मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out
Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

सहयोग गर्नेहरुलाई बेलायत छन्त्याल संघको धन्यवाद

बेलायत छन्त्याल संघले एस.एल.सी मा उच्च नतिजा लिएर उत्तिर्ण भएका छन्त्याल विद्यार्थीहरु मध्य एकजना जेहेन्दार,मेहेनेती,आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई यस बर्ष देखी +२ सम्मको छात्रवृति दिने निर्णय गरेको कुरा त यहाँहरु सबैलाई अवगत नै छ। यसै सिलसिलामा बेलायत छन्त्याल संघले मिडिया सचिव बाल कुमार तथप्जाको अध्यक्षतामा उक्त विद्यार्थी छनोट गर्नका निम्ती एउटा कमिटी चुनेको थियो।

विद्यार्थी छनोट गर्ने प्रकिर्यामा हाम्रो कमिटीले बिभिन्न वेब साईटहरु (बेलायत छन्त्याल संघको वेब साईट, छन्त्याल डट् कम ) लगाएत फेसबूकमा सूचना जारी गरेको थियो । नेपालमा नेपाल छन्त्याल संघका अध्यक्ष श्री ईन्द्रजीत भलन्जा ज्यु‘लाई टेलिफोन द्वारा जानकारी गराइएको थियो र नेपालमा सबैलाई जानकारी गराइदिन अनुरोध पनि गरिएको थियो।

नेपाल छन्त्याल संघका सह-कोषाध्यक्ष बलमान छन्त्याल ज्युले नेपालमा बिभिन्न जिल्लाका छन्त्याल संघहरु र विद्यार्थीहरुलाई टेलिफोन,ईमेल गरेर यस छात्रवृति सम्बन्धी सूचना पुर्याउन सहयोग गर्नु भएको थियो। हाम्रो कमिटीले इच्छूक विद्यार्थीहरुले ईमेल द्वारा नै निवेदन पठाउन सक्ने ब्यवस्था गरेको थियो र निवेदकहरुलाई लिखित अन्तर्वाता लिइएको थियो।

विद्यार्थीहरु बारे थप जानकारी संकलन गर्न छन्त्याल डट कम साथै नेपालबाट बलमान छन्त्याल ज्यु‘ले अत्यन्तै सहयोग गर्नु भएको थियो। निवेदन बुझाउनु पर्ने अन्तिम मिति सम्ममा हामीलाई जम्मा ५ जना विद्यार्थीहरुको निवेदन प्राप्त भएको थियो। सबैको निवेदन प्राप्त भइसके पछी हाम्रो कमिटीको अन्तिम बैठक बसेर उक्त बैठकमा नै छात्रवृति पाउने विद्यार्थी छनोट गरिएको थियो ।

एउटा तीक्ष्ण बुद्धि भएको मेहेनेती, जेहेन्दार र आर्थिक अवस्था कमजोर विद्यार्थी छनोट गर्ने क्रममा हाम्रो कमिटीले उक्त विद्यार्थीलाई निर्बिरोध रुपमा छनोट गरेको छ। अन्तमा यस बेलायत छन्त्याल संघको यो एउटा पवित्र र पुन्य काममा काँधमा काँध साथै हातमा हात मिलाएर सहयोग समर्थन गर्नु हुने सम्पूर्ण बेलायतवासी छन्त्यालहरु लगाएत देश बिदेशबाट सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हाम्रो कमिटीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

धन्यवाद
Read more >>

एसएलसीमा छ्न्त्याल विद्यार्थीहरु

Read more >>

छन्त्यालहरुका कवि नविन छन्त्याल

भरत तथब्जा, माघ १६,२०६८। भनिन्छ, साहित्यमा रमाउने व्यक्तिहरु बाहुबलमा भन्दा कलमको बलमा विश्वास गर्छन । यो कुरा कवि नविन छन्त्यालमा पनि लागु हुन्छ । सानोमा अति नै रिसाउने र एकान्तप्रेमी बानी भएका नविन छन्त्याल जबदेखि साहित्यप्रति लगाव राख्न थाले तबदेखि उनमा परिवर्तन आयो । साहित्यप्रति मोह बढ्न थालेपछि शालिन र भद्र बनेका कवि छन्त्याल, छन्त्याल युवाहरुले त्यति प्राथमिकतामा नराखेको विधा साहित्यका एक उदाउँदा तारा हुन् ।

बागलुङ्ग जिल्ला बोंगादोभान गाविसको छन्त्याल बस्ती कटेरीमा बिक्रम संवत् २०३८ सालमा जन्मिएका छन्त्यालले श्री जन जागृति माविबाट माध्यमिक शिक्षासम्मको अध्ययन गरेका छन् । आदिकवि भानुभक्तलाई आफ्नो आदर्श मान्ने छन्त्यालले १८ वर्षको उमेरबाट साहित्यप्रति लगाव राख्न थालेका हुन् । साहित्ययात्राको सुरुवातमा खोज र मनोवाद लेख्ने छन्त्यालले पछि भने कवितालाई प्राथमिकतामा राखे । एउटा कविता संग्रह क्षितिज पारिको चन्द्रमा प्रकाशनमा ल्याएका कवि छन्त्यालका अनुसार कविता पढ्न र अध्ययन गर्न सजिलो प्रकृतिको विधा हो । कवि छन्त्यालले रेडियो नेपालको त्रिवेणि कार्यक्रम सुन्दासुन्दै साहित्य प्रति रुचि जागेको बताउछन् । 

साहित्य यात्राको सुरुवातिमा भावना र मनोवाद त्यसपछि कविता र पछिल्लो पटक गजल, मुक्तक र यात्रा संस्मरणमा पनि कलम चलाईरहेको छन्त्यालले बताए ।  किसान परिवारमा जन्मिएको कारणले अन्य किसानका छोराछोरी जस्तै कवि छन्त्यालपनि विदेश टेकेका छन् । एकचोटि मलेसिया गएर आएपछि आफ्नो कवितासङ्ग्रह निकालेका छन्त्याल यसपटक भने साउदिको अल्मराई गईसकेका छन् ।

छन्त्यालका प्रवाशमा रहँदा त्यहाका साहित्यिक पत्रपत्रिकाहरुमा आफ्नो सृजनाहरु प्रकाशन भईरहन्थे । सोहि क्रममा उनका विभिन्न साहित्यिक पत्रपत्रिकामा लगभग ५०० वटा कविताहरु प्रकाशित भएका छन् । उनको विचारमा साहित्य एक त्यस्तो कला हो, जसलाई प्रत्यक्ष जिवनसँग गाँसेर हेर्न सकिन्छ । छन्त्यालले गरिबिलाई कारण देखाएर आफ्नो कला बेच्न नहुने विचार राख्छन् । 

उनको प्रथम कृति क्षितिजपारिको चन्द्रमाले लगानि उठाउन भने सकेन । लगानि डुब्नुमा पनि उनले वितरक र पब्किेशनको दोष रहेको बताउछन् । उनले वितरक र पब्लिकेशनसँग बजार व्यवस्थापन र प्रकाशनको सम्झौता गरेकोमा पब्लिकेशन र वितरकले बजार व्यवस्थापन फितलो गर्दिएकोले आफ्नो पहिलो कृतिबाट नै घाटा बेहोर्नुपरेको बताए । छन्त्याल संघको पोखरामा भएको महाधिवेशनमा १०० प्रति बेचेको भएपनि बाँकि ९०० प्रति वितरकको कारणले बजारमा जान नसकेको उनले बताए । 

उनले कृति प्रकाशन सम्बन्धि नबुझेकोले आफुले कृति प्रकाशन गर्दा सास्ति पाएको बताए । उनले नयाँ आउने सर्जकहरुलाई पहिले प्रकाशन सम्बन्धि धेरथोर बुझेरमात्र प्रकाशन गर्न सुझाव दिन्छन् । प्रकाशन सम्बन्धि नबुझेर प्रकाशन गरेमा प्रकाशक र वितरकले ठग्नसक्ने सम्भावना बढि रहने उनले बताए । नयाँ आउने सर्जकहरुलाई उनको अर्को पनि सुझाव छ कृति प्रकाशन गरेपछि फाईदाको आस नगर्नु । 

साहित्यमा लागेर बाँच्न नसक्ने भएकोले नै आफु विदेशिनुपरेको उनले स्पष्ट पारे । नेपालमा रोजगार नभएकोले र साहित्यमा लागेर हातमुख जोड्न गाह्रो पर्ने भएकोले आफु विदेशिनुपरेको कुरा बताउछन् । आफु विदेशबाट फर्केपछि अर्को कृति प्रकाशन गर्ने उनले बताए । अर्को कृतिमा सकेसम्म गजल विधालाई पनि समेट्ने उनले बताए ।

नेपाली साहित्यमा बढ्दो सर्जक र घट्दो पाठक रहेको कुरालाई कवि छन्त्यालले पनि स्विकार्छन । पाठक घट्दै जानुमा पनि सर्जकहरुकै गल्ति भएको उनले बताए । उनका अनुसार पुराना लेखकहरु पत्रपत्रिकाको स्तम्भमा सिमित हुनु र पछिल्लो पुस्ताका लेखकहरुमा गुणस्तरियताको कमि हुनुले पाठक घटेको उनको दाबी छ । कवि छन्त्यालका अनुसार उनि आफै पनि उत्कृष्ट लेखक होईनन् । 

उनलाई आफ्नै लेख पनि नराम्रो लाग्दोरहेछ । अहिलेको नेपाली साहित्य आकाशमा वियोगी काईला, मञ्जुल, खगेन्द्र सँग्रौला हस्ति भएको उनले बताए । साहित्यकार मोदनाथ प्रश्रितको नयाँ आउनेलाई सघाउने बानि पनि उनलाई मन प¥यो । उनले आम सञ्चारमाध्यमले अग्रजलाई मात्र हेरेको भने कत्ति पनि मन परेको छैन । उनलाई सञ्चारमाध्यमले साहित्यकारहरुलाई स्तम्भ लेख्न लगाएर सर्जकहरुलाई आम्दानीको स्रोत बढाईदिएकोमा सम्पुर्ण सञ्चारमाध्यमप्रति आभार रहेको पनि बताउछन् । आफुलाई पनि स्तम्भ लेख्न मन लागेको तर प्रवाशमा त्यो सम्भव नभएको र नेपालमा रहँदा ग्रामिण भेकमा सम्भव नभएकोले लेख्न नभ्याएको उनको गुनासो छ ।

नेपाल छन्त्याल संघ केन्द्रिय समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालका अनुसार नविन कृती प्रकाशनका आधारमा छन्त्याल जातिका दोश्रो कवि हुन् । छन्त्यालहरुका कवि नविन छन्त्यालको दुखद क्षणहरुपनि धेरै छन् । उनको जिवनको दुखद क्षण सम्झँदा आफुलाई जन्म दिने बुवालाई गरिबिको कारणले राम्रो उपचार गर्न नसकेर गुमाउँदा उनि अत्यन्त दुखि भएका थिए । अर्को दुख भनेको प्रवास मलेसियामा हुँदा एकजना साथिले जाँड खाएर झगडा गर्दा कम्पनिको ४५ जना नेपाली कामदारहरुसँग आफुपनि जेल जानुपर्दाको क्षण थियो । जेलमा उनले ५ दिनसम्म शारिरीक र मानसिक यातना भोग्नुपरेको थियो । जेल जिवनको त्यो ५ दिन सम्झँदा आज पनि ज्यानमा काँडा उम्रन्छन् । 

जेलमा रहँदा आफुलाई विदेशिनु नै सबैभन्दा ठुलो गल्ति गरेजस्तो लागेपनि अहिले आएर गरिबिको कारणले फेरि विदेशिनुपरेको उनि बताउँछन् । दुखद क्षणहरु सम्झिरहँदा प्रवाशमा रहँदा आफुले लेखेको ६० वटा उत्कृष्ट लेखहरु चोरि भएको क्षण पनि आफ्नो जिवनको दुखद क्षण भएको बताउन भुलेनन् । कसले चोरी ग¥यो भन्ने कुरा उनि नेपाल फर्कदाँ समेत पत्ता लाग्न सकेन । प्रवासको खतरनाक माहौलका कारण पनि उनले खोज्न हिम्मत गरेनन् । उनलाई अहिले आएर खतरा मोलेरै भएपनि आफ्नो चोरि भएको सृजना खोजेको भए हुन्थ्यो भन्ने लाग्छ ।

यसरी छन्त्यालहरुको साझा समस्या गरिबिको विचबाट पनि छन्त्याल युवाहरुले प्राथमिकतामा राख्न नसकेको साहित्यलाई अगाडि बढाईरहेका छन् कवि नविन छन्त्याल । उनी साउदी अल्मराईको लागि नेपालबाट उड्नुभन्दा २ दिन पहिले पंक्तिकार सँगको भेटमा गबिले आफु विदेशीय पनि नेपाली गुन र नेपाली नुन कहिल्यै नभुल्ने बताएका थिए । कमाईको लागि नेपाली भुमि छोड्नुपुर्व नेपाल फर्कदा नेपाली साहित्यको लागी एउटा कृति साथमै ल्याउने वाचासमेत गर्न भ्याए । सुन्दर कृतिका साथ छिट्टै नेपाल फर्किउन् कवि छन्त्याल हामी सबैको......उनलाई शुभकामना । 
Read more >>

हार्दिक श्रद्धान्जली

भदौ ८, २०६८/काठमाण्डौ
बागलुङ जिल्ला खुंखानी गाविस वडा नं. ८ नर्जाखानी गाउँ भई हाल काठमाण्डौ महानगरपालिका मनमैजु गाविस वडा नं. ३ बस्ने बर्ष २५ को छिता छन्त्यालको मिति २०६८/५/७ गते दिउसो ३ बजे त्रि.वि.वि. शिक्षण हष्पिटल मा दुःखद निधन भएको छ । मृतकका श्रीमान् बिष्णु प्रकाश छन्त्याल बैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत रहेको र उनका दुई छोरीहरु रहेको जानकारीमा आएको छ । तेश्रो गर्भ पालन पोषण र पढाई लेखाई को विविध कारण गर्भपतन गराउने सहमति अनुसार गर्भपतन गराएको खुलेको छ । 

तर बी.बी. हेल्थ केयर सेन्टर प्रालिको लापर्बाही पूर्ण असुरक्षित गर्भपतन गराएको कारण बढी मात्रामा रक्तश्राप भई मृत्यू भएको आफन्तको ठम्याइ छ । बढी रक्तश्राप भएपछि सो हेल्थ केयरकै पहलमा विनायक हष्पिटलमा लगियो र त्यहाँ उपचारको सम्भावना नरहेपछि केही घण्टामा नै त्रि.वि.वि. शिक्षण हष्पिटल महाराजगँजमा पुर्याएको थाहा हुन आएको छ । हाल सो हेल्थ केयर सेन्टरका संचालक र गर्भपतनमा सम्लग्न डक्टरहरु फरार रहेका छन् । 

उनीहरुको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी बृत्त शाखा बालाजुले जानकारी गराएको छ । मृत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने क्षमता प्रदान होस् भन्ने कामना गर्दै हार्दिक श्रद्धान्जली प्रकट गर्दछौं । 
Read more >>

तीन छन्त्याल विद्यार्थीले पाए छात्रबृत्ति

छन्त्याल डट कम/काठमाण्डौ
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकृत ५९ आदिवासी जनजाति विद्यार्थीहरूलाई दश जोड दुई तहदेखि उच्च शिक्षासम्म छात्रबृति प्रदान गर्दै आएको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ले आर्थिक वर्ष २०६७/६८ मा कूल ३४३ विद्यार्थीहरूमध्ये तीन छन्त्याल विद्यार्थीहरूलाई छात्रबृत्ति प्रदान गरेको छ । जसमा अमिन छन्त्याल, रुमादेवी छन्त्याल र तारा छन्त्याल रहेका छन् ।

जसले क्रमशः रू ९,७००/– (अक्षेरुपी नौ हजार सात सय मात्र) का दरले पाएका छन् । अमिन जगमान छन्त्याल र रुमादेवी चक्रप्रसाद छन्त्यालका छोरी दुबै कुइनेमंगले म्याग्दीका हुन् भने तारा छन्त्याल यामबहादुर छन्त्यालका छोरा खुंगा बागलुङका हुन् । अमिन र रुमादेवी दुबै म्याग्दी बहुमुखी क्याम्पस बेनीमा स्नातक तह व्यवस्थापन संकाय दोश्रो वर्षका विद्यार्थी हुन भने तारा छन्त्याल सरस्वती बहुमुखी क्याम्पस व्यवस्थापन संकाय पहिलो वर्षका विद्यार्थी हुन् ।

प्रतिष्ठान नेपालको ३७.२८ प्रतिशत आदिवासी जनजाति समुदायको लागि कार्य गर्ने स्थानीय विकास मन्त्रालय अन्तर्गतको एक सरकारी निकाय हो । प्रतिष्ठानले विगत एक दशकदेखि छात्रबृत्ति प्रदान गर्दै आएको छ । ‘लोपोन्मुख सामाजिक सुरक्षा भत्ता सरकारले लोपोन्मुख समुदायहरू (राउटे, कुसुन्डा, बनकरिया, चेपाङ) आदि समुदायलाई गत तीनवर्षदेखि दिन थालेपछि लोपोन्मुख समुदायका प्राथमिकदेखि माविसम्मका विद्यार्थीहरूलाई प्रदान गरिने छाञबृत्ति नदिने व्यवस्था गरिएको हो’ भन्छन् छात्रबृत्ति पनि हेर्ने सञ्चार अधिकृत राम मादेन । त्यसपश्चात् दश दुई जोडदेखि उच्च शिक्षासम्म मात्र छात्रबृत्ति प्रदान गर्ने गरिएको छ ।

प्राविधिक, अपाङ्ग, दश जोड दुइ (+२) तथा क्याम्पस तह र स्नातकोत्तर शोधपत्र (थेसिस) गरी क्रमशः ३०, ४६, २५२ र १५ गरी जम्मा ३४३ विद्यार्थीहरूलाई कूल ३७ लाख रुपैयाँको हारहारीमा छात्रबृत्ति प्रदान गरिएको अधिकृत राम मादेन बताउँछन्– ‘सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई मात्र छात्रबृति प्रदान गरिन्छ ।’ छात्रबृत्ति वैज्ञानिक हुन नसकिरहेको गुनासो बेलाबेलामा पोखिने गर्दछ ।

‘पहिला त जरामा हो मल हाल्नुपर्ने जरा नै मलिलो नभएपछि टुप्पा कसरी राम्रो हुन सक्छ ?' भन्ने प्रतिप्रश्न गर्दै छात्रबृति पाएका विद्यार्थी तारा छन्त्याल भन्छन्– ‘म बिबिस पढ्न सक्ने भएर न छात्रबृत्ति पाएँ प्रावि, निमावि, मावितहको शिक्षासमेत बिचैमा छोडेको भए म कसरी पाउनलायक हुन्थे ।’ छात्रबृत्ति पाएकोमा त्यति खुसी नभएको भन्दै उनी थप्छन्– ‘प्रावि, निमावि, माविको पढाईसमेत पढ्न नसक्ने गरीब र बिपन्न छन्त्याल भाइबहिनीहरूको बारेमा सम्बन्धित छन्त्याल संघ/संस्था तथा जिम्मेवार ठान्ने छन्त्याल व्यक्तिहरूले सोच्ने मात्र होइन केही कार्यको शुरुवात गनुपरयो ।’
Read more >>

'छन्त्याल भाषाको गीत गाउने धोको छ'


“बागलुङ हुँदै बुर्तिबाङ जाने हो” भन्ने एल्बमको गीत सुन्नुभएको छ ? लोक गायिका मनकुमारी छन्त्यालको एल्बम हो यो । २०४७ साल चैत्र ३ गते देवीस्थान गाविस वडा नं. ६, बाहुनगाउँमा जन्मिएकी मनकुमारीलाई मनु भनेर बोलाउने गरिदो रहेछ । हाल रुपन्देही जिल्लाको रतनपुर–२ मा बस्दै आउनुभएको छ रे मनु ।

काठमाण्डौको बसुन्धारास्थित नयाँ मार्गी संगीत विद्यालयमा दुईमहिनादेखि संगीत सिक्दै हुनुहुन्छ मनु अचेल । "विभिन्न ठाउँहरुमा गाएर उठेको पैसाबाट सबै खर्च चलाएको छु ।" मनु भन्नु हुन्छ, "नेपाली स्टार छनौट र विभिन्न गायन प्रतियोगितामा भाग लिए पनि आधुनिक गीत गाउनुपर्ने अवस्था भएकोले प्रतिष्पर्धामा विजयी बन्न सकिनँ । ठूला ठूला कार्यक्रमहरुमा पनि गाउन मन लाग्छ ।"

“१३/१४ वर्षदेखि गीत गाउँदै आएँ, हालसम्म साना ठूला धेरै पुरस्कारहरु जितें" छन्त्याल डट कमसँग मनुले बताउँनु भयो । छन्त्याल जातिमा यसरी संगीत क्षेत्रमा पूरै लागि परेको व्यक्ति भेट्याउन गाह्रै पर्छ होला ।

बुवा लिलबहादुर छन्त्याल र आमा चिजा छन्त्यालबाट आर्थिक नभए पनि नैतिक समर्थन पाइराख्नु भएको रहेछ उहाँले । "संगीत क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर मिहेनत गर्दैछु" मनुले खुलेर हामीसंग आफ्नो चाहना बताउँनुभयो । छन्त्याल भाषा र संस्कृतिबारे गीत गाउने धोको पनि रहेछ मनुको ।
Read more >>

राजकुमार छन्त्याल ७३.२५ प्रतिशत


नामः राजकुमार छन्त्याल
बुवाको नामः महेन्द्र छन्त्याल
आमाको नामः जगमायाँ छन्त्याल
जन्म मितिः २०५१–०४–१९
सिम्बोल नं.: ०३०३०९८त 'टी'
एसएलसी प्राप्त : ७३.२५ प्रतिशत
विद्यालयः The NAMS स्कूल, गोगबु, काठमाण्डौ
ठेगानाः सामाखुशी, काठमाण्डौ
अबको पढाइः डी ए भी कलेज, कुमारीपाटी, ललितपुर


छन्त्याल डट् कमकोतर्फबाट हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको कामना !
Read more >>

समीर छन्त्याल


नामः समीर छन्त्याल
बुवाको नामः रूद्र बहादुर छन्त्याल
आमाको नामः मोहन छन्त्याल
जन्म मितिः २०५१–१२–१४
सिम्बोल नं.: ०३०३०९७ 'व'
एसएलसी प्राप्त : ७९.१२ प्रतिशत
विद्यालयः The NAMS स्कूल, गोगबु, काठमाण्डौ
ठेगानाः सामाखुशी, काठमाण्डौ
अबको पढाइः डी ए भी कलेज, कुमारीपाटी, ललितपुर

छन्त्याल डट् कमकोतर्फबाट हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको कामना !
Read more >>

आचल छन्त्यालले ल्याए ८५.१२ प्रतिशत



Read more >>

रोजिन छन्त्याल, बुटवल



Read more >>

प्रकाश छन्त्याल, दाङ



Read more >>

लालचन छन्त्याल (सरकारी स्कूलतर्फ)



Read more >>

अनिजका छन्त्याल म्याग्दी



Read more >>

बिमल छन्त्याल बागलुङ



Read more >>

मौका पाए छोरी पनि कम हुँदा रहेनछन्


Read more >>

अनुपम भए यो वर्षको एसएलसीमा सर्वोत्कृष्ट छ्न्त्याल विद्यार्थी


Read more >>