मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

सहयोग गर्नेहरुलाई बेलायत छन्त्याल संघको धन्यवाद

बेलायत छन्त्याल संघले एस.एल.सी मा उच्च नतिजा लिएर उत्तिर्ण भएका छन्त्याल विद्यार्थीहरु मध्य एकजना जेहेन्दार,मेहेनेती,आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई यस बर्ष देखी +२ सम्मको छात्रवृति दिने निर्णय गरेको कुरा त यहाँहरु सबैलाई अवगत नै छ। यसै सिलसिलामा बेलायत छन्त्याल संघले मिडिया सचिव बाल कुमार तथप्जाको अध्यक्षतामा उक्त विद्यार्थी छनोट गर्नका निम्ती एउटा कमिटी चुनेको थियो।

विद्यार्थी छनोट गर्ने प्रकिर्यामा हाम्रो कमिटीले बिभिन्न वेब साईटहरु (बेलायत छन्त्याल संघको वेब साईट, छन्त्याल डट् कम ) लगाएत फेसबूकमा सूचना जारी गरेको थियो । नेपालमा नेपाल छन्त्याल संघका अध्यक्ष श्री ईन्द्रजीत भलन्जा ज्यु‘लाई टेलिफोन द्वारा जानकारी गराइएको थियो र नेपालमा सबैलाई जानकारी गराइदिन अनुरोध पनि गरिएको थियो।

नेपाल छन्त्याल संघका सह-कोषाध्यक्ष बलमान छन्त्याल ज्युले नेपालमा बिभिन्न जिल्लाका छन्त्याल संघहरु र विद्यार्थीहरुलाई टेलिफोन,ईमेल गरेर यस छात्रवृति सम्बन्धी सूचना पुर्याउन सहयोग गर्नु भएको थियो। हाम्रो कमिटीले इच्छूक विद्यार्थीहरुले ईमेल द्वारा नै निवेदन पठाउन सक्ने ब्यवस्था गरेको थियो र निवेदकहरुलाई लिखित अन्तर्वाता लिइएको थियो।

विद्यार्थीहरु बारे थप जानकारी संकलन गर्न छन्त्याल डट कम साथै नेपालबाट बलमान छन्त्याल ज्यु‘ले अत्यन्तै सहयोग गर्नु भएको थियो। निवेदन बुझाउनु पर्ने अन्तिम मिति सम्ममा हामीलाई जम्मा ५ जना विद्यार्थीहरुको निवेदन प्राप्त भएको थियो। सबैको निवेदन प्राप्त भइसके पछी हाम्रो कमिटीको अन्तिम बैठक बसेर उक्त बैठकमा नै छात्रवृति पाउने विद्यार्थी छनोट गरिएको थियो ।

एउटा तीक्ष्ण बुद्धि भएको मेहेनेती, जेहेन्दार र आर्थिक अवस्था कमजोर विद्यार्थी छनोट गर्ने क्रममा हाम्रो कमिटीले उक्त विद्यार्थीलाई निर्बिरोध रुपमा छनोट गरेको छ। अन्तमा यस बेलायत छन्त्याल संघको यो एउटा पवित्र र पुन्य काममा काँधमा काँध साथै हातमा हात मिलाएर सहयोग समर्थन गर्नु हुने सम्पूर्ण बेलायतवासी छन्त्यालहरु लगाएत देश बिदेशबाट सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हाम्रो कमिटीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

धन्यवाद