मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

ब्लड क्यान्सर बिमारीलाई सहयोग गर्न अनुरोध



लाम्मेला, तमान -७, बागलुङ  (हाल काठमाडौं) निवासी वर्ष ४० का नरेन्द्र घरब्जा बिगत ६ महिनादेखि ब्लड क्यान्सरको बिमारी हुनुहुन्छ ।

उपचार खर्च महिनामा लगभग १ लाख लाग्ने हुनाले उहाँको आर्थिक अवस्थाले महँगो उपचारमा निरन्तरता दिन नसक्ने अवस्था आएको छ । २ वर्षसम्म लगातार उपचार गर्नुपर्ने र यसका लागि लगभग २६ लाख खर्च लाग्ने डाक्टरहरुको सुझाव छ ।

आ-आफ्नो इच्छाले उहाँलाई सकेको रकम सहयोग गरिदिनुहुन समस्त बेलायतवासी छन्त्यालहरुलाई बेलायत छन्त्याल संघ अनुरोध गर्दछ । सहयोग गर्नका लागि अध्यक्ष तुलप्रसाद भलन्जा र सचिव मुकेन्द्र घरब्जालाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।