मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

हे छन्त्याल युवा ! तिमी अगाडि बढ (कविता)

- अरुणा छन्त्याल

हे छन्त्याल युवा ! तिमी अगाडि बढ,

विकास र प्रगतिको गोरेटोमा लम्किन कम्मर कस |

हे छन्त्याल युवा ! तिमी महत्वाकांक्षी बन,

नेपोलियन बोनापार्टजस्तै,

हे छन्त्याल युवा ! तिमी महान राजनीतिज्ञ बन,

महात्मा गान्धीजस्तै,

हामी इतिहासका पानामा तिम्रो नाउँ पढ्दै गर्वित हुनेछौं |

हे छन्त्याल युवा ! तिमी महान वैज्ञानिक बन,

अल्वर्ट आइन्स्टाइन म्याडम क्युरीजस्तै,

हामी विज्ञानका पानामा तिम्रो नाउँ पढ्दै गर्वित हुनेछौं |

हे छन्त्याल युवा ! तिमी महान खेलाडी बन,

पेले,सचिन तेन्दुलकरजस्तै,

किनकि अब रणभूमिमा होइन,रंगसालामा हाम्रो बहादुरता देखाउने पालो आएको छ |

हे छन्त्याल युवा ! तिमी सुरा र सुन्दरी पनि बन,

मिस्टर नेपाल बन,कि मिस नेपाल बन,

हामी मिडियामा तिम्रो नाउँ पढ्दै गर्वित हुनेछौं |

हे छन्त्याल युवा ! तिमी पप गायक बन,

निमा रुम्बा,धिरज राईजस्तै,

हामी तिम्रो समर्थनमा सुँई-सुँई सिटी बजाउँदै हुटिंग गर्नेछौं |

हे छन्त्याल युवा ! तिमी भूगर्भविद बन,

अनि त्यो तामाखानी फेरि पत्ता लगाऊ,

हामी तिमीलाई सम्मानको माला पहिराउनेछौँ |

सम्मानको माला पहिराउनेछौँ |