मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

'जातीय पहिचानको लागि हामी सबै जुट्नुपर्छ'

नरेश कँडेल, बागलुङ । नेपाल छन्त्याल संघका केन्द्रिय महासचिव हरिचन डाडामारे छन्त्यालले अल्पसंख्यक छन्त्याल समुदाय आफनो जातिय पहिचान बचाउँनको लागि एक भएर लाग्नुपर्ने बताएका छन् ।

छन्त्याल समुदायको साउन १५ गते बागलुङमा सम्पन्न भएको भेलामा बोल्दै महासचिव छन्त्यालले छन्त्याल जातिका अधिकार सुनिश्चित गर्न र पहिचानलाई बचाइ राख्नको लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।

भेलामा नेपाल छन्त्याल संघका जिल्ला अध्यक्ष रामबहादुर झिंराजा छन्त्याल, सचिव कृष्णबहादुर घरब्जा छन्त्याल, नन्दकली घरब्जा छन्त्याल, प्रेम कुमारी घरब्जा छन्त्याल लगाएतले मन्तव्य राखेका थिए ।

भेलाले ज्ञानकुमारी छन्त्यालको अध्यक्षतामा १५ सदस्यीय छन्त्याल महिला हित समुह बागलुङको गठन गरेको छ । समुहको उपाध्यक्षमा नन्दकली घरब्जा छन्त्याल, सचिवमा निशा झिंराजा छन्त्याल कोषाध्यक्षमा गोमा छन्त्याल रहेकी छिन् । समुहको सल्लाहाकारमा हरिचन डाँडामारे छन्त्याल, वुद्धिबहादुर घरब्जा छन्त्याल, कृष्णबहादुर घरब्जा छन्त्याल, इन्द्रबहादुर झिँराजा छन्त्याल, चन्द्रबहादुर झिँराजा छन्त्याल रहेका छन् ।

नवगठित समूहमा २८ महिला आवद्ध भई अठाईस हजार रकम संकलन गरी परिचालन गरेका छन् । समूहले प्रत्येक महिना सदस्यहरुबाट दुई सयका दरले वचत संकलन गरी आयआर्जनमुखी व्यवसायका लागि सहयोग उपलब्ध गराउने कोषाध्यक्ष गोमा छन्त्यालले जानकारी गराईन् ।

ज्ञानकुमारी छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्वागत गोमा छन्त्याल र सञ्चालन निशा झिराजा छन्त्यालले गरेका थिए ।