मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

काठमाण्डौमा छारम्हेङ पर्व मेला आजदेखि शुरु



काठमाण्डौ, पुस २६
काठमाण्डौमा छारम्हेङ पर्वको अवसरमा आयोजना गरिएको विविध खेलकुद मध्ये ताराखेलको विधिवत उद्घाटन गरी मेलाको शुरु गरिएको छ । आज यो शहरी वातावरण र यहाँको संस्कृतिले घर्लप्पै छोपेको अवस्थामा ताराखेल उद्घाटनले गाउँको याद दिलायो सम्पूर्ण छन्त्यालहरुलाई । वारी र पारी ठडाईएको तारालाई रातो भालेको विधिवत पूजा गरीयो । जसरी गाउँमा भाले मनाउन पाती, अक्षेता र चोखोपानी छर्केर भाले मानेपछि कुनै दुर्घटना नहोस भनी पित्रहरुलाई सम्झे पछि भाले काटियो । 

ताराको अगाडि राखिएको रातो रिवन छन्त्याल सर्वमान्य नेता दिलबहादुर घरब्जाले काटेर ताराखेलमैदान उद्घाटन गरियो । ताराखेल प्रतियोगिताको उद्घाटन नेपाल छन्त्याल संघ केन्द्रीय समितिका उपाध्यक्ष गजेन्द्र घरब्जाले वारी र पारी हानी गर्नुभयो । जसमा धनु र सर(वाण) स्व. नरेन्द्र घरब्जाको प्रयोग गरिएको थियो । ताराखेल प्रेमी नरेन्द्रको सम्झनामा एक मिनेट मौनधारण गरी ताराखेल उद्घाटन गरिएको थियो । उनैको सम्झनामा मेलाको लागि एक वटा भलिवल समेत उनका परिवारबाट हस्तान्त्रण भएको छ । र भोली उद्घाटन शुरु हुने भलिवल प्रतियोगिता मा पनि स्व.नरेन्द्र घरब्जाको सम्झना गरी शुरु गरिने कुरा मेला संयोजक देवप्रसाद घरब्जाले बताउनुभयो । यस अघि पनि नेपाल छन्त्याल संघलाई स्व.नरेन्द्र घरब्जाको स्मृति स्वरुप रु.२५,००० बराबरको भाडाहरु उपहार प्रदान गरिसकिएको छ ।

 आजको ताराखेलमा पहिलो खोल हान्नेमा गोविन्द घरब्जा हुनुभयो । आजको खेलमा २५ जनाले नाम दर्ता गरी ताराखेल खेलेका थिए ।