मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

कुवेतको सडक दुर्घटना झक छन्त्यालको मृत्यु

कुबेतको सडक दुर्घटनामा एक नेपालीले ज्यान गुमाएका छन् । एजिलिटी कम्पनीमा कार्यरत झकबहादुर छन्त्याललाई बिहिबार राती ६ नम्बर रोड पार गर्ने क्रममा सुलैबियामा गाडीले ठक्कर दिएको बुझिएको छ । मध्यरातमा गाडीको ठक्करबाट छन्त्यालको घटनास्थल मै मृत्यु भएको थियो ।

बिगत १३ बर्षदेखी एजिलिटी कम्पनीमा कार्यरत बाग्लुंग जिल्ला बोंगादोभान -१ घर भई हाल पोखरा बस्दै आएका ४५ बर्षीय मृतक छन्त्यालको श्रीमती, छोरा र छोरी छन् । नेपालमा परिवारलाई पनि खबर दिइसकेको बताउदै उनको शव जतिसक्दो छिटो नेपाल पठाउन नेपाली दुताबासले पहल शुरु गरिसकेको कुरा कम्पनीका सुपरभाइजर माधव शर्माले जानकारी गराएका छन् । यद्पी शुक्रबार र शनिबार कुबेतमा सरकारी विदा परेकोले आइतबार मात्रै मृतक छन्त्यालको शव नेपाल पठाउन प्रकृया अघि बढ्नेछ । 

हँसिला, नम्र र सबै संग मिलनसार झक छन्त्याललाई नेपालीहरुले 'छन्त्याल दाई' भनि बोलाउने गर्दथे । एउटै कम्पनीमा काम गर्ने साथीको अकस्मात सडक दुर्घटनामा परि ज्यान गुमाएको खबरले एजिलिटिमा कार्यरत सहकर्मी साथीहरु यतिबेला शोकमा परेका छन् । - कुवेतन्यूज