मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

देशविदेशमा वृतचित्र, मलेशियामा पनि भव्य प्रदर्शन


२५ सेप्टेम्बर आइतबारका दिन बुकितजालिलस्थित नेपाली संगम रेष्टुरेण्टमा 'छन्त्याल र सर्वमान्य नेता दिलबहादुर' वृतचित्रको भव्य प्रदर्शन भएको छ ।

कार्यक्रममा १६ जना छन्त्याललगायत अथितिहरु गरी ४४ जनाको उपस्थिति रहेको थियो । डकुमेन्ट्री हेरेपछि नेपाल पत्रकार महासंघ मलेशिया शाखाका पत्रकार गोबिन्द लामाले छन्त्याल जातिको बारेमा जातीय पहिचान र उत्थानको लागि हरदम अग्रसर रहिरहनु पर्दछ भन्दै हौसला प्रदान गर्नु भएको थियो । डकुमेन्ट्री अन्यन्त प्रभावकारी रहेको ठहर थियो लामाको ।

डकुमेन्ट्री छोटो रहे पनि सहभागी दर्शकहरुले यसको प्रशंसा गरेका थिए । 'सर्वमान्यको जन्मथलोको तस्वीर राखेको भए सुनमा सुगन्ध हुने थियो, छन्त्याल युवाहरु, बेलायत छन्त्याल संघ र छन्त्याल डट् कमको यो काम अत्यन्त प्रशंसनीय छ, छन्त्याल जाति र यसको इतिहासबारे निकै जान्ने मौका मिल्यो आज' यस्तै यस्तै प्रतिक्रिया प्राप्त भएका थिए प्रदर्शनपछि सहभागीहरुबाट ।

बिपिन घरब्जा छन्त्याल र नारायण छन्त्यालले मलेशियाबाट फोनसम्पर्कमा हामीलाई जानकारी दिनुभए अनुसार, कार्यक्रममा उपस्थित छन्त्यालहरुको समुहगत छलफलमा छिटै संगठन निर्माण गर्न पहल गर्ने सहमति भएको छ ।

संक्षिप्त कार्यक्रमको सञ्चालन बिनोद घरब्जा छन्त्याल र शंकर भलन्जा छन्त्यालले गरेका थिए । यसअघि बेलायत, काठमाडौं र सिड्नी (अष्ट्रेलिया) मा वृतचित्रको भव्य प्रदर्शन भैसकेको छ भने पोर्तुगलमा साना साना समूहमा प्रदर्शन भैसकेको छ । डकुमेन्ट्रीबारे सबैतिरबाट जातिय उत्थानका लागि सहयोग पुर्‍याउने काम भनेर थुप्रै थुप्रै प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् ।