छन्त्याल जातिको बाहुल्यता भएको जिल्लामा यस्तो अवस्था छ भने अन्य क्षेत्रमा हाम्रो जातिले कति गणक पाएको होला ? गम्भिर भएर सोच्नुपर्छ कि, निरक्षर, पिछडिएका र दुर्गम वस्तीहरुमा गणक वा सुपर्भाइजरले के के लेख्छन् भन्ने कसैले चासो राख्दैन ।
'कोही नछुटौं, कोही नदोहोरियौं, अक्सर बसोवास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔं' भन्ने नारासहित आजदेखि ११औं राष्ट्रिय जनगणना २०६८ शुरु भएको छ । यो १३ गतेसम्म चल्नेछ । आदिवासी जनजातिहरुले जहिले पनि वास्तविक तथ्याङ्क नआएको गुनासो गर्ने गरेका छन । लोकतन्त्रको स्थापनापछि हुँदै गरेको जनगणनामा सबै क्षेत्र, भाषाभाषी र वर्गबाट जनगणना कार्यमा सहभागिता गराउनुपर्ने र सबैले चाहेजस्तो तथ्याङ्क आओस् भनेर थुप्रै समुदायहरुबाट माग गरिएको थियो ।
केन्द्रिय तथ्याङ्क विभागका अनुसार जनगणनाका लागि आठ हजार पाँच सय सुपरभाइजर र ३४ हजार गणकहरु परिचालन गरिएका छन् । देशभर ३३ लाख ६४ हजार १३९ घरधुरी रहेका छन् भने दुई करोड ८० लाख ४३ हजारभन्दा बढी जनसँख्याको तथ्याङ्क तयारी हुने बताइएको छ ।
वि सं १९६८ देखि शुरु भएको राष्ट्रिय जनगणनाको यो सयौ वर्ष हो । अघिल्लो अर्थात २०५८ सालको दशौ जनगणनामा २ करोड ३१ लाख ५१ हजार चार सय २३ मध्ये छन्त्यालहरुको सँख्या नौ हजार आठ सय १४ देखिएको थियो । विभागले यो वर्ष जातिका अलग अलग थरहरुको समेत तथ्याङ्क तयार हुने बताएको छ ।
