मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

मल्कबाङ गाउँको परिचय :


- हिम छन्त्याल
सुन्दर नेपालमा हजारौ प्राकृतिक सम्पदाहरु रहेका छन । त्यसैको उपज हो स्वर्गरुपी नेपालमा नेपाली गाउँघर अनि शहरबजार, भौगोलिक दृष्टिमा हिमाल, तराई र पहाड l यहाँ अनेकन संकृतिहरु पनि रहेका छन । यी संस्कृतिलाई जगेर्ना गर्ने सयौ जातिमध्ये हामी छन्त्याल पनि एक हौ । 

वास्तवमा नेपालका विभिन्न जात-जातिको पहिचानले नेपाली संस्कृतिलाई विश्व बजारमा "सांस्कृतिक रुपमा धनि हामी नेपाली" भन्दा फरक नपर्ला । नेपालभित्रको भौगोलिक प्रारूप ३ भागमा रहेता पनि तीनै भागको महत्त्व बराबर रहेको छ । यी ३ भागमध्ये पहाडी भागको धौलागिरी अंचल अन्तर्गत पर्ने म्याग्दी जिल्लाको मल्कबाङ गा.वि.स. मा पर्ने मल्कबाङ पनि एउटा गाउँ हो ।

यो गा.बि.स सदरमुकाम देखि ४४ कि.मि.को दूरिमा रहेको छ । यो गा. बि.स. मा जानको लागि विश्व प्रसिद्द तातोपानी कुण्डदेखि जिल्लाकै दोस्रो ब्यापारिक केन्द्र दरबाङ बजार हुदै जानुपर्छ । यहाँ बाक्लो मात्रामा छन्त्यालहरुको बसोवास रहेको छ भने अन्य जातिहरु नगन्य मात्रामा छन । अन्य जातिहरुमा मगर, कामी, दमाई र थकाली रहेका छन l

यी दुर्गम गाउँमा बसोवास गर्ने छन्त्यालहरुको आफ्नै रीति-रिवाज र चाल-चलनहरु छन् । यी जातिहरु अझै पनि आफ्नो भाषा अनि संस्कृतिको पहिचान बोकेर विकासोन्मुख बाटोहरुमा संघर्ष गरिरहेका छन् । यो गाउँमा छन्त्याल जातिको बाहुल्यता भएको कारणले होला, अन्य जातिहरुले पनि छन्त्यालको रीति-रिवाज, भाषा अनि संस्कृतिलाई नै पछ्याई रहेको पाईन्छ ।

पर्यटकीय दृष्टिकोणले ठूलो प्रभाव पार्नसक्ने यो गा.वि.स. लाई विश्वको अग्लो चूचुरोहरु मध्ये पर्ने धौलागिरी हिमालले ठूलो गुण लगाएको छ । यो गा.वि.स. देखि धौलागिरी हिमाल जानको लागि मात्र एक दिन लाग्छ l म्याग्दीको पर्यटके क्षेत्रमा गनिने मालिका धूरी (जुन बिम. गा.वि.स. मा पर्छ) मा जानको लागि मात्र पैदल २ घण्टा समय लाग्दछ ।

मालिकाबाट पोखरा, बाग्लुंग र बेनीबजारजस्ता ब्यापारिक केन्द्रहरु देखिन्छ भने धौलागिरी, अन्नपूर्ण र माछापुछ्रेजस्ता हिमशिखरहरु पनि हेर्न सकिन्छ । सायद नेपाल कृषि प्रधान देश भएर नै होला, यो गा.वि.स. पनि खेतीपातीको पेशादेखि अछुत रहन सकेको छैन । यहाँको मुख्य खेती भनेको कोदो, मकै, जौ, गहु, धान, आलु आदि हुन् ।

अन्य गा.बि.स.हरु जस्तै यो गा.वि.स.पनि बजारिया सामानदेखि टाढा रहन सकेको छैन । त्यसैले यहाँका मान्छेहरु पनि बजारमा झरेर खाद्यान्न खरिद गर्दछन । यो गा.वि.स. को हरियो डाँडा-काडा र भौगोलिक बनावटलाई विकास गर्न यदि सरकारले केही सहयोग गरिदिएमा बैदेशिक पर्यटकहरु भित्र्याउनमा सहयोग पुग्ने थियो कि ? साथै त्यहा रहेका अन्य पिल्सिएर रहेका जातजातिहरुको आर्थिक स्थिति माथि उकास्नको लागि पनि केही हदसम्म सहयोग पुग्ने थियो कि हैन र ?

मल्कबाङ-१,
हाल मलेशिया