मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

जापानका मनकारी छन्त्यालहरुले मृगौला पीडितलाई पठाए पाँच लाख अठार हजार

मृगौला पीडित दलिमा छन्त्यालको उपचारार्थ आर्थिक सहयोग उठ्ने क्रम जारी छ । बेलायतका युवाहरुको पहलमा पहिलो पटक आर्थिक सहयोग हस्तान्तरण लगत्तै जापानमा रहेका छन्त्यालहरुले पनि आर्थिक सहयोग नेपाल पठाएका छन् ।

जापानमा अध्ययनरत छन्त्याल विधार्थीहरुले ५ लाख १८ हजार चार सय उन्साठी रुपैया दलिमा छन्त्यालको उपचारार्थ सम्बन्धित कहाँ पुर्याएका छन् । मृगौला पीडितको सहयोग अपिल गरिए लगत्तै बेलायत, जापान, अस्ट्रेलिया, कोरिया र मलेशियामा रहेका छन्त्यालहरु बीच संपर्क र छलफल गरी आर्थिक सहयोग उठाउने निर्णय गरिएको थियो ।

जापानमा दलिमा छन्त्यालको लागि आर्थिक सहयोग जुटाउन म्याग्दी मल्कबाङका हरिमाया छन्त्यालले फेसबुकमा 'ग्रुप मेसेज' को सदुपयोग गरी सबैलाई सहयोगको लागि आग्रह गरिन् । आग्रह गरेको एकाध हप्तामा नै सोचे भन्दा धेरै रकम जुटाउन सफल पनि भईन् । उनी भन्छन - 'मैले सोंचे भन्दा धेरै सबैले दिल खोलेर आर्थिक सहयोग गर्नुभयो । उहाहरु सबै प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।'


हरिमाया छन्त्याल थप्छिन् - 'यहाँ हामी विधार्थीहरुलाई नेपालमा सोचे जस्तो सजिलो छैन । कलेज जानै पर्‍यो, कलेज छुटे लगत्तै फेरी आर्थिक जोहोको लागि नोकरीमा खटिनु पनि पर्‍यो । तैपनी पीडितको सहयोगार्थ सबै मनकारीहरुले हृदय खोलिदिनु भयो । सहयोग रकम सक्दो छिटो पठाउन सकेकोमा धेरै खुशी छु र मनकारीहरु पनि सक्दो सहयोग गर्न पाएकोमा खुशी हुनुहुन्छ ।'

जापानबाट सहयोग गर्ने मनकारीहरु:
१) हिरा कुमारी छन्त्याल, मल्कबाङ - ५०,५०० येन
२) उत्तम छन्त्याल, गुर्जाखानी - ५०,५०० येन
३) नबिन चन छन्त्याल, चौरखानी - ४०,५०० येन
४) तेजिन छन्त्याल, मल्कबाङ - ३५,००० येन
५) गुणा छन्त्याल, कुइनेखानी -२५,००० येन
६) बिशाल छन्त्याल, मल्कबाङ - २०,००० येन
७) प्रेमबहादुर छन्त्याल, मल्कबाङ -२०,००० येन
८) फेनबहादुर छन्त्याल, मल्कबाङ - २०,००० येन
९) अममाया छन्त्याल, मल्कबाङ - २०,००० येन
१०) उर्मिला छन्त्याल, मल्कबाङ -२०,००० येन
११) हरिमाया छन्त्याल, मल्कबाङ -१५,००० येन
१२) जीवन छन्त्याल, मल्कबाङ -१३,००० येन
१३) चित्र छन्त्याल, मल्कबाङ - ११,००० येन
१४) देबिन्द्र छन्त्याल, मल्कबाङ -११,००० येन
१५) अमृत छन्त्याल, मल्कबाङ - ११,००० येन
१६) हिराकुमारी छन्त्याल, गुर्जाखानी - ११,००० येन
१७) धनकुमारी छन्त्याल, मल्कबाङ -१०,००० येन
१८) भबी छन्त्याल, मल्कबाङ - १०,००० येन
१९) चन्द्रमान छन्त्याल, मल्कबाङ -१०,००० येन
२०) खिमबहादुर छन्त्याल, मल्कबाङ -१०,००० येन
२१) राजकुमार छन्त्याल, मल्कबाङ - १०,००० येन
२२) दिलिप छन्त्याल, गुर्जाखानी - १०,००० येन
२३) यामकुमारी छन्त्याल, गुर्जाखानी - १०,००० येन
२४) जीवन छन्त्याल, गुर्जाखानी - १०,००० येन
२५) चीत्र छन्त्याल, कुइनेखानी - १०,००० येन
२६) सन्ध्या छन्त्याल, ठाडाखानी - १०,००० येन
२७) ईशारा छन्त्याल, मलम्पार - १०,००० येन
२८) माया छन्त्याल, बुटवल - १०,००० येन
२९) टिकाबहादुर छन्त्याल, घ्यासीखर्क - ८,००० येन
३०) तारा छन्त्याल, कुइनेखानी - ६,००० येन
३१) ताराकुमारी छन्त्याल, मल्कबाङ - ५,००० येन
३२) धनकुमारी छन्त्याल, मल्कबाङ - ५,००० येन
३३) रिबिन्द्र छन्त्याल, कुइनेखानी - ५,००० येन
३४) तुशार छन्त्याल, कुइनेखानी - ५,००० येन
३५) चन्द्र छन्त्याल, मलम्पार - ५,००० येन
३६) राजेन छन्त्याल, गुर्जाखानी - ५,००० येन
३७) रमिला राणा, ..... - १,००० येन
३८) छिरिङ्ग शेर्पा, ..... - १,००० येन