मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

अष्ट्रेलियामा छार म्हेङ मनाइने



छन्त्याल परिवार अष्ट्रेलियाले जनवरी १५ तारिख आइतबारका दिन छार म्हेङ (माघे सँक्रान्ति) को कार्यक्रम गर्ने भएको छ ।

हार्बेर्ट ग्रिदी हल म्यारिकभिल्ले सिड्नीमा हुने कार्यक्रममा साँस्क्रितिक प्रस्तुति, दोहोरी गीतलगायतका मनोरञ्जनात्मक प्रस्तुति रहने छन् । तरुल, सेलरोटीजस्ता नेपाली परिकारहरुको स्वादमा छार म्हेङ मनाउँदै नेपालको सम्झना गरिनेछ र विदेशमा पनि संस्क्रितिलाई निरन्तरता दिइने छ ।

कार्यक्रममा सिड्नीमा रहेका छन्त्यालहरुलगायत जनजाति महासंघ, म्याग्देली प्रवासी नेपाली संघका र पत्रकारहरुसमेतलाई निमञ्त्रणा पठाइएको छ ।

अष्ट्रेलियामा प्रकाश छन्त्यालले हामीलाई दिनु भएको जानकारी अनुसार छन्त्याल परिवार कानूनी रुपमा दर्ता भएको छ ।