मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

सर्वमान्य नेता दिलबहादुर घरब्जालाई आर्थिक सहयोग

२६, कार्त्तिक २०६८ / काठमाण्डौ
छन्त्याल सर्वमान्य नेता दिलबहादुर मुटुको ढड्कन नमिलेको रोगको समस्या त हुनुहुन्थ्यो त्यसमा पनि ३ बर्षदेखि पिसाव बन्दहुने समस्यालाई झेलिरहनुभएको छ । मुटुकै समस्याको कारण पिसाव बन्दहुने रोगको अप्रेसन गर्न मिलेको छैन । औषधिकै भरमा रहनुपरेको र दुखाई बढी हुनासाथ टिचिङ्ग हष्पिटल र गंगलाल हृदय केन्द्रमा पुग्नु पर्ने बताउनुहुन्छ दिलबहादुर ।

यस्तै अवस्थामा उहाँको उच्च सम्मान र आर्थिक सहयोग पु¥याउने हेतुले छन्त्याल परिवार अष्ट्रेलियाका संयोजक बुद्धि घरब्जा छन्त्यालको अगुवाईमा नेपाल आएका ३ जना प्रतिनिधिले नेपाल छन्त्याल संघ केन्द्रीय समितिको सहकार्यमा छन्त्याल सर्वमान्य नेता दिलबहादुर घरब्जा छन्त्याललाई स्वास्थ्य उपचारको लागि रु.५०,०००।– (अक्षरेपी पचास हजार रुपैया मात्र) मिति २०६८ कार्तिक १७ गते बिहिबार दिन वहाँकै निवासमा हस्तान्त्रण गरेको छ ।

यो आर्थिक सहयोग प्राप्त भएपछि उहाँले छन्त्याल डट कमसँग भन्नुभयो–“तपाईको बिषयमा कम्प्यूटरमा हेरेको त विरामी अवस्थामा हुनुहुने रहेछ भन्ने बुझियो र औषधी उपचारमा केही सहयोग गरौ भनेर सबै साथीहरुसँग उठाएर ल्याएको हो भने बुद्धिले, सायद त्यही मेरो भिडियो प्रभाव पारेछ त्यहाँ र मैले पनि धन्यवाद भनें ।”

वहाँको अनुहारले यो प्रष्ट हुन्छ की अष्ट्रेलिया छन्त्याल परिवारले गरेको यो सहयोगबाट वहाँ अत्यन्त खुशी हुनुहुन्छ । यस्तै आर्थिक लगायत कुनै न कुनै क्षेत्रमा वहाप्रति सहयोगी हातहरुको हातेमालोले अवश्य पनि सर्वमान्य नेताको उच्च सम्मान गर्न सकिने छ ।