मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

ज्ञानकुमारी छन्त्याल कांग्रेसको संसदीय दल सदस्यमा निर्वाचित

बागलुङ क्षेत्र नम्बर ३ का सभासद ज्ञान कुमारी छन्त्याल नेपाली कांग्रेसको संसदीय दलको चुनावमा पनि बिजयी भएका छन । आदिवासी जनजाती महिला तर्फ दुई पदको लागि चार जनाको उम्मेद्वारी परेको थियो । त्यसमा छन्त्यालले सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् ।

सभासद छन्त्यालले संविधान सभाको सभासद चुनावमा आफ्ना निकतम प्रतिद्वन्दी तुलसीराम अर्याललाई पनि फराकिलो मतले पराजित गरेकी थिईन । महिला अधिकारका बारेमा नेपाली कांग्रेस भित्र सशक्त आवाज उठाउदै आएका छन्त्याल बागलुङ जिल्लामा सकृय समाजसेवीको रुपमा पनि चीरपरिचित ब्यक्तित्व हुन् ।