मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

बेलायतका छन्त्यालहरुद्वारा तारा खेलको प्रथम पुरस्कार प्रायोजन

गतसाल देखि नेपाल छन्त्याल संघ, कास्कीले सर्वमान्य दिल बहादुर छन्त्यालको स्‍मृतिमा छन्त्याल जातिको बिशेष खेल तारा प्रतियोगिता संचालन गर्दै आएको छ । यो बर्ष पनि पोखरा नगरीमा नयाँ बर्षको अवसरमा 'दिलबहादुर स्‍मृति कप' सुरु भएको छ । संघले आयोजना गरेको तारा खेलमा प्रथम पुरस्कार रु. ५०,००० दोस्रो पुरस्कार रु, ३०,००० र तेस्रो पुरस्कार रु २०,००० रहेको छ ।

संघले आयोजना गरेको यस वर्षको प्रथम पुरुस्कार बेलायतमा रहेका मल्कबाङ्गबासी छन्त्यालहरुले स्थापना गरेको मलकबाङ्ग समाज, यूकेले प्रायोजन  गरेको छ । समाजले संघलाई प्रथम पुरुस्कारका साथै खेलाडीहरुका लागि ६ थान जर्सी पनि सहयोग उपलब्ध गराएको हो ।

छन्त्यालहरुका सर्वमान्य दिल बहादुरको नाम सधै उचो राख्नु पर्छ भन्ने भावनाले बेलायत छन्त्याल संघका निवर्तमान उपाध्यक्षद्वय किशोर छन्त्याल र शेर छन्त्यालको पहलमा संघलाई सहयोग गरिएको हो ।  फोटो : दलमान छन्त्याल