मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

'आमा बाबा जे सोचेको छ, राम्ररी पढ्न भन्नुहुन्छ'


२ मिनेटको भेट, ट्याक्क ट्याक्क कुरा

के पढ्ने योजना छ ?
साइन्स ।

कुन कलेज पढ्ने नि ?
यूनाइटेड एकेडेमीमा इन्ट्रान्स दिएको छु ।

भविश्यमा के बन्ने सपना छ ?
इन्जिनियर ।

भाइ बहिनी कति, के के नाम, कहाँ कहाँ, कति कतिमा पढ्दैछन ?
भाइ पवन छन्त्याल, सिद्धाथ बनस्थली ७ कक्षामा पढ्दै छ ।

छन्त्याल भनेको के हो ? छन्त्याल संघले के के गर्छ थाहा छ ?
ठ्याक्कै त थाहा छैन । एउटा बुक भने पढेको थिएँ छन्त्यालको विषयमा । छन्त्याल संघ थाहा छ, जातिको लागि विकासको काम गर्छ, चाडपर्वहरुमा कार्यक्रमहरु, भलिवल प्रतियोगिता र  तारा प्रतियोगिता आयोजना गर्ने गर्छ ।

चाडपर्व, भेषभूषा के के मन पर्छ ?
चाडपर्व माघे संक्रान्ति, भेषभूषामा जीन्स र भेष्ट मन पर्छ ।

आफ्नो गाउँ कटेरी कहिले हो अन्तिमपटक गएको ? गाउँ राम्रो कि काठमाण्डौ ?
चैत्रमा पुगेर आएको, बस्न त गाउँमा ठीक, तर अन्य सुविधाको लागि काठमाण्डौ ।

LRI School मा कुन क्लासदेखि हो नि पढेको ?
८ देखि ।

त्यो भन्दा पहिले कुन स्कूल ?
नागार्जुन भ्याली एकेडेमी ।

LRI को यो कतिऔ व्याच हो ?
२२ औ व्याच ।

के के पुरस्कार मिल्यो नि सफलतामा ?
पुरस्कार नै भनेर त हैन तर साथीहरुबाट थुप्रै गिफ्टहरु पाएँ । पहिलो गिफ्ट सिमान्त कार्कीले दिएका थिए ।

आमा बाबा के भन्नु हुन्छ अबको पढाईबारे ?
जे सोचेको छ, त्यसमा राम्ररी पढ्न भन्नुहुन्छ l


संक्षेपमा व्यक्तिगत विवरण

नाम : लोक्वन छन्त्याल
आमाको नाम : इन्द्रकुमारी छन्त्याल ।
बुवाको नाम : चूडामणि छन्त्याल ।
जन्मस्थान : कटेरी, बोङ्गादोभान - ७, बागलुङ ।
एसएलसी प्राप्त : ८५.१२ प्रतिशत ।
जन्म मिति : २०५२ साल कार्तिक १५ गते ।
सिम्बोल नम्बर : ०२९२१५१'ओ'
विद्यालय : एल.आर.आइ. स्कूल, कलङ्की, काठमाण्डौ ।

छन्त्याल डट् कमकोतर्फबाट हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको कामना !