मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

म छन्त्याल (कविता)

सबै भन्छन् छन्तेल के हो,
म त अहिले छन्त्याल भा'छु ।
छन्तेल भित्र सधै धा'छु,
त्यही भित्र प्रीति ला'छु ।।

नमस्ते छ हे ईश्वर,
छन्तेलको उद्दार गर ।
छन्तेल सबै बन्धुहरु,
अधिकारको लागि अघि सर ।।

खोसिएछ भूमी जमीन,
भाषा रिवाज लोप भयो ।
खनिएका तामा धातु,
हामीबाट कहाँ गयो ?

उठौ अब बस्तीबाट,
छरिएका छन्त्यालहरु ।
खोसिएको अधिकार लिन,
ज्यानै गए जान्छ बरु ।।
ज्यानै गए जान्छ बरु ।।।

– लोकप्रसाद घरब्जा छन्त्याल
गुल्मी /जुन ६, २०११