मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out
Showing posts with label Congratulations. Show all posts
Showing posts with label Congratulations. Show all posts

मा. विधायक परि थापाको शुभकामना !


Read more >>

बेलायत छन्त्याल संघको शुभकामना !

बेलायत छन्त्याल संघबाट छन्त्याल डट् कमलाई वेबसाइटको सञ्चालन गरेर सराहनीय काम गरेको उल्लेख गर्दै सहयोगका लागि सधै तत्पर रहने व्यहोराको शुभकामना पत्र प्राप्त भएको छ । हामीले पत्रको स्क्यान गरेर जस्ताकोतस्तै यहाँ पोष्ट गरेका छौ ।
Read more >>

दिलबहादुर घरब्जा छ्न्त्यालको शुभकामना


"जातिय पहिचान, उत्थान र विकासका लागि देश परदेशमा रहेका छन्त्याल युवाहरुले www.chhantyal.com वेबसाइट सञ्चालन गरेकोमा सञ्चालन समूहलाई हार्दिक बधाइ र वेबसाइटको निरन्तरताको लागि शुभकामना दिन चाहन्छु ।"

- दिलबहादुर घरब्जा छ्न्त्याल
छन्त्याल सर्वमान्य नेता
Read more >>

पोर्तुगल छन्त्याल संघको शुभकामना !


"जातिय पहिचान, उत्थान र विकासका लागि हामी आफैबाट केही कामको थालनी गर्नुपर्छ भन्ने सोच, जोश र जाँगरकासाथ देश परदेशमा रहेका छन्त्याल युवाहरुले www.chhantyal.com वेबसाइट सञ्चालन गरेकोमा सञ्चालन समूहलाई हार्दिक बधाइ र वेबसाइटको निरन्तरताको लागि शुभकामना दिन चाहन्छु ।"

- देवमाया छ्न्त्याल

अध्यक्ष

तथा पोर्तुगल छन्त्याल संघ परिवार

Read more >>

युवराज गुरुङ, बेल्जियमको शुभकामना


नेपाल सरकारबाट सूचीकृत 'अल्पसंख्यक' छन्त्याल जाति आफ्ना भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्द्धनको साथ साथै जातीय उत्थानको लागि संगठित भएकोमा अत्यन्त खुशी लागेको छ । भर्खर मात्र छन्त्याल युवाहरुले www.chhantyal.com वेबसाइट सञ्चालन गरेकोमा सञ्चालन समूहलाई हार्दिक बधाइ र निरन्तरताको लागि शुभकामना दिन चाहन्छु । नेपालीपनसँगै जातीय सद्भाव र भातृत्व विकासमा टेवा पुर्‍याउन छन्त्याल समुदाय आफ्नो पहिचानसहित सबै क्षेत्रमा सफल हुन सकोस् भन्ने हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ।

- युवराज गुरुङ
संस्थापक उपाध्यक्ष, तमु विद्यार्थी संघ नेपाल
पूर्व अध्यक्ष, एनआरएन बेल्जियम
संस्थापक, तमु समाज बेल्जियम
Read more >>

अर्जुनकुमार श्रेष्ठ, बेल्जियमको शुभकामना


शुभकामना !


छन्त्याल युवाहरुकोबीचबाट अल्पसंख्यक छन्त्याल जातिको पहिचान, विकास र उत्थानको लागि छन्त्याल डट् कमको शुरुवात गर्नु भएकोमा सञ्चालन समूहलाई बधाइ दिन चाहन्छु । वेबसाइटले सवै सामु छन्त्यालसम्बन्धि जानकारीहरु दिन र यसका लक्षहरु प्राप्त गर्न सफल होस् भन्ने शुभेच्छासहित यसको उत्तरोत्तर प्रगति तथा निरन्तरताका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।


- अर्जुनकुमार श्रेष्ठ
सदस्य, गैर–आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद
निवर्तमान अध्यक्ष, नेपाली व्यवसायी संघ, बेल्जियम
निर्देशक, ओशन सुशी र कानिकामा सुशी, बेल्जियम
Read more >>