मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

बेलायतमा छन्त्यालहरुको समर भेटघाट सम्पन्न


सेप्टेम्बर १, २०११/बेलायत । यस बर्ष अगस्ट २८ को दिन आशफोर्द, केन्ट यूकेमा  एउटा समर जमघटको आयोजना गरी भब्यताकासाथ सम्पन्न गरिएको थियो । उक्त समर भेटघाटको उधस्य बेलायतको बिभिन्न ठाउहरुमा बसोबास गरिरहनु भएका तमाम छन्त्यालबासिहरुलाई एक ठाउमा भेला गराइ हाम्रा आफ्नो बास्तबिक सुख दु:ख एक अर्कोमा आदान प्रदान गर्ने रहेको थियो ।

उक्त भेटघाट कार्यक्रमको साथसाथै हाम्रा सर्बमान्य नेता श्री दिलबहादुर घरब्जाको जीबनीमा आधारित बृत्तचित्र सार्वजनिक गर्नु र आर्को बेलायत छन्त्याल संघले यस बर्ष देखी अर्थात सन २०११ देखी लागू हुने गरी नेपालमा एस.एल.सीमा उत्कृष्ट नतिजा ल्याइ उतिर्ण गरेका एकजना जेहेन्दार बिद्यार्थीलाई दश जोड दुई सम्म अध्ययन गर्न छात्रबृत्ति प्रदान गर्ने घोषणा गर्नु रहेको थियो।

बिभिन्न खेलकूद कार्यक्रम सम्पन्न गरिसकिएपछि सर्बमान्य नेता श्री दिलबहादुर घरब्जाको बृत्तचित्रको सार्वजनिक गर्दै यस बर्ष बेलायत छन्त्याल संघले प्रदान गर्ने छात्रबृत्ति म्याग्दी, मच्छिमका सुश्री जोनी छन्त्याललाई प्रदान गर्ने घोषणा गरिएको थियो।

अन्त्यमा खेलाडिहरुलाई पुरस्कारबाट सम्मान गरी केही नाँचगाँनको ब्यबस्था गर्दै मनोरन्जन गरी कार्यक्रमको अन्त्य गरिएको थियो।

जानकारीको लागि यस बेलायत छन्त्याल संघले प्रदान गर्ने छात्रबृत्ति दुई जना ब्यक्तिहरु बेलायत छन्त्याल संघ अध्यक्ष तुलप्रसाद तथा श्रीमती फरम भलञ्जा र पिआर हेमप्रसाद तथा श्रीमती भानुकुमारी घरब्जाद्वारा यो बर्षको सम्पूर्ण खर्च ब्यहोर्नुहुने ब्यहोरा यसै वेबसाइटद्वरा सार्वजनिक गर्न चाहन्छौ।

बिशेष छात्रबृत्ति सम्बन्धी बर्षमा रु ५० हजार रुपैयाँ सम्म उपलब्ध गराउने निर्णय भएको ब्यहोरा पनि यहाँ जानकारी गराउन चाहन्छौ। धन्यवाद। - बेलायत छन्त्याल संघ