मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

जातिय उत्थानका लागि युवाश्रोतलाई परिचालन गर्नुपर्ने


फागुन १४ गते शनिबार नेपाल छन्त्याल संघ केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको खबर प्राप्त भएको छ । बैठक अघि युके छन्त्याल संघका सञ्चार सचिव बालकुमार छन्त्याललाई स्वागत गरिएको बताइएको छ ।

सचिव छन्त्यालले युकेको संघबारे जानाकारी दिनुहुँदै जातिय उत्थानका लागि युवाश्रोतलाई परिचालन गर्नुपर्ने कुरा सुझाउनुभएको थियो । 'जातिय उत्थान र विकासमा सबैको अपनत्वको भावनाको विकास गर्न संसारभरका छन्त्यालहरुसँग सञ्चार सम्पर्क बढाउनुपर्ने कुरालाईसमेत मैले जोड दिने प्रयास गरे' हामीसँगको सम्पर्कमा सचिवले भन्नुभयो :  'वेभसाइटबारे पनि जिज्ञासा राखे तर कुनै पनि प्रतिक्रिया पाउन सकेनँ ।'

उहाँले बैठकमा यसबारे छलफल भएको होला भन्ने विश्वास राख्नुभयो । उहाँको भनाइ थियो 'छिट्टै छन्त्यालहरुको वेबसाइट बन्नेछ । यसले संसारभरका छन्त्यालहरुको गतिविधि बुझ्न सहज हुनेछ र सम्बन्ध बिस्तारसहित जातिय उत्थान र विकासका अभियानहरुमा सहयोग आदानप्रदान हुनेछ ।'

समितिबाट केही पदाधिकारीलाई बैठकको सूचना बाहिर पुर्‍याएर गल्ती गरेको आरोपमा चेतावनी दिइएपछि मञ्चमा छन्त्यालका गतिविधिहरुसम्बन्धी जानाकारीहरु प्राप्त गर्न कठिन भएको छ । अचेल महङ्गो टेलिफोन शुल्क खर्चेर युरोपका देशहरुबाट आफ्नै जातिय संघका पदाधिकारीहरुलाई सम्पर्क गर्नुपर्ने बाध्यता आइपरेको छ ।