुगेर सर्वमान्य लगायत सम्बन्धित व्यक्तिहरुसँगको फिल्मिङ्ग कार्य पूरा गर्नुभएको थियो । युके छन्त्याल संघका अध्यक्ष तुलप्रसाद छन्त्यालका अनुसार यो जीवनवृत्त सकेसम्म छिटो तयार हुनेछ । योजना पूरा भएलगत्तै लागत हिसाबकिताब पनि सार्वजनिक गरिनेछ ।