मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

हार्दिक समवेदना


मल्कबाङ - १, म्याग्दीका २८ वर्षीय फरम छन्त्याल (खड्का) को जुन २८ तारिखका दिन मलेसियामा दुखद निधन भएको छ ।

दुई वर्ष अघि नुर ओभरसिजबाट मलेसिया आएका छन्त्याल केही महिना राबाङको कम्पनीमा काम गरेर पछिल्लो समय गोल्डेन इगल सेक्युरिटी गार्डमा काम गर्दै आएका थिए । उनले रातको ड्युटी गर्दा गर्दै बिहान ५ बजे मृत्यु भएको थियो ।

पोष्टमार्टमको रिपोर्टमा उनलाई मुटुको समस्या भएको उल्लेख गरिएको छ ।

मृतकको शव ६ जुलाईका दिन नेपाली समयानुसार दिउँसो १२.३० मा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण भएको छ । परिवारमा बुवाआमा, बहिनी, श्रीमति र एक छोरा रहेको जानकारी प्राप्त भएको छ । मृत आत्माको चीर शान्तिको कामंनासहित हामी शोक सन्तप्त परिवारजन र आफन्तहरुमा हार्दिक समवेदना प्रकट गर्दछौ ।