मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out
Showing posts with label गतिविधि. Show all posts
Showing posts with label गतिविधि. Show all posts

रमाइलो भयो यो वर्ष बेलायतमा छार म्हेङ


बेलायत । एउटा नीलो ब्यानरमा 'छन्त्याल हुनुमा हामीलाई गौरव छ' लेखिएको छ ।  त्यसको मुन्तिर बायाँ हातमा छिनो र दायाँ हातमा हथौडी समातेको लोगो रहेको प्यारो ब्यानर छ । बायाँतिर आफ्नो जन्मभूमिको चन्द्र सूर्य अंकित झण्डा टाँगिएको छ । दायाँतिर कर्मभूमि बेलायतको राष्ट्रिय झण्डा छ ।

दुई झण्डाको बीचमा म्याग्दी, मुस्ताङ र बागलुङलगायत जिल्लाहरुका विकट छन्त्याल गाउँहरुको चमकदार फोटोहरु सजिएका छन् । यो मञ्चको अगाडि रहेका डेढ सयभन्दा बढी महिला पुरुषमध्ये अधिकांश छन्त्याल पोशाकमा सजिएका छन् ।

व्यवसायिक पाइपरको मन छुँदो धुनसँगै १२ वटा बत्तिमा छन्त्याल अगुवा तुलप्रसाद भलञ्जासहित उपाध्यक्षहरु, सचिव र महासचिवले दीप प्रज्ज्वलन गर्दै छन्त्यालका १२ थर पुर्खालाई तरुल, सेल, फलफूल र रक्सी चढाउँनुभयो । हल तालीको गड्गडाहटले गुञ्जियो, रमाइलो वातावरण बढ्यो । यो वातावरण युकेमा छार म्हेङ मनाउँदा देखिएको हो ।

बेलायतमा रहेका छन्त्यालहरुले अंग्रेजी महिनाको नयाँ वर्ष (जनवरी १) मा छार म्हेङ मनाउन भेला भएका छन् । रेडिङ शहर, स्कूल रोडको हर्स्ट भिलेज हलमा कप्रसाद झिङराजाले पारदर्शी हिसाबकिताब प्रस्तुत गर्नुभयो । महासचिव वीर घरब्जा र सल्लाहकार झक घरब्जाले कार्यक्रम सञ्चालनमा सबैको ध्यान तानी रहनु भयो ।

याम घरब्जा र ईन्द्र घरब्जाका छोरी यमुना घरब्जालाई मानव स्रोत व्यवस्थापन संकायमा बेलायतबाट स्नातकोत्तर उपाधि लिनुभएकोमा संघले कदर पत्रसहित बधाइ ज्ञापन गर्‍यो । झक घरब्जा र भीमकुमारी घरब्जाका छोरी जीसीएससीमा ५ स्टार प्राप्त गर्न सफल एञ्जना घरब्जालाई पनि प्रमाण पत्रस

हित उज्ज्वल भविष्यको कामना गरियो । छन्त्यालहरुकै इज्जत बढाउन सफल किशोरीहरु सम्मानित हुँदा सबैको थपडीको आवाज बढेर आयो ।

सधै कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्दै आउनुभएका  साँस्कृतिक  सचिव नरसिंह घरब्जाले यसपटक मीठा मीठा चुट्किलाहरु पनि पस्कनु भयो । छन्त्याल बालबालिकाको सालैजोलगायतका नृत्यहरुले गाउँघरको याद दिलाए । गाउँघरको जस्तै परिकारको खानपिनपछि नाचुँ नाचुँ लाग्ने नेपाली गीतहरुमा लजाउने छन्त्याल छन्त्याल्नीहरु पनि नाचे ।

'छन्त्याल र सर्वमान्य नेता दिलबहादुर' वृतचित्र प्रदर्शन गरियो । एक घरलाई एक वृतचित्रको सीडी वितरण गरियो । सरिता घरब्जा, हरि घरब्जा र यमूना घरब्जाले बाल खेलकूद सञ्चालन गराए । यमूनाको नेतृत्वमा बच्चाबच्चीहरुले कत्ति राम्ररी सरसफाइ गरे ! प्रगति गर्ने, पदोन्नति हुने र संघमा नव आगन्तुकहरुलाई खादा ओढाएर सम्मान गरियो । यातायात, खानपीन र व्यवस्थापन गर्ने आयोजक एवम् संघका पदाधिकारीहरुलाई हार्दिक धन्यवाद ! ओहो, दोहोरी गाएर रमाइलो गराउने वीणा र धन घरब्जालाई पनि धन्यवाद !

साच्चिकै गज्जब रमाइलो भयो यो वर्षको छार म्हेङ । क्रिस्मस र अंग्रेजी नयाँ वर्ष नै बिर्सियौ हामीले । हुन त हाम्रो मुख्य चाड भएर होला । पूर्ण विश्वास छ, अर्को वर्ष अझ रमाइलो हुनेछ, हामी सबैको भेट हुनेछ ।
Read more >>

सर्वमान्य नेता दिलबहादुर घरब्जालाई आर्थिक सहयोग

२६, कार्त्तिक २०६८ / काठमाण्डौ
छन्त्याल सर्वमान्य नेता दिलबहादुर मुटुको ढड्कन नमिलेको रोगको समस्या त हुनुहुन्थ्यो त्यसमा पनि ३ बर्षदेखि पिसाव बन्दहुने समस्यालाई झेलिरहनुभएको छ । मुटुकै समस्याको कारण पिसाव बन्दहुने रोगको अप्रेसन गर्न मिलेको छैन । औषधिकै भरमा रहनुपरेको र दुखाई बढी हुनासाथ टिचिङ्ग हष्पिटल र गंगलाल हृदय केन्द्रमा पुग्नु पर्ने बताउनुहुन्छ दिलबहादुर ।

यस्तै अवस्थामा उहाँको उच्च सम्मान र आर्थिक सहयोग पु¥याउने हेतुले छन्त्याल परिवार अष्ट्रेलियाका संयोजक बुद्धि घरब्जा छन्त्यालको अगुवाईमा नेपाल आएका ३ जना प्रतिनिधिले नेपाल छन्त्याल संघ केन्द्रीय समितिको सहकार्यमा छन्त्याल सर्वमान्य नेता दिलबहादुर घरब्जा छन्त्याललाई स्वास्थ्य उपचारको लागि रु.५०,०००।– (अक्षरेपी पचास हजार रुपैया मात्र) मिति २०६८ कार्तिक १७ गते बिहिबार दिन वहाँकै निवासमा हस्तान्त्रण गरेको छ ।

यो आर्थिक सहयोग प्राप्त भएपछि उहाँले छन्त्याल डट कमसँग भन्नुभयो–“तपाईको बिषयमा कम्प्यूटरमा हेरेको त विरामी अवस्थामा हुनुहुने रहेछ भन्ने बुझियो र औषधी उपचारमा केही सहयोग गरौ भनेर सबै साथीहरुसँग उठाएर ल्याएको हो भने बुद्धिले, सायद त्यही मेरो भिडियो प्रभाव पारेछ त्यहाँ र मैले पनि धन्यवाद भनें ।”

वहाँको अनुहारले यो प्रष्ट हुन्छ की अष्ट्रेलिया छन्त्याल परिवारले गरेको यो सहयोगबाट वहाँ अत्यन्त खुशी हुनुहुन्छ । यस्तै आर्थिक लगायत कुनै न कुनै क्षेत्रमा वहाप्रति सहयोगी हातहरुको हातेमालोले अवश्य पनि सर्वमान्य नेताको उच्च सम्मान गर्न सकिने छ ।
Read more >>

छार म्हेङ तारा थकाली समाजले जित्यो बुटवलमा

चन्द्रकान्त खनाल, रुपन्देही, २ माघ । छन्याल जातिको महान पर्व माघे सक्रान्तिको अवसरमा नेपाल छन्त्याल संघ रुपन्देहीको आयोजनामा बुटवल १४ ढवाहमा संचालित तारा हान्ने खेलको उपाधि थकाली सेवा समाज बुटवलले हात पारेको छ ।

८८ अंकका साथमा समाजले १० हजार नगद पुरस्कार सहित उपाधि  हात पारेको हो । प्रतियोगितामा छन्त्याल संघ ढवाह बुटवल - १४ ले ७६ अंकका साथमा दृतिय भएको छ । यस्तै मनकामना युवा क्लव बुटवल - १४ ले तृतिय स्थान हासिल गरेको छ । प्रतियोगितामा दोस्रोले ६ हजार, तेस्रोले ४ हजार पुरस्कार प्राप्त गरेका छन् ।

विजयी समुहलाई जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै  कुर्सी खेल प्रतियोगितामा यम माया छन्त्याल, द्धितिय किरण छन्त्याल भएका छन् ।

छन्त्याल संघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालको अध्यक्षता, सचिव भरत छन्त्यालको संचालनमा भएको समापन कार्यक्रममा थकाली सेवा समाज बुटवल क्षेत्रका शिवप्रसाद शेरचन, जनमुक्ति पार्टीका झमबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।
Read more >>

काठमाण्डौमा हर्सोल्लासकासाथ छारम्हेङ मनाइयो

काठमाण्डौ, १ माघ । आज छन्त्याल जातिको महान तथा राष्ट्रिय पर्व छारम्हेङ विशेष कार्यक्रमसहित मनाइयो । नेपाल छन्त्याल संघ केन्द्रीय समितिको प्राङ्गणमा औपचारिक कार्यक्रमको साथमा विविध साँस्कृतिक कार्यक्रम गरी छन्त्यालहरुले भव्य रुपमा छरम्हेङ मनाएका हुन् । गाउँहरुमा छारम्हेङलाई जसरी मनाएता पनि नेपाल छन्त्याल संघले काठमाण्डौमा पुस २६ गतेदेखि विविध खेलकुद कार्यक्रमको आयोजना गरी छारम्हेङ मनाएको छ ।

विविध खेलकुदमा तारा खेलतर्फ खुंखानी प्रथम, लाम्मेलाखानी द्वीतीय र बोंगाखानी तृतीय भएका छन् । भलिवलतर्फ बोंगाखानी प्रथम, खुंखानी  द्वीतीय र छापखानी  तृतीय भएका छन् । व्याडमिन्टनतर्फ प्रथम घोसाखानी र द्वीतीय मिलीजुली भएका छन् । छेलोमा प्रथम शिव तथब्जा भएका छन् भने द्वीतीय रेशम झिंराजा भएका छन् । घैटोफोर खेलमा प्रथम दिपक तथब्जा भएका छन् भने द्वितीयमा चित्रबहादुर घरब्जा भएका छन् ।

छारम्हेङकै अवसरमा कुस्बीर मोतिसरा स्मृति पुरस्कार निजी विद्यालयतर्फ छात्रमा अनुपम घरब्जा छन्त्याल (काठमाण्डौ), छात्रामा जोनी घरब्जा छन्त्याल (म्याग्दी) र आचल तथब्जा छन्त्याल (काठमाण्डौ) लाई प्रदान गरिएको थियो । सरकारी विद्यालयतर्फ छात्रमा लालचन घरब्जा छन्त्याल (बागलुङ) र छात्रामा अमृता घरब्जा छन्त्याल (बागलुङ) लाई प्रदान गरिएको थियो । यसैगरी ग्लोबल छन्त्याल विद्यार्थी पुरस्कार क्रमशः छात्रमा अनुपम घरब्जा छन्त्याल (काठमाण्डौ), छात्रामा जोनी घरब्जा छन्त्याल (म्याग्दी) र आचल तथब्जा छन्त्याल (काठमाण्डौ) लाई प्रदान गरिएको थियो । पुरस्कार सर्वमान्य दिलबहादुर घरब्जा, अध्यक्ष ईन्द्रजीत भलञ्जा, मीना घरब्जा, खिमेश घरब्जा, लक्ष्मी घरब्जा र रत्न घरब्जाले गर्नुभएको थियो ।

सरकारले माघ १ गतेको छारम्हेङ पर्व छन्त्याल जातिको राष्ट्रिय पर्वको रुपमा घोषणा समेत गरिसकेको छ । छन्त्याल जातिले पुर्खौदेखि माघ १ लाई छारम्हेङ (नयाँवर्ष) मनाउदै आईरहेको भएता पनि नेपाल सरकारबाट गत पौष २८ गते मात्र छन्त्याल जातिको राष्ट्रिय पर्व घोषणा भएको छ । यो खुशीयालीमा सम्पूर्ण छन्त्यालहरु खुशी र शुभकामना आदान प्रदान गरेका छन् ।

छारम्हेङ अर्थात माघेसंक्रान्तिको दिन विहान सवेरै उठेर मकरात नुहाउने गरिन्छ । आजको दिन नुहाँउदा शारीरिक रोग निको हुने जनविश्वास छ । आजको दिन विभिन्न मीठा मीठा परिकारहरु बनाई खाने, चेलीबेटीलाई तिलाअक्षेता (दान) दिने गरिन्छ । विशेष त आजको दिन तारा हान्ने चलन छ । ताराखेल (वाण हान्ने खेल) आज देखि शुरु भई जेठ महिनामा टुङ्गिन्छ । आज दिनभर तारा खेल खेली रमाईलो गरिन्छ । बर्षभरीको खेतीपातीको काम गरी आजको दिनबाट खेतीपातीको काम पनि कम हुन्छ । त्यसैले जेठ महिनासम्म अर्थात हिउदभरी घरायसी कामको साथमा मनोरञ्जन समेत गरिन्छ ।

नेपाल छन्त्याल संघ केन्द्रीय समितिको आयोजनामा संघका अध्यक्ष ईन्द्रजीत भलञ्जा छन्त्यालको सभापतित्वमा, छन्त्याल सर्वमान्य नेता दिलबहादुर घरब्जा छन्त्यालको प्रमुख अतिथिमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ । औपचारिक कार्यक्रममा कृष्ण पुराने छन्त्यालले छन्त्याल भाषामा स्वागत भाषण गर्नुभएको थियो भने शुभकामना मन्तव्य तथा नेपाल सरकारबाट राष्ट्रिय पर्वको घोषणासम्बन्धी जानकारी संघका केन्द्रीय सदस्य दीपबहादुर भलञ्जाले गराउनुभएको थियो । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा बत्ती बाली गरियो र तरुल वितरण गरी संस्कृति तथा संस्कारको सम्झना गरियो । प्रमुख अतिथी सर्वमान्य दिलबहादुर घरब्जाले आज बढी खुशी भएको कुरा बताउनु भयो । अझै पनि युवा पुस्ता जागरुक बनी संस्कार संकृति संरक्षणमा लाग्नु पर्ने बताउनुभयो । पहिलो चरणको कार्यक्रम सभापतिबाट समापन गरी दोश्रो चरणको कार्यक्रममा पुरस्कार तथा साँस्कृतिक कार्यक्रम नेपाल छन्त्याल विद्यार्थी संघले गरेको थियो ।
Read more >>

बेलायतमा छन्त्यालहरुको समर भेटघाट सम्पन्न


Read more >>

बेलायत छन्त्याल संघ छात्रवृति जोनीलाई

Read more >>

'जातीय पहिचानको लागि हामी सबै जुट्नुपर्छ'

Read more >>

म्याग्दीमा सम्पन्न राष्ट्रिय स्तरको आर्चरीमा छन्त्याल संघ बिजयी


Read more >>

राष्ट्रिय जनगणनाको प्रश्न ५०, जनजातिको चासो ५


Read more >>

बुटवलमा छन्त्यालहरु पाँच दिनसम्म छारम्हेङ मनाउदै


Read more >>

काठमाण्डौमा छारम्हेङ पर्व मेला आजदेखि शुरु



Read more >>

कास्कीका छन्त्यालहरुले छारम्हेङ भव्यताका साथ मनाउदै


Read more >>

अष्ट्रेलियामा छार म्हेङ मनाइने



Read more >>

म्याग्दी जिल्लामा एकजना मात्र छन्त्याल सुपरभाइजर

Read more >>

बेलायत छन्त्याल संघद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग


Read more >>

पोर्तुगलमा छन्त्याल संघ गठन


Read more >>

जातिय उत्थानका लागि युवाश्रोतलाई परिचालन गर्नुपर्ने


Read more >>