मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

पोर्तुगलमा छन्त्याल संघ गठन


पोर्तुगल, १२ चैत्र । पोर्तुगलमा रहेका छन्त्यालहरुको एक भेलाले पोर्तुगल छन्त्याल संघको गठन गरेको छ । शनिबार मार्टिम मोनिजमा सम्पन्न भेलाले देवमाया छन्त्यालको अध्यक्षतामा ९ सदस्सीय कार्यसमितिको चयन गरेको हो ।

जातीय पहिचान, उत्थान र विकासका लागि संघको  गठन गरिएको नवनिर्वाचित अध्यक्ष छन्त्यालले बताउनुभएको छ ।

'जनजाति तथा नेपाली संघ संस्थाहरुसंग समन्वय र सहकार्य गर्दै प्रथमत: पोर्तुगलमा हाम्रो पहिचानलाई स्थापित गर्नेछौ ।' छन्त्यालले भन्नुभयो : 'नेपाल छन्त्याल संघ र युके छन्त्याल संघहरुसंग समेत सहयोग आदानप्रदान गरी समग्र छन्त्याल, जनजाति र नेपालीका हक हितको लागि प्रयास गरिनेछन ।'

समितिमा उपाध्यक्ष सूर्यबहादुर छन्त्याल, सचिव योगेन्द्रमिलन छन्त्याल र कोषाध्यक्ष पद्मा छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा यामबहादुर छन्त्याल, तोरणबहादुर छन्त्याल, नरेश छन्त्याल, तिलबहादुर छन्त्याल र टोपबहादुर छन्त्याल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

भेलामा भावी योजना, रणनीति र संघको दायित्वबारेमा छलफल चलाइएको थियो । भेलाको अध्यक्षता सूर्यबहादुर छन्त्याल र संचालन योगेन्द्रमिलन छन्त्यालले गर्नुभएको थियो ।