मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

छार म्हेङ तारा थकाली समाजले जित्यो बुटवलमा

चन्द्रकान्त खनाल, रुपन्देही, २ माघ । छन्याल जातिको महान पर्व माघे सक्रान्तिको अवसरमा नेपाल छन्त्याल संघ रुपन्देहीको आयोजनामा बुटवल १४ ढवाहमा संचालित तारा हान्ने खेलको उपाधि थकाली सेवा समाज बुटवलले हात पारेको छ ।

८८ अंकका साथमा समाजले १० हजार नगद पुरस्कार सहित उपाधि  हात पारेको हो । प्रतियोगितामा छन्त्याल संघ ढवाह बुटवल - १४ ले ७६ अंकका साथमा दृतिय भएको छ । यस्तै मनकामना युवा क्लव बुटवल - १४ ले तृतिय स्थान हासिल गरेको छ । प्रतियोगितामा दोस्रोले ६ हजार, तेस्रोले ४ हजार पुरस्कार प्राप्त गरेका छन् ।

विजयी समुहलाई जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै  कुर्सी खेल प्रतियोगितामा यम माया छन्त्याल, द्धितिय किरण छन्त्याल भएका छन् ।

छन्त्याल संघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालको अध्यक्षता, सचिव भरत छन्त्यालको संचालनमा भएको समापन कार्यक्रममा थकाली सेवा समाज बुटवल क्षेत्रका शिवप्रसाद शेरचन, जनमुक्ति पार्टीका झमबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।