मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

भुलेछन हाम्रा पूर्खाहरुले (कविता)

- खीममाया घरब्जा छन्त्याल
पौरखी हाम्रा पूर्खाहरुले ।
आफ्नै जाति लेखाउन भुलेछन् ।।

सिधा सोझा हाम्रा पूर्खाहरु ।
खानी खानीमा नै डुलेछन् ।।
माटो सुँघेर पत्ता लगाउन सक्ने हाम्रा पूर्खाहरु ।
आफ्नो ईतिहास राख्न भुलेछन्  ।।

भर्ती हुन खोज्ने हाम्रा पूर्खाहरुले ।
थापा, पुन, राणा, र गुरुङ लेखाउन पुगेछन्  ।।

त्यसैले अहिले हाम्रा कतिपय बन्धुहरुले ।
आफ्नै गोत्रपित्र पनि भुलेछन्  ।।

मेहनती र परिश्रमी हाम्रा पूर्खाहरु ।
आज किन लोप हुन पुगेछन्  ।।

हाम्रा पूर्खाहरुले आफ्नो ईतिहास राखिदिएका भए ।
आज पक्कै इज्जत र प्रतिष्ठा पाउने थिए ।।

अझै पनि हामीले भाषा र संस्कृतिको जगेर्ना गरेनौ भने
पक्कै पनि हाम्रा छन्त्याल जाति लोप भएर जानेछन्  ।

श्रोत : न्हि ए पाईला