मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

युवराज गुरुङ, बेल्जियमको शुभकामना


नेपाल सरकारबाट सूचीकृत 'अल्पसंख्यक' छन्त्याल जाति आफ्ना भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्द्धनको साथ साथै जातीय उत्थानको लागि संगठित भएकोमा अत्यन्त खुशी लागेको छ । भर्खर मात्र छन्त्याल युवाहरुले www.chhantyal.com वेबसाइट सञ्चालन गरेकोमा सञ्चालन समूहलाई हार्दिक बधाइ र निरन्तरताको लागि शुभकामना दिन चाहन्छु । नेपालीपनसँगै जातीय सद्भाव र भातृत्व विकासमा टेवा पुर्‍याउन छन्त्याल समुदाय आफ्नो पहिचानसहित सबै क्षेत्रमा सफल हुन सकोस् भन्ने हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ।

- युवराज गुरुङ
संस्थापक उपाध्यक्ष, तमु विद्यार्थी संघ नेपाल
पूर्व अध्यक्ष, एनआरएन बेल्जियम
संस्थापक, तमु समाज बेल्जियम