मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

अष्ट्रेलियामा वृतचित्रको भव्य प्रदर्शन

१८ सेप्टेम्बर । आज आइतबार, सिड्नीको अष्ट्रेलियामा 'छन्त्याल र सर्वमान्य नेता दिलबहादुर' वृतचित्र (डकुमेन्ट्री) भव्यताकासाथ प्रदर्शन भएको छ ।

प्रदर्शनमा २५ भन्दा बढी छन्त्याललगायतका शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । नेपाल आदिवासी जनजाति महासंघ, अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङले दिलबहादुरको बारेमा थुप्रै कुरा जान्न पाउँदा खुशी लागेको बताउँनुभयो । उहाँको अपेक्षा छ, भविष्यमा यस्तै खालका प्रशंसनीय कामहरुलाई निरन्तरता दिइनेछ ।

६६ प्रिन्स स्ट्रीट, कान्टरबुरी जनजाति हल सिड्नीमा सम्पन्न कार्यक्रममा डकुमेन्ट्री प्रदर्शनपछि प्रतिक्रिया सङ्कलन, सफ्ट ड्रिंक्स, चिया र कफीसहित Light Refreshment Programme राखिएको सिड्नीबाट आयोजक प्रकाश छन्त्यालले जानकारी दिनुभएको छ । प्रतिक्रियामा हरेक सहभागीले डकुमेन्ट्रीको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमका अतिथि, आयोजक, सहयोगी र सहभागी सबै छन्त्याल तथा शुभचिन्तकहरुलाई छन्त्याल डट् कमकोतर्फबाट एक प्रेस वक्तव्यमार्फत हार्दिक धन्यवाद टक्र्‍याइएको छ ।