मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

'छन्त्याल लेख्न र भन्न मेरो बाचा भयो ....'


छन्त्याल छलफल मञ्च/जुन २, २०११
मेरो एकजना मिल्ने छन्त्याल साथीले नामको पछाडि छन्त्याल नै उडाएछन् । उडाउनु उनको स्वतन्त्रता हो । तर फेसबुकमा मैले उनलाई खोजेर भेट्नै सकेन ।

११ औं राष्ट्रिय जनगणना अब शुरु हुँदैछ । उसले जस्तै हाम्रा गाउँघरका अनपढ अन्जान छन्त्याल मुमाबुवा, दिदीदाजु र बहिनीभाइहरुले जात थर लुकाउनुभयो भने मैले फेसबुकमा उसलाई खोज्नुपरेजस्तै छन्त्याल समुदायले देशमा आफ्नो वास्तविक तथ्याङ्क खोज्नुपर्ने समय आइहाल्नेछ । मैले यहाँ लेखेको छु, छन्त्याल संघले केन्द्रिय तथ्याङ्क विभागको जातिय संख्यामा असहमति जनाउने पक्का छ । तर आफ्नो गाँठी बलियो बनाउनुपर्ने हो हाम्रो समुदायले । जसका लागि संघले आन्तरिक छन्त्याल गणनाको अभियान सञ्चालन गर्न सक्नुपर्थ्यो । अभियानमा भात्रीसङ्गठनहरु र ईच्छुक स्वयमसेवीहरुलाई परिचालन गर्न सकिन्थ्यो । आगामी जनगणनाबारे छन्त्यालहरुलाई सचेतना अभियानको पनि जरुरत थियो ।

संघलाई भनेझै गरेर उसलाई पनि भने मैले । कम्तिमा जातिको माया गर न भनेर । सच्चिए उनी - माफ गर मलाई, तिम्रो इच्छाविपरित दवाव दिएकोमा । 'नाम पनि लेखौ है सच्चिने युवा ?' मैले सोधे l उनको जवाफ जस्ताको तस्तै : "भो योगेन्द्र, मलाई लाज लाग्छ । म अब कहिल्यै छन्त्यालबिना नाम लेख्ने र भन्ने गर्दिनँ । यो मेरो बाचा भयो।"

नाम लेख्न अनुमति त दिएनन् तर राम्रै बाचा गरे जस्तो लाग्यो मलाई । फेसबुकमा एउटा हराएको छन्त्याल अब सबै ठाउँमा कहिल्यै छन्त्याल नछोड्ने बाचा गरे । धन्यवाद, यहाँ नाम फ्ल्याश नगर्ने भनेका बेनाम तर सच्चिएका छन्त्याललाई !