मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

कास्कीका छन्त्यालहरुले छारम्हेङ भव्यताका साथ मनाउदै


भरत छन्त्याल, २६ पुस । नेपाल छन्त्याल संघ जिल्ला समिति कास्कीले कास्की जिल्लामा छरिएर रहेका छन्त्यालहरुलाई एकजुट बनाई छन्त्याल जातिको महान चाड छारम्हेङ २०८६ भव्य रुपमा मनाउने तयारीका साथ हिजो देखि विभिन्न कार्यक्रमहरुको आयोजनाका साथ शुरु गरेको छ । छन्त्यालहरुले आफ्नो नयाँवर्षको रुपमा मनाउने माघ १ गतेको छारम्हेङलाई सबै छन्त्यालहरु एक ठाउँमा भई मनाउनको लागि पनि कार्यक्रमको आयोजना गरिएको हो ।

“बढाऔँ पाईला जातीय चाडपर्वको संरक्षणमा, टेवा पु¥याऔँ छारम्हेङको विकास र संरक्षणमा” भन्ने नाराको साथ पुष २५ गतेदेखि आयोजना गरिएको नेपाल छन्त्याल जिल्ला समिति कास्कीका सचिव जीत तथब्जाले बताउनुभयो ।‘कास्कीमा रहेका छन्त्याल युवाहरुलाई एकजुट बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो’, उहाँले भन्नुभयो— ‘कार्यक्रमको माध्यमबाट रमाईलोको साथसाथै हामिले एकता पनि खोजेका हौँ ।’ उहाँले कार्यक्रमको अवसरमा छन्त्याल युवाहरुमा खेलकुदको विकास गराउन विभिन्न खेलकुदको पनि आयोजना गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा आयोजित खेलकुदका कार्यक्रमहरुमा महिला तथा पुरुष लिग भलिबल प्रतियोगिता तथा तारा खेल रहेका छन् । खेलकुदहरु कार्यक्रमको पहिलो दिनदेखि नै आयोजना गरिएको थियो । जसमध्ये पहिलो दिनको खेलबाट पोल ए मा भलञ्जा ए र पोल बि बाट तथब्जा विजयी भई समान तिन तिन अंक हात पारेका थिए । दोश्रो दिनपनि भलञ्जा ए ले घ्याप्चनमाथि विजय हात पारेर ६ अंकका साथ छ भने तथब्जा ले घरब्जा ए माथि जित दर्ता गर्दै ६ अंक बतुल्न सफल भएको छ । भलञ्जा ए र तथब्जा समान ६–६ अंककासाथ लिगको शिर्षस्थानमा रहन सफल भएका छन । त्यसैगरि आजै भएको महिला भलिबल खेलमा दिप ए ले नदिपुर ए माथि जित दर्ता गर्दै ३ आंकका साथ लिगको शिर्षस्थानमा छ । भलिबल खेलमा पुरुष ८ टिम र महिलाको ८ टिमले सहभागिता जनाएका छन् । भलिबल खेलमा छन्त्याल युवाहरुमात्र खेल्न पाउने नियम छ । 

पुरुष भलिबलमा विजेता हुने टिमले नगद १० हजार साथै प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरि दोश्रो र तेश्रो हुने टिमले लगातार नगद ५०००, नगद २५०० र प्रमाणपत्र प्राप्त गर्नेछन । महिला भलिबलको पुरस्कार भने अझै टोकिएको छैन । त्यसैगरि अर्को ताराखेल (आर्चरी) भने २८ गतेदेखि सञ्चालन हुनेछ । ताराखेलमा विजेता हुने टिमले नगद रु १५ हजार र रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यसैगरि द्धितिय हुने टिमले नगद ८००० र प्रमाणपत्र र तेश्रो हुने टिमले नगद ४००० र प्रमाण पत्र पाउने छन् । 

पुष ३० गतेसम्म चल्ने उक्त मेलाको उद्घाटन नेपाल छन्त्याल जिल्ला समिति कास्कीका अध्यक्ष भक्त बहादुर घरब्जाले गर्नुभएको थियो ।