मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

हार्दिक श्रद्धान्जली

भदौ ८, २०६८/काठमाण्डौ
बागलुङ जिल्ला खुंखानी गाविस वडा नं. ८ नर्जाखानी गाउँ भई हाल काठमाण्डौ महानगरपालिका मनमैजु गाविस वडा नं. ३ बस्ने बर्ष २५ को छिता छन्त्यालको मिति २०६८/५/७ गते दिउसो ३ बजे त्रि.वि.वि. शिक्षण हष्पिटल मा दुःखद निधन भएको छ । मृतकका श्रीमान् बिष्णु प्रकाश छन्त्याल बैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत रहेको र उनका दुई छोरीहरु रहेको जानकारीमा आएको छ । तेश्रो गर्भ पालन पोषण र पढाई लेखाई को विविध कारण गर्भपतन गराउने सहमति अनुसार गर्भपतन गराएको खुलेको छ । 

तर बी.बी. हेल्थ केयर सेन्टर प्रालिको लापर्बाही पूर्ण असुरक्षित गर्भपतन गराएको कारण बढी मात्रामा रक्तश्राप भई मृत्यू भएको आफन्तको ठम्याइ छ । बढी रक्तश्राप भएपछि सो हेल्थ केयरकै पहलमा विनायक हष्पिटलमा लगियो र त्यहाँ उपचारको सम्भावना नरहेपछि केही घण्टामा नै त्रि.वि.वि. शिक्षण हष्पिटल महाराजगँजमा पुर्याएको थाहा हुन आएको छ । हाल सो हेल्थ केयर सेन्टरका संचालक र गर्भपतनमा सम्लग्न डक्टरहरु फरार रहेका छन् । 

उनीहरुको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी बृत्त शाखा बालाजुले जानकारी गराएको छ । मृत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने क्षमता प्रदान होस् भन्ने कामना गर्दै हार्दिक श्रद्धान्जली प्रकट गर्दछौं ।