मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छन्त्याल विद्यार्थीले छात्रवृति पाउने !


बेलायत छन्त्याल संघले यो वर्ष एकजना छन्त्याल विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने भएको छ । संघका अध्यक्ष तुलप्रसाद छन्त्यालका अनुसार, एसएलसी परीक्षा २०६७ मा प्रथम श्रेणीमा उत्तिर्ण छन्त्याल विद्यार्थीहरुमध्ये एकजना आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०६८/०६९ देखि + २ तहसम्मको छात्रवृति उपलब्ध गराउने निर्णय भएको छ ।

संघले एसएलसीमा कम्तिमा प्रथम श्रेणीमा उत्तिर्ण गरेका छन्त्याल विद्यार्थीहरुबाट पारिवारिक आर्थिक अवस्था खुलाएर छात्रवृतिको आवश्यकता रहेको व्यहोरासहित निवेदन आव्हान गरेको छ ।

छात्रवृति लिन इच्छुक छन्त्याल विद्यार्थीहरुले हस्तलिखित निवेदनको स्क्यान प्रतिलिपि ईमेल ठेगाना: ukchhantyal@hotmail.co.uk मा पठाउन सक्ने छन् । साथै संघले यस प्रक्रियाका लागि नेपालमा सम्पर्क गर्नका लागि छिट्टै सम्पर्क व्यक्ति तोकिने जानकारी दिएको छ ।

छन्त्याल डट् कमलाई अहिलेसम्म प्राप्त जानकारी अनुसार आठजना छन्त्याल विद्यार्थीले विशिष्ट (डिष्टिङ्शन) श्रेणीमा उत्तिर्ण गरेका छन् । विशिष्ट श्रेणीमा उत्तिर्ण हुनेहरुमध्ये पाँचजना छात्र र तीनजना छात्राहरु रहेका छन् ।