मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छार-म्हेङसम्बन्धी केही जानकारी


- योगेन्द्रमिलन छन्त्याल 
जुन ४, २०११/ कला संस्कृति र चाड पर्वको विविधताले सम्पन्न जनजातिहरुमध्ये छन्त्याल पनि एक हो ।

- छन्त्यालहरुले परम्परागत रुपमा छार-म्हेङ मनाउँदै आएको पाइन्छ ।

- परापूर्वदेखि मनाउँदै आए पनि यो चाडभन्दा छन्त्यालहरु हिन्दुहरुझैँ  दशैं तिहारलाई त्यत्तिकै महत्व दिएर धुमधामका साथ मनाउदै आएका छन् ।

- पछिल्ला वर्षहरुमा जातीय धर्म, संस्कृति र पहिचानको खोजी गर्दा  छार-म्हेङ नै प्रमुख पर्व भएको ठहर गरेको पाइएको छ । नेपाल छन्त्याल संघले विगत केही वर्ष यता केन्द्रिय कार्यालय प्राङ्गणमा छार-म्हेङको अवसरमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

- यो चाडमा छन्त्यालहरु तरुल, सख्खरखण्ड, फलफुल, रोटीलगायतका परिकारहरु बनाएर खाने गर्दछन । अझैसम्म केही मद्यपान गर्ने चलन यथावत छ ।

- छन्त्याल वस्तीहरुमा छार-म्हेङ वा माघ एक गतेको दिन बिहान सबेरै उठेर मकर स्नान गरि चेलिबेटीहरुको घर-घरमा पुगेर दान (तिला) दिने चलन रहेको छ ।

- युवाहरुले गाँउगाँउमा भलिवल, फुटबल, दोहोरीगित, लोकगित, साँस्कृतिक प्रस्तुति, खाना महोत्सवजस्ता  विविध प्रतियोगिता र कार्यक्रमहरु समावेश गरेर छार-म्हेङ (माघे संक्रान्ति) मेलाको आयोजना गर्ने गर्दछन ।

- सरकारले २०६५ सालमा आधिकारिकरुपमा माघे संक्रान्तिलाई सम्पूर्ण नेपालीको राष्ट्रिय पर्वको रुपमा घोषणा गरेपछि विगतदेखि यो पर्व मनाउदै आएका जनजातिहरु खुशी हुनु स्वभाविक हो ।

- छार-म्हेङ  देखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यसलाई सूर्य दक्षिणायणबाट उत्तरायण हुने दिन मानिन्छ। यस दिनदेखि जाडो हट्दै जाने वा घमाउदै जाने विश्वास गरिन्छ ।

- हिन्दू धार्मिक विश्वासका आधारमा उक्त दिन मकर नुहाई सात थरिका अनाज मिसाइ  बिहानै शुद्ध जलले शरीर स्वच्छ बनाइ शिवालयमा सत्बीज छरी पितृका नाममा अर्पण गर्नाले पितृले मोक्ष पाउने विश्वास गरिन्छ ।

- स्वदेशमा मात्र नभइ विदेशमा पनि यो छार-म्हेङ (माघे संक्रान्ति) पर्व खुव उत्साहका साथ मनाउने गरिन्छ।

-  देशभित्र या बाहिर जताततै निकै हर्सोल्लासका साथ मनाईने माघे संक्रान्तिको आफ्नै छुट्टै समाजिक तथा धार्मिक महत्व रहेको हुँदा यसको स्थानिय र राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापनको जरुरी रहेको छ ।
(केही छन्त्याल वस्तीहरुमा छार-म्हेङका दिन दिदीबहिनीहरुलाई दिइने दानलाई तिला भन्ने गरिन्छ ।)